Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हरिखेतान क्याम्पस विवाद चर्किँदै, समाधानमा सरकार गम्भीर नभएको आरोप

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ ७, २०८३
हरिखेतान क्याम्पस विवाद चर्किँदै, समाधानमा सरकार गम्भीर नभएको आरोप

वीरगंज (पर्सा), ७ जेठ । वीरगंजस्थित हरिखेतान बहुमुखी क्याम्पसमा लामो समयदेखि देखिएको समस्या समाधानमा सरकार र जिल्ला प्रशासन उदासीन बनेको भन्दै नेपाल विद्यार्थी संघ (नेवि संघ) का नेता कृष पटेलले कडा असन्तुष्टि जनाएका छन् । उनले क्याम्पसको वर्तमान अवस्थालाई विद्यार्थीको भविष्यसँग भइरहेको गम्भीर खेलवाडको संज्ञा दिएका छन् ।

पटेलद्वारा जारी धारणा अनुसार पर्सा, बारा र रौतहटका हजारौँ विद्यार्थी अध्ययनरत रहेको हरिखेतान बहुमुखी क्याम्पस विगतदेखि सामुदायिक स्वरूपमा सञ्चालन हुँदै आएको थियो । त्रिभुवन विश्वविद्यालयबाट नियमित अनुदान पाइरहेको क्याम्पसलाई केही वर्षअघि निजी मोडलमा सञ्चालन गर्न खोजिएपछि विश्वविद्यालयले अनुदान रोकिएको र त्यसपछि समस्या झन् जटिल बनेको उनले उल्लेख गरेका छन् ।

उनले विगतमा क्याम्पस व्यवस्थापन समितिमा प्रमुख जिल्ला अधिकारीसहित समाजका विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहने व्यवस्था रहेको स्मरण गराउँदै अहिले सीमित व्यक्तिको नियन्त्रणमा रहेको समितिले विद्यार्थी हितभन्दा शुल्क असुलीलाई प्राथमिकता दिएको आरोप लगाए । गरिब तथा मध्यमवर्गीय परिवारका विद्यार्थीको भविष्य जोखिममा पारिएको उनको भनाइ छ ।

पटेलका अनुसार क्याम्पसमा शिक्षक तथा कर्मचारी ३८ दिनदेखि निरन्तर धर्नामा छन् । यसका कारण शैक्षिक गतिविधि प्रभावित बनेका छन् भने दैनिक विवादका कारण क्याम्पसको शान्ति–सुरक्षामा समेत असर परेको उनले बताएका छन् ।

उनले जिल्लाबाट निर्वाचित सांसदहरू तथा सरकार समस्या समाधानप्रति गम्भीर नदेखिएको आरोप लगाउँदै विशेषगरी राष्ट्रिय स्वतन्त्र पार्टीप्रति संकेत गर्दै निर्वाचनअघि गरिएका विकास र परिवर्तनका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसकेको टिप्पणी गरे । ‘जनताले दिएको मतको सम्मान हुन सकेको छैन,’ उनले धारणा व्यक्त गरेका छन् ।

नेवि संघ नेता पटेलले प्रमुख जिल्ला अधिकारीले लामो समयदेखि देखिएको विवाद समाधानमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै तत्काल सरुवाको मागसमेत गरेका छन् । साथै क्याम्पसको समस्या समाधानका लागि सरकार, जिल्ला प्रशासन र सम्बन्धित निकायले शीघ्र वार्ता तथा आवश्यक पहल थाल्नुपर्ने माग उनले गरेका छन् ।

Tags: हरिखेतान बहुमुखी क्याम्पसमा विवाद
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज भन्सारमा ‘सेटिङ’को साम्राज्यः महिनाको ५ हजारमा गाडी बिना इन्ट्री काट्ने गरिएको खुलासा

वीरगंज भन्सारमा ‘सेटिङ’को साम्राज्यः महिनाको ५ हजारमा गाडी बिना इन्ट्री काट्ने गरिएको खुलासा

असार ३१, २०८३
वीरगंज स्थित यातायात कार्यालयमा लाइसेन्स लिने सेवाग्राहीको भीड

यातायात कार्यालयको सिस्टम सुचारु

असार ३०, २०८३
राष्ट्रिय हितका लागि सबै दल एकजुट हुन रास्वपा सांसद सिंहको आग्रह

राष्ट्रिय हितका लागि सबै दल एकजुट हुन रास्वपा सांसद सिंहको आग्रह

असार ३०, २०८३
‘सामान्य ज्वरोका बिरामीसँग एक लाख असुली’ नीलकण्ठ अस्पतालमाथि चर्को शुल्क असुलेको आरोप

‘सामान्य ज्वरोका बिरामीसँग एक लाख असुली’ नीलकण्ठ अस्पतालमाथि चर्को शुल्क असुलेको आरोप

असार ३०, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि