Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

तत्कालीन सभापति शनि जयसवाल पुनः सभापति पदमै उम्मेदवार बनेपछि अधिवेशनमा भाँडभैलो मच्चिएको हाे । नेतृत्व हस्तान्तरण गरी नयाँ पुस्तालाई अवसर दिनुपर्ने माग राख्दै कार्यकर्ताहरूले विरोध जनाएपछि अधिवेशनस्थलमै विवाद चर्किएको थियो । दिनभरि सहमतिको प्रयास भएपनि कुनै निष्कर्ष ननिस्किएपछि जिल्ला संगठन निर्माण विशेष समितिले जेठ १८ गतेसम्मका लागि थप एक दिनको समय दिएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

बारागढी (बारा), १८ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को बारागढी गाउँपालिका स्तरीय अधिवेशन नेतृत्व विवादका कारण भाँडभैलो मच्चिएको छ । जेठ १७ गते सम्पन्न हुने तय भएको पालिकास्तरीय अधिवेशन तत्कालीन सभापति शनि जयसवाल पुनः सभापति पदमै उम्मेदवार बनेपछि भाँडभैलोमा परिणत भएको हो ।

पार्टीको नेतृत्व चार वर्षदेखि सम्हाल्दै आएका जयसवालले पुनः सभापतिमा दाबी गरेपछि वडास्तरीय सभापतिहरू, पदाधिकारी तथा कार्यकर्ताहरूले कडा असन्तुष्टि जनाएका छन् । नेतृत्व हस्तान्तरण गरी नयाँ पुस्तालाई अवसर दिनुपर्ने माग राख्दै कार्यकर्ताहरूले विरोध जनाएपछि अधिवेशनस्थलमै विवाद चर्किएको थियो । दिनभरि सहमतिको प्रयास भएपनि कुनै निष्कर्ष ननिस्किएपछि जिल्ला संगठन निर्माण विशेष समितिले जेठ १८ गतेसम्मका लागि थप एक दिनको समय दिएको छ । समितिले सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गर्दै त्यसो हुन नसके पार्टीको कार्यविधिअनुसार अधिवेशन प्रक्रिया अगाडि बढाइने चेतावनीसमेत दिएको छ ।

वडास्तरीय नेतृत्वले जयसवालमाथि विगत चार वर्षदेखि पार्टीलाई एकलौटी ढंगले सञ्चालन गरेको आरोप लगाएका छन् । उनीहरूले वडा नम्बर २ र ६ का समितिहरू आफ्नो स्वार्थअनुसार विघटन गरी नयाँ समिति गठन गरिएको दाबी गरेका छन् । पालिकास्तरीय अधिवेशनमा समेत आफ्नो प्रभाव कायम राख्न जयसवालले योजनाबद्ध रूपमा चलखेल गरेको आरोप कार्यकर्ताहरूले लगाएका छन् ।

कार्यकर्ताहरूका अनुसार जयसवालले केही दिनअघिसम्म आफू जिल्ला कमिटीमा जाने र पालिकाको नेतृत्व नयाँ व्यक्तिलाई सुम्पिने आश्वासन दिएका थिए । तर अधिवेशनको मुखैमा पुनः सभापति बन्ने अडान लिएपछि कार्यकर्ताहरू असन्तुष्ट बनेका हुन् । जयसवालले विभिन्न वडा सभापतिहरुलाई फोन गरेर पालिका सभापति बनाइदिने आश्वासन बाँड्दै आन्तरिक विवाद सिर्जना गरेको वडासभापतिहरूले आरोपसमेत लगाएका छन् ।

अधिवेशनमा सभापति पदका लागि पाँच जनाको उम्मेदवारी परेको थियो । तीमध्ये चार जना उम्मेदवारबीच सहमतिका सम्भावना देखिएपनि जयसवालले आफु पुनः सभापति हुनुपर्ने अडान लिएपछि सहमतिको प्रयास असफल भएको थियो । अधिवेशनमा जिल्लाबाट प्रतिनिधिका रूपमा खटिएका हरिओम मैनालीका अनुसार दिनभरि छलफल र समन्वयका प्रयास भएपनि सहमति जुट्न सकेन । त्यसपछि विषय संगठन निर्माण विशेष समितिको निर्णयमा छाडिएको थियो । समितिले सोमबार विज्ञप्ति जारी गर्दै सहमतिका लागि थप एक दिनको समय दिएको छ ।

चार वर्षदेखि पालिका कमिटिको सभापति भएर पार्टी चलाएका जयसवाल अब जिल्ला कमिटिमा जानुपर्नेमा पुनः आफू नै पालिका सभापति बन्ने भनेर अडानमा छन् । तर कार्यकर्ताहरुले उनले अब अन्य कार्यकर्ताहरुलाई पनि पार्टी संचालनको लागि मौका दिनुपर्ने भन्दै विरोध जनाएका थिए । आफूले पार्टीको लागि धेरै मेहनत गरेको भन्दै हड्पिन नपाउने भन्दै वडासभापतिहरुले तत्कालीन सभापति जयसवाल अब पद छोडेर माथिल्लो कमिटिमा जानुपर्ने उनीहरुको भनाई छ ।

सहमति जुट्ने सम्भावना कमजोर देखिएसँगै बारागढी रास्वपामा नेतृत्व संघर्ष थप चर्किने संकेत देखिएको छ । पार्टीभित्र बढ्दो गुटबन्दी र पद मोहले संगठनात्मक एकता नै प्रभावित हुने चिन्ता कार्यकर्ताहरूले व्यक्त गर्न थालेका छन् ।

Tags: पुनः सभापति बन्ने दाबीपछि रास्वपा बारागढीमा मच्चियो भाँडभैलो
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३
पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३
वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

वीरगंज मेनरोड भत्काउने कार्य रोक्न स्थानीयको माग, ‘विकासको नाममा सहरको पहिचान नमेटियोस्’

जेष्ठ १६, २०८३
चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

चुरे जोगाउने कि दोहन गर्ने ? चुरे संरक्षणको बजेटमा भारी कटौती, उत्खनन नीतिले बढायो चिन्ता !

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि