Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सखुवा प्रसौनीमा निःशुल्क स्वास्थ्य शिविर, ४८२ जना बिरामीले पाए विशेषज्ञ सेवा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २४, २०८३
सखुवा प्रसौनीमा निःशुल्क स्वास्थ्य शिविर, ४८२ जना बिरामीले पाए विशेषज्ञ सेवा

वीरगंज (पर्सा), २४ जेठ । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर पञ्चगावामा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४८२ जना बिरामी लाभान्वित भएका छन् । ग्रामीण क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको शिविरमा विभिन्न रोगसम्बन्धी परीक्षण, परामर्श तथा उपचार सेवा प्रदान गरिएको थियो ।

सखुवा प्रसौनी गाउँपालिकाको समन्वय, पर्सा ख्रिष्टियन समाज वीरगञ्जको आयोजन तथा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगंजको प्राविधिक सहयोगमा श्री दीप नारायण आदर्श नमुना माध्यमिक विद्यालय परिसरमा शिविर सञ्चालन गरिएको हो । पर्सा ख्रिष्टियन समाजका कोषाध्यक्ष रामप्रसाद घिमिरेका अनुसार शिविरमा मुटुरोग, स्त्री तथा प्रसूति रोग र जनरल मेडिसिनसम्बन्धी विशेषज्ञ चिकित्सकहरूले सेवा दिएका थिए । सहभागी बिरामीहरूको निःशुल्क स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श तथा आवश्यक औषधि वितरण गरिएको थियो ।

नेशनल मेडिकल कलेजका मार्केटिङ म्यानेजर जितेश चन्द्र दासले शिविरमा रक्तचाप, मधुमेह, नाडी परीक्षण, तौल मापन, इसिजी तथा ईकोसहितका आधुनिक स्वास्थ्य परीक्षण सेवासमेत उपलब्ध गराइएको जानकारी दिए । कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष जसवन्त यादवले ग्रामीण भेगका नागरिकलाई घर नजिकै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता कार्यक्रम आयोजना गरिएको बताए । आर्थिक अभाव वा पहुँचको समस्याका कारण अस्पतालसम्म पुग्न नसक्ने नागरिकका लागि स्वास्थ्य शिविर प्रभावकारी माध्यम बनेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि यस्ता सहकार्यलाई निरन्तरता दिइने बताए ।

मुटुरोग विशेषज्ञ डा. अशरफ हुसेनले ग्रामीण क्षेत्रमा मुटुरोग तथा अन्य जटिल स्वास्थ्य समस्याबारे चेतनाको कमी रहेको उल्लेख गर्दै शिविरमार्फत धेरै बिरामीमा प्रारम्भिक अवस्थामै रोग पहिचान गर्न सहयोग पुगेको बताए । शिविरकै अवसरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पताल र सखुवा प्रसौनी गाउँपालिकाबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ । त्यस्तै नेशनल मेडिकल कलेज र पर्सा ख्रिष्टियन समाजबीच पनि स्वास्थ्य सेवामा सहकार्य गर्ने सम्बन्धमा छुट्टै सम्झौता गरिएको छ । सम्झौताअनुसार शिविरमा सहभागी बिरामीहरूले नेशनल मेडिकल कलेजमा थप उपचार गराउँदा २० प्रतिशतसम्म विशेष छुट सुविधा प्राप्त गर्नेछन् ।

पर्सा ख्रिष्टियन समाजका अध्यक्ष सिमोन राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष शर्मिला बिष्ट, स्वास्थ्य शाखा प्रमुख राजेश प्रसाद रौनियार, विद्यालयका प्रधानाध्यापक शिवनाथ प्रसाद चौधरी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन कोषाध्यक्ष रामप्रसाद घिमिरेले गरेका थिए । शिविरमा नेशनल मेडिकल कलेज शिक्षण अस्पतालका प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी, क्वालिटी तथा अपरेशन म्यानेजर ब्रजकिशोर चौधरी, मार्केटिङ म्यानेजर जितेश चन्द्र दाससहित मुटुरोग विशेषज्ञ डा. अशरफ हुसेन, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रवि कुमार साह तथा जनरल फिजिसियन डा. प्रवेज आलम अन्सारीलगायतको चिकित्सक टोलीले सेवा प्रदान गरेको थियो ।

Tags: निःशुल्क स्वास्थ्य शिविर
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कलैयाको उपनिर्वाचन खारेजीको माग गर्दै रास्वपा बाराका कार्यकर्ता केन्द्रिय कार्यालयमा धर्नामा

कलैयाको उपनिर्वाचन खारेजीको माग गर्दै रास्वपा बाराका कार्यकर्ता केन्द्रिय कार्यालयमा धर्नामा

जेष्ठ २४, २०८३
हत्या अभियोगका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ

हत्या अभियोगका फरार प्रतिवादी २५ वर्षपछि पक्राउ

जेष्ठ २४, २०८३
सखुवा प्रसौनीमा निःशुल्क स्वास्थ्य शिविर, ४८२ जना बिरामीले पाए विशेषज्ञ सेवा

सखुवा प्रसौनीमा निःशुल्क स्वास्थ्य शिविर, ४८२ जना बिरामीले पाए विशेषज्ञ सेवा

जेष्ठ २४, २०८३
जिल्ला वन पैदावार समितिको अध्यक्ष बलिष्टर अहमद नियुक्त

जिल्ला वन पैदावार समितिको अध्यक्ष बलिष्टर अहमद नियुक्त

जेष्ठ २४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि