Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

ज्ञान अभावले थला पर्‍यो कर्जा मागः मधेशमा वित्तीय साक्षरता संकट

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २८, २०८२
ज्ञान अभावले थला पर्‍यो कर्जा मागः मधेशमा वित्तीय साक्षरता संकट

वीरगंज (पर्सा), २८ चैत । मधेश प्रदेशमा वित्तीय साक्षरताको अभाव आर्थिक विकासको प्रमुख अवरोधका रूपमा देखिएको निष्कर्षसहित नेपाल राष्ट्र बैंक वीरगंजको आयोजनामा शनिबार एकदिने पत्रकार अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मकवानपुरको हेटौंडामा आयोजित कार्यक्रममा सहभागी विज्ञ तथा सरोकारवालाहरूले नागरिकमा वित्तीय ज्ञान अभिवृद्धि बिना दिगो आर्थिक समृद्धि सम्भव नहुने धारणा राखेका छन् ।

कार्यक्रममा वक्ताहरूले बैंकिङ पहुँच विस्तार भए पनि त्यसको प्रभावकारी उपयोग हुन नसक्नुको मुख्य कारण वित्तीय साक्षरताको कमी रहेको उल्लेख गरे । उनीहरूका अनुसार नागरिकमा बैंकिङ कारोबार गर्ने क्षमता नबढेसम्म आर्थिक गतिविधि गतिशील हुन सक्दैन । कार्यक्रमलाई सम्बोधन गर्दै सुशील पौडेलले वित्तीय ज्ञान अभावकै कारण बैंकहरूमा लगानीयोग्य रकम थुप्रिए पनि कर्जा माग अपेक्षित रूपमा बढ्न नसकेको बताए । बैंकिङ सेवा पुगेका क्षेत्रमा समेत ऋण लिन सक्ने क्षमता र आत्मविश्वास अभाव देखिएको उनको भनाइ थियो ।

उनले आधारभूत तहसम्म बैंकिङ पहुँच विस्तार, सुरक्षित कारोबार प्रवद्र्धन तथा जनचेतना अभिवृद्धिमा सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने औंल्याए । साथै मधेस प्रदेशमा पछिल्लो समय बैंकिङ अपराध बढ्दै गएको उल्लेख गर्दै वीरगंज कार्यालयमा दैनिक करिब ५४ वटा बैंकिङ स्क्यामसम्बन्धी उजुरी आउने गरेको जानकारी दिए ।

कार्यक्रममा वित्तीय अनुशासनका आधारभूत पक्षहरू समयमै बिल भुक्तानी, खर्च नियन्त्रण, नियमित बचत, स्वास्थ्य बीमा र आपतकालीन कोष निर्माणलाई व्यक्तिगत आर्थिक सुरक्षाका लागि अपरिहार्य उपायका रूपमा प्रस्तुत गरिएको थियो । यसैगरी नरेश सर्राफले पत्रकारहरूलाई वित्तीय साक्षरता सम्बन्धी विषयमा सक्रिय रूपमा लेखन गर्न आग्रह गर्दै जनचेतना फैलाउन सञ्चार माध्यमको भूमिका निर्णायक हुने बताए ।

अर्का वक्ता विनय केशरीले बैंकिङ कारोबारका प्राविधिक पक्षबारे जानकारी दिँदै नक्कली नोटबाट बच्न सतर्कता अपनाउन, मुद्रास्फीति र विनिमय दरलाई ध्यानमा राखेर खरिद निर्णय गर्न तथा अनलाइन कारोबार गर्दा विश्वसनीयता सुनिश्चित गर्न सुझाव दिए । कार्यक्रममा उपभोक्तालाई अनावश्यक खर्च नियन्त्रण, सेवा शुल्क तुलना, बैंक खाताको नियमित निगरानी तथा कागजातमा हस्ताक्षर गर्नुअघि पर्याप्त जानकारी लिनुपर्नेमा जोड दिइयो । साथै वस्तु खरिद गर्दा त्यसको स्रोत र वातावरणीय प्रभावसमेत विचार गर्नुपर्ने सन्देश दिइएको थियो ।

पर्सा, बारा, रौतहट, मकवानपुर र चितवनका करिब ९० जना पत्रकार तथा कर्मचारी सहभागी उक्त कार्यक्रममा बैंक र सञ्चारकर्मीबीच सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरिएको छ ।

Tags: नेपाल राष्ट्र बैंक वीरगंज
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

अशोज १०, २०८३
वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

अशोज १०, २०८३
रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

अशोज १०, २०८३
अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अशोज १०, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि