Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जितपुरसिमरा उपमहानगरपालिकाः वडास्तरमै प्रशासनिक अधिकार विस्तार, सेवा अब वडा कार्यालयबाटै

वडा कार्यालयहरूले एक करोड रुपैयाँसम्मको व्यवसाय दर्ता, नवीकरण तथा इजाजतपत्र जारी गर्ने अधिकार पाएका छन् । साथै घरधनी र भाडामा बस्ने पक्षबीचको सम्झौता अभिलेखीकरण, बहाल करको अनुगमन तथा असुली, र राजस्वसम्बन्धी समस्या समाधान तथा समन्वय गर्ने जिम्मेवारी पनि वडालाई दिइएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २२, २०८३
जितपुरसिमरा उपमहानगरपालिकाः वडास्तरमै प्रशासनिक अधिकार विस्तार, सेवा अब वडा कार्यालयबाटै

जितपुरसिमरा (बारा), २२ वैशाख । जीतपुरसिमरा उपमहानगरपालिकाले सेवा प्रवाहलाई अझ सहज, छिटो र नागरिकमैत्री बनाउन वडास्तरमै प्रशासनिक अधिकार विस्तार गरेको छ । प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौलाको हस्ताक्षरमा जारी निर्णयअनुसार वडा कार्यालयहरूलाई विभिन्न प्रशासनिक जिम्मेवारी प्रदान गरिएको हो ।

यस नयाँ व्यवस्थासँगै अब सामान्य प्रशासनिक कामका लागि सेवाग्राहीले उपमहानगरको मुख्य कार्यालयसम्म धाउनुपर्ने बाध्यता घट्ने भएको छ । नागरिकहरूले आफ्नै वडा कार्यालयबाटै धेरैजसो सेवाहरू प्राप्त गर्न सक्ने व्यवस्था मिलाइएको उपमहानगरपालिकाले जनाएको छ ।

निर्णयअनुसार वडा कार्यालयहरूले एक करोड रुपैयाँसम्मको व्यवसाय दर्ता, नवीकरण तथा इजाजतपत्र जारी गर्ने अधिकार पाएका छन् । साथै घरधनी र भाडामा बस्ने पक्षबीचको सम्झौता अभिलेखीकरण, बहाल करको अनुगमन तथा असुली, र राजस्वसम्बन्धी समस्या समाधान तथा समन्वय गर्ने जिम्मेवारी पनि वडालाई दिइएको छ ।

त्यसैगरी नक्सा पाससँग सम्बन्धित प्राविधिक विवरण तथा अभिलेख वडा तहमा सुरक्षित राख्ने व्यवस्था गरिएको छ । नक्सा दर्ता, नवीकरण र स्वीकृतिको प्रारम्भिक प्रक्रिया समेत अब वडाबाटै अघि बढाइने भएको छ ।

जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद तथा बसाइँसराइ जस्ता व्यक्तिगत घटनाहरूको दर्ता र अभिलेख व्यवस्थापन पनि वडा कार्यालयबाटै हुने व्यवस्था गरिएको छ । यी सबै विवरणहरू अनलाइन प्रणालीसँगै भौतिक दर्ता किताबमा समेत व्यवस्थित रूपमा राखिनेछ । साथै जनसंख्या व्यवस्थापन र सामाजिक सुरक्षासम्बन्धी आवधिक प्रतिवेदन तयार पार्ने जिम्मेवारी पनि वडालाई दिइएको छ ।

उपमहानगरपालिकाले यस कदमले सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनुका साथै नागरिकको समय र खर्च दुवैमा उल्लेखनीय बचत हुने अपेक्षा व्यक्त गरेको छ ।

Tags: जितपुरसिमरा उपमहानगरपालिका
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि