Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वैदेशिक श्रमिकको सपना साकार : ‘बुवाको संघर्ष, छोरीको शिखर यात्रा’ उपसभामुख बन्दा घरमै उत्सव

शोगारथ विगत २५ वर्षदेखि वैदेशिक रोजगारीमा कपाल–दाह्री काट्ने काम गर्दै आएका छन् । यही आम्दानीले उनले ६ सन्तानको पालनपोषण र शिक्षादीक्षा गर्दै आएका छन् । परिवारसँग चार धुरमा बनेको सानो घर र दुई कठ्ठा जमिन मात्र छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र २७, २०८२
वैदेशिक श्रमिकको सपना साकार : ‘बुवाको संघर्ष, छोरीको शिखर यात्रा’ उपसभामुख बन्दा घरमै उत्सव

जनकपुरधाम, २७ चैत । २५ वर्षदेखि वैदेशिक रोजगारीमा पसिना बगाउँदै आएका ४८ वर्षीय शोगारथ ठाकुरका लागि बिहीबार जीवनकै अविस्मरणीय दिन बन्यो । साउदी अरबबाट केही दिनअघि मात्र घर फर्किएका उनी आफ्नी छोरी रुबीकुमारी ठाकुर उपसभामुख बन्ने खबरसँगै भावुक बने ‘आँखामा खुसीका आँसु झरे’ ।

जनकपुरधाम उपमहानगरपालिका–१४ मुजेलियास्थित सामान्य घरमा बसोबास गर्ने ठाकुर परिवारले यस्तो दिन कहिल्यै कल्पना गरेको थिएन । आर्थिक रूपमा कमजोर यस परिवारमा राजनीतिक पहुँच त टाढाको कुरा, कसैले सार्वजनिक पद पाउने सोचसमेत थिएन । तर समयले अप्रत्याशित मोड लियो ‘छोरी रुबी सांसद हुँदै उपसभामुख पदमा पुगिन्‌’ ।

साउदीमा काम गरिरहँदा छोरी सांसद बन्दैछिन् भन्ने खबर उनले पहिलोपटक सञ्चारमाध्यमबाट थाहा पाए । ‘त्यो बेला पनि विश्वास गर्न गाह्रो भयो,’ उनी भन्छन्, ‘छोरीले फोन गरेर सुनाएपछि त झन् सपनाजस्तो लाग्यो ।’ घर फर्किएपछि भने खुसी अझ बढ्यो, जब रुबी उपसभामुख बन्ने निश्चित भयो । बिहीबार मनोनयन दर्तापछि रुबीले बुबालाई फोन गरेर ‘म उपसभामुख बन्दैछु’ भनेको क्षण शोगारथका लागि भावुक बन्यो । केही समयमै उनी संसद्बाट निर्वाचित भइन् ।

शोगारथ विगत २५ वर्षदेखि वैदेशिक रोजगारीमा कपाल–दाह्री काट्ने काम गर्दै आएका छन् । यही आम्दानीले उनले ६ सन्तानको पालनपोषण र शिक्षादीक्षा गर्दै आएका छन् । परिवारसँग चार धुरमा बनेको सानो घर र दुई कठ्ठा जमिन मात्र छ । कठिन आर्थिक अवस्थाबीच हुर्किएकी रुबीले स्थानीय विद्यालयबाट एसएलसी पास गरी सिभिल इन्जिनियरिङमा डिप्लोमा अध्ययन गरेकी हुन् । उनी धनुषाकै एक कन्सल्टेन्सीमा काम गर्दै आएकी थिइन् ।

रुबी स्वयं पनि सांसद बन्ने कुरा आफ्नो कल्पनाभन्दा बाहिर रहेको बताउँछिन् । ‘अढाइ महिनाअघिसम्म राजनीतिसँग मेरो कुनै सम्बन्ध थिएन,’ उनी भन्छिन् । चुनावअघि मात्र श्रम संस्कृति पार्टीमा साधारण सदस्यका रूपमा आवद्ध भएकी उनले समानुपातिक सूचीमा नाम राखेपनि सांसद बन्ने आशा गरेकी थिइनन् । उनका अनुसार पार्टीले आफूजस्ता पहुँचविहीन र साधारण परिवारका व्यक्तिलाई अवसर दिनु नै ठूलो कुरा हो । यही अवसरले उनलाई राष्ट्रिय राजनीतिमा स्थापित गराएको छ ।

नयाँ जिम्मेवारीसँगै रुबीले वैदेशिक रोजगारीको बाध्यता र मधेशमा व्याप्त दाइजो प्रथाविरुद्ध काम गर्ने प्रतिबद्धता जनाएकी छन् । ‘देशमै रोजगारीको वातावरण बनोस् र युवाहरू विदेशिन बाध्य नहोस् भन्ने मेरो प्राथमिकता हो,’ उनले भनिन्, ‘दाइजो प्रथाले निम्त्याएको हिंसाविरुद्ध पनि आवाज उठाउँछु ।’ छोरीको सफलताप्रति शोगारथ गर्वित छन् ।

‘मेरो छोरी देश र जनताको सेवा गरोस्, यही चाहना हो,’ उनी भन्छन् । तर पारिवारिक जिम्मेवारी अझै बाँकी छन् ‘तीन छोरीको विवाह, छोराछोरीको पढाइ’ । त्यसैले उनी फेरि वैदेशिक रोजगारीमै फर्किने तयारीमा छन् । ‘विदेश नगए घर चल्दैन,’ उनी भन्छन्, ‘तर छोरीको यो सफलता मेरो जीवनकै सबैभन्दा ठूलो खुसी हो ।’

Tags: हजाम बुवाको घरमा सत्ता शिखर : छोरी संसदको उच्च पदमा
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

सशस्त्र प्रहरीद्वारा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद

जेष्ठ ४, २०८३
कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

कलैयामा किन्नर र तेश्रोलिङ्गी समूहबीच विवाद

जेष्ठ ४, २०८३
रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

रास्वपाका क्षेत्रीय सभापति मिश्रमाथि आक्रमण

जेष्ठ ४, २०८३
महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

महोत्तरीमा नेपाल-भारत सीमा स्तम्भ मर्मत कार्यको अनुगमन

जेष्ठ ४, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि