Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

१०० रुपैयाँभन्दा बढी सामानमा भन्सार शुल्कः खारेजको माग गर्दै आन्दोलनको चेतावनी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख ४, २०८३
१०० रुपैयाँभन्दा बढी सामानमा भन्सार शुल्कः खारेजको माग गर्दै आन्दोलनको चेतावनी

वीरगंज (पर्सा), ४ वैशाख । भारतबाट १०० रुपैयाँभन्दा बढी मूल्यका सामान ल्याउँदा भन्सार तिर्नुपर्ने प्रावधान खारेज गर्न जेनजी पर्साले माग गरेको छ । सीमावर्ती क्षेत्रमा लागू गरिएको उक्त नियमले सर्वसाधारणलाई सास्ती दिएको भन्दै संगठनले शुक्रबार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

केही दिनयता वीरगंजसहितका नाकामा सुरक्षाकर्मी र भन्सार कर्मचारीले भारतीय बजारबाट घरायसी प्रयोजनका लागि किनमेल गरी फर्किएका नेपालीसँग १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार असुल्न थालेपछि विवाद चुलिएको छ । नयाँ सरकार गठनसँगै लागू गरिएको भनिएको यो व्यवस्था प्रति सर्वत्र असन्तुष्टि र विरोध देखिएको छ ।

जेनजी पर्साका अनुसार उक्त प्रावधानले पर्सा मात्र नभई समग्र मधेश क्षेत्रका सीमावासीलाई प्रत्यक्ष असर पारेको छ । नेपाल–भारतबीच दशकौँदेखि कायम सामाजिक, सांस्कृतिक र पारिवारिक सम्बन्ध (बेटी–रोटी) लाई समेत यसले प्रभावित बनाएको संगठनको भनाइ छ ।

संयोजक महादेवप्रसाद कुर्मीका अनुसार सीमावर्ती क्षेत्रमा दैनिक उपभोग्य सामग्री किनमेल गर्ने सर्वसाधारणमाथि कडाइ गर्दै कर असुल्नु अव्यवहारिक मात्र होइन, जनजीवनसँग प्रतिकूल पनि छ । उनले सुशासन र परिवर्तनको नारामा बनेको वर्तमान सरकारबाट सहजता अपेक्षा गरिएपनि सीमावर्ती मधेशका नागरिकमाथि विभेदपूर्ण व्यवहार भइरहेको आरोप लगाए ।

संगठनले तस्करी नियन्त्रण राज्यको दायित्व भएपनि त्यसको बहानामा सर्वसाधारणलाई दुःख दिनु उचित नहुने स्पष्ट पारेको छ । वीरगंजजस्तो खुला सीमामा संगठित तस्करी रोक्न ध्यान नदिई सामान्य नागरिकमाथि कर थोपर्नु स्वीकार्य नभएको जेनजी पर्साको धारणा छ । केही दिनयता भन्सारमा राजस्व चुहावट रोक्ने नाममा लागू गरिएको कडाइ तत्काल फिर्ता लिनुपर्ने माग गर्दै संगठनले चेतावनी दिएको छ । यदि यो व्यवस्था खारेज नगरिए वीरगंज नाका बन्दलगायतका आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने ।

Tags: जिल्ला प्रशासन कार्यालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि