Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक साइकल र्‍याली

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २०, २०८३
विश्व वातावरण दिवसको अवसरमा जनचेतनामूलक साइकल र्‍याली

वीरगंज (पर्सा), २० जेठ । विश्व वातावरण दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योति स्कुलको सहकार्यमा वीरगंजमा जनचेतनामूलक साइकल र्‍याली आयोजना गरेको छ । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन सम्पन्न र्‍यालीमार्फत वातावरण संरक्षणसँगै ट्राफिक सचेतनाको सन्देश प्रवाह गरिएको हो ।

प्रकृति सेवा प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा आयोजित र्‍यालीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिव गुप्ता, समाजसेवी भगवान श्रेष्ठ, वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, युवा अभियन्ता दिलिप कार्की, प्रतिष्ठानका सहसचिव अभिनाश झा, सदस्यहरू भोला प्रसाद, रुपनारायण सिंह, केदार गुप्ता, सञ्चारकर्मी आकाश पटेल, रानिघाट प्रहरी पोस्टका प्रहरी कर्मचारी, शिक्षक तथा कक्षा ९ र १० का करिब ५० विद्यार्थी सहभागी भएका थिए ।

विद्यालयका प्रधानाध्यापक शिव गुप्ताले हरियो झण्डा देखाएर र्‍यालीको शुभारम्भ गरेका थिए । रानिघाटस्थित जीवन ज्योति स्कुलबाट सुरु भएको र्‍याली घण्टाघर, बसपार्क, बाइपास रोड हुँदै नगवा पुगेको थियो । त्यसपछि रेशमकोठी, मेनरोड, कैलाश होटल चोक, घडिअर्वा पोखरी, माइस्थान र घण्टाघर हुँदै पुनः विद्यालय परिसरमा पुगेर कार्यक्रम सम्पन्न भएको थियो ।

र्‍यालीलाई सम्बोधन गर्दै ट्राफिक प्रहरी प्रमुख युवराज कटुवालले वातावरण मानव अस्तित्वको आधार भएको उल्लेख गरे । उनले स्वच्छ हावा, शुद्ध पानी, खाद्यान्न, वनस्पति तथा जडीबुटीजस्ता प्रकृतिका अमूल्य उपहारको संरक्षणमा सबै नागरिक जिम्मेवार हुनुपर्ने बताए । साथै ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै सहभागी विद्यार्थीहरूलाई सफल भविष्यको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा बोल्दै प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहले ‘हरियो, सफा र स्वस्थ वीरगंज’, ‘प्लास्टिक झोला तथा प्रदूषणमुक्त वीरगंज’ र ‘धरती बचाऔँ, वातावरण जोगाऔँ’ भन्ने अभियानलाई केन्द्रमा राखेर प्रतिष्ठानले निरन्तर वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनका अनुसार विश्व वातावरण दिवसको पूर्वसन्ध्यादेखि नै सरसफाइ र जनचेतनामूलक गतिविधिहरू सञ्चालन गरिँदै आएको छ । साइकल र्‍यालीले नागरिकमा वातावरणप्रतिको जिम्मेवारीबोध बढाउने तथा संरक्षण अभियानलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरिएको छ ।

अध्यक्ष सिंहले वातावरण संरक्षण, संवद्र्धन र सम्मानका लागि यस्ता कार्यक्रम आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गर्दै कार्यक्रम सफल बनाउन सहयोग गर्ने विद्यार्थी, शिक्षक, प्रहरी कर्मचारी तथा प्रतिष्ठानका पदाधिकारीहरूप्रति धन्यवाद ज्ञापन गरे ।

Tags: जनचेतनामूलक साइकल र्‍याली
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

रास्वपा पर्सा–४ मा मिश्राको प्यानल हावी, शाक्य पक्षलाई धक्का

जेष्ठ २७, २०८३
एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

एसईई टपरलाई ल्यापटप उपहार, शिक्षकलाई नगद पुरस्कार

जेष्ठ २७, २०८३
‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि