Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

सोमबार काठमाडौँमा ‘डेडिकेटेड तथा ट्रंक लाइन’को बक्यौता महसुल उठाउन र विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै सुरु गरिएको हस्ताक्षर अभियानलाई सम्बोधन गर्दै राउतले सरकारले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा कर लगाउनु गलत भएको बताए ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ २, २०८३
बालेन सरकारले जनताको ढाड सेक्ने काम गर्‍योः डा. सिके राउत

जनकपुरधाम (धनुषा), २ भदौ । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउतले शिक्षा, स्वास्थ्य र विद्युत् जस्ता आधारभूत सेवामा कर लगाएर सरकारले जनतालाई थप आर्थिक भार थोपरेको आरोप लगाएका छन् । सोमबार काठमाडौँमा ‘डेडिकेटेड तथा ट्रंक लाइन’को बक्यौता महसुल उठाउन र विद्युत्मा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गर्दै सुरु गरिएको हस्ताक्षर अभियानलाई सम्बोधन गर्दै राउतले सरकारले जनताको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा कर लगाउनु गलत भएको बताए ।
उनले शिक्षा र स्वास्थ्यसँगै विद्युत्मा समेत ५ प्रतिशत भ्याट लगाउने निर्णयले सर्वसाधारणको खर्च बढाएको दाबी गरे । नेपाल विद्युत् उत्पादनमा आत्मनिर्भर हुँदै निर्यातको तयारी गरिरहेको अवस्थामा आफ्नै नागरिकले विद्युत् खपत गर्दा थप कर तिर्नुपर्ने अवस्था विडम्बनापूर्ण भएको उनको भनाइ थियो ।

राउतले देशमा विद्युत् उत्पादन बढ्दै गएको र करिब एक हजार मेगावाट विद्युत् खेर गइरहेको अवस्थामा समेत सरकारले प्रभावकारी व्यवस्थापन गर्न नसकेको आरोप लगाए । लोडसेडिङ अन्त्य गरेर देखाइसकेका व्यक्तिहरू हुँदाहुँदै विद्युत् क्षेत्रलाई व्यवस्थित गर्न नसक्नु सरकारको असक्षमता भएको उनले टिप्पणी गरे । उनले लोडसेडिङ अन्त्यमा कुलमान घिसिङको योगदानको चर्चा गर्दै सरकारले प्रभावकारी रूपमा काम गर्न नसके आफूहरू विकल्प दिन तयार रहेको बताए । विद्युतमा लगाइएको कर फिर्ता नगरे सरकारले नैतिकताका आधारमा मार्गप्रशस्त गर्नुपर्ने उनको भनाइ थियो ।

विद्युतमा कर थपिँदा त्यसको प्रत्यक्ष प्रभाव उद्योग, होटल, स्टुडियो, सैलुन तथा विद्युतीय सवारी साधन चार्जिङलगायत क्षेत्रमा पर्ने राउतले बताए । विद्युत् महसुल बढ्दा सर्वसाधारणको घरायसी खर्चसमेत बढेको उनको दाबी थियो । उनले सरकारले जनताका आधारभूत समस्या समाधान गर्न नसकेको आरोपसमेत लगाए । ग्यासको अभाव, राहदानी बनाउन लामो लाइन र अस्पतालमा उपचारका लागि हुने भीडले मुलुकको सेवा प्रवाह कमजोर रहेको देखाएको उनको भनाइ थियो ।

प्रधानमन्त्रीको कार्यशैलीमाथि टिप्पणी गर्दै राउतले सरकारभित्रै प्रभावकारी समन्वय हुन नसकेको बताए। प्रधानमन्त्री आफ्नै दल, कर्मचारी संयन्त्र र सल्लाहकारबाट पर्याप्त सहयोग नपाएर घेराबन्दीमा परेको जस्तो देखिएको उनको टिप्पणी थियो । सरकार सञ्चालनमा आवश्यक समन्वय र सहकार्य नहुँदा प्रधानमन्त्रीले एक्लै चमत्कार गर्न नसक्ने भन्दै राउतले वर्तमान अवस्थाबाट निकासका लागि सरकार गम्भीर बन्नुपर्ने बताए । उनले जनताको आधारभूत आवश्यकतासँग जोडिएका सेवामा कर लगाउने निर्णय तत्काल पुनर्विचार गर्नुपर्ने माग गरे ।

Tags: डा. सिके राउत
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

एसपीको चासो, घुमुवा प्रहरी एक लाखसहित पक्राउः इन्स्पेक्टर अधिकारीमाथि कारबाहीको आनाकानी !

अशोज १७, २०८३
एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

एल.एस. हस्पिटलमा रक्तदान कार्यक्रम, १३ महिलासहित ४८ जनाले गरे रगत दान

अशोज १७, २०८३
बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

बाढीको पीडाः शव नभेटिएपछि ३६औँ दिनमा कुशको शव बनाएर गरियो सुबोधको दाहसंस्कार !

अशोज १६, २०८३
कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

कमलामा सिँचाइको आमूल परिवर्तन: किसानलाई आत्मनिर्भर बनाउने मण्डलको सिँचाइ केन्द्रित योजना

अशोज १५, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि