Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सीमाना नीतिविरुद्ध राष्ट्रिय एकता दलको प्रदर्शनः ‘डोजर आतंक अन्त्य गर’

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २१, २०८३
सीमाना नीतिविरुद्ध राष्ट्रिय एकता दलको प्रदर्शनः ‘डोजर आतंक अन्त्य गर’

काठमाडौँ, २१ वैशाख । काठमाडौंस्थित माईतिघर मण्डलामा सोमबार राष्ट्रिय एकता दलले सीमाना क्षेत्रमा लागू गरिएको रु १०० को प्रावधान खारेजी तथा तथाकथित ‘डोजर आतंक’ अन्त्यको माग गर्दै प्रदर्शन गरेको छ । करिब २०० जनाको सहभागिता रहेको उक्त कार्यक्रममा कार्यकर्ता र नेताहरूले सरकारविरुद्ध चर्को नाराबाजी गर्दै असन्तुष्टि व्यक्त गरेका थिए ।

प्रदर्शनमा सहभागीहरूले सीमाना क्षेत्रमा गरिब नागरिकमाथि भइरहेको अन्याय, कडाइ तथा भेदभावपूर्ण व्यवहारको विरोध गरेका थिए । कार्यक्रम दलका केन्द्रीय अध्यक्ष विनय यादवको नेतृत्वमा सम्पन्न भएको थियो । साथै नेता तोयानाथ दहाल, कालानंद मिश्र र प्यारी तामाङ लगायतले पनि सम्बोधन गरेका थिए ।

अध्यक्ष यादवले सीमाना क्षेत्रमा लागू गरिएको रु १०० को प्रावधानले गरिबमाथि अन्याय भइरहेको आरोप लगाउँदै सरकारको नीति दोहोरो रहेको टिप्पणी गरे । उनका अनुसार धनीका लागि नियम फितलो बनाइन्छ भने गरिबका लागि कडा रूपमा लागू गरिन्छ । ‘एयरपोर्टबाट सुन र रक्सी सजिलै भित्रिन्छ, तर किसानले ल्याएको चामलसमेत जाँचिन्छ,’ उनले भने, ‘यो दोहोरो मापदण्ड अब सहिँदैन ।’

त्यसैगरी, उनले डोजर प्रयोग गरी जनताको घर भत्काउने कार्य तत्काल बन्द गर्न माग गर्दै पूर्वसूचना बिना गरिने कारबाहीलाई मानव अधिकारको ठाडो उल्लङ्घन बताएका थिए । उनले सरकारसँग सीमावर्ती नागरिकको अधिकार सुनिश्चित गर्न, किसानलाई आवश्यक मलखाद उपलब्ध गराउन र गरिबमाथिको दमन तुरुन्त रोक्न आग्रह गरे ।

प्रदर्शनका क्रममा सहभागीहरूले विभिन्न नारामार्फत आफ्ना मागहरू प्रस्तुत गरेका थिए । ‘सीमामा १०० को नियम हटाऊ, गरीबको हक अधिकार बचाऊ !’, ‘एयरपोर्टमा सुन–रक्सी छुट, गरिबको चामल किन जाँच कुट ?’, ‘पूर्व सूचना बिना डोजर बन्द गर, जनताको घरमा अन्याय अन्त गर !’ लगायतका नारा घन्किएका थिए । साथै ‘डोजर आतंक अब सहिँदैन’, ‘सीमानाका किसानलाई मल देऊ’, ‘नेपाल–भारत सीमामा अन्याय बन्द गर’ जस्ता सशक्त नाराले प्रदर्शनस्थल गुन्जिएको थियो ।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको आयोजकले जनाएको छ । दलले आफ्ना मागहरू सम्बोधन नभए थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

Tags: राष्ट्रिय एकता दलको प्रदर्शन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

नागरिकतामाथि उजुरी, अग्रवाल छानविनको घेरामाः मेडिकल उपकरण आपूर्तिको कारोबारमा पनि प्रश्न !

नागरिकतामाथि उजुरी, अग्रवाल छानविनको घेरामाः मेडिकल उपकरण आपूर्तिको कारोबारमा पनि प्रश्न !

अशोज १२, २०८३
नेपाली काँग्रेस पर्सा क्षेत्र नं. ४ को सभापतिमा श्रीकान्त यादव पुनः सर्वसम्मत चयन

नेपाली काँग्रेस पर्सा क्षेत्र नं. ४ को सभापतिमा श्रीकान्त यादव पुनः सर्वसम्मत चयन

अशोज ११, २०८३
वीरगंजमा अनधिकृत होर्डिङ बोर्ड र ब्यानर हटाउन महानगरको अभियान

वीरगंजमा अनधिकृत होर्डिङ बोर्ड र ब्यानर हटाउन महानगरको अभियान

अशोज ११, २०८३
लालबकैया नदीको तटबन्ध कटान तीव्र, रौतहटका आधा दर्जन बस्ती डुबानको जोखिममा

लालबकैया नदीको तटबन्ध कटान तीव्र, रौतहटका आधा दर्जन बस्ती डुबानको जोखिममा

अशोज ११, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि