Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय जिल्ला प्रशासन कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सांसदद्वयद्वारा प्रशासनिक सुधार अनुगमनः सेवाग्राही सहजताको पहल

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र १७, २०८२
सांसदद्वयद्वारा प्रशासनिक सुधार अनुगमनः सेवाग्राही सहजताको पहल

वीरगंज (पर्सा), १७ चैत । जिल्ला प्रशासन कार्यालय पर्सामा सेवाग्राहीहरूले भोगिरहेका झन्झट र प्रशासनिक अड्चनलाई हटाउन नवनिर्वाचित सांसदहरूले सक्रिय चासो देखाएका छन् । पर्सा–१ का सांसद हरि पन्त र पर्सा–२ का सांसद सुशील साह कानुले कार्यालयमा अनुगमन गर्दै सेवा प्रवाहको अवस्था प्रत्यक्ष अध्ययन गरेका हुन् । अनुगमनको क्रममा सांसदहरूले कार्यालयमा सेवा लिन आएका नागरिकसँग प्रत्यक्ष संवाद गरेका थिए ।

धेरै सेवाग्राहीहरूले एउटै फाइलमा ‘तोक’ लगाउन र स्वीकृत गराउन विभिन्न कोठाहरू धाउनु पर्ने, साना कामका लागि समेत घण्टौं कुर्नु पर्ने र प्रशासनिक प्रक्रिया अत्यन्त झन्झटिलो रहेको गुनासो व्यक्त गरेका थिए । यसपछि सांसदहरूले प्रमुख जिल्ला अधिकारी भोला दाहालसँग भेट गरी कार्यालयको सेवा सुधार र प्रभावकारी बनाउन सकिने उपायबारे छलफल गरेका थिए ।

प्रजिअ दाहालले सेवाहरूलाई प्रविधिमैत्री र सरल बनाउने प्रयासहरू अघि बढाइरहेको जानकारी दिएका छन् । उनले कार्यालयको कार्यसम्पादन चुस्त बनाउन र बिचौलियामुक्त बनाउन ‘एकद्वार प्रणाली’ लागू गर्ने अवधारणाबारे समेत बताएका छन् । सांसद पन्त र साहले सरकारी कार्यालयमा नागरिकले भोग्नु पर्ने सास्ती लोकतन्त्रको उपहास भएको टिप्पणी गरेका छन् ।

उनीहरूले भने, ‘हाम्रो मुख्य उद्देश्य भनेको आम नागरिकले राज्यबाट पाउने सेवा सहज, छिटो र सम्मानजनक ढंगले पाउनु हो । प्रजिअले सुरु गरेका सुधारले समय बचत गर्नुका साथै जनताको अपेक्षा पूरा गर्नेछ भन्नेमा हामी आशावादी छौँ ।’ यस अनुगमनले कार्यालय सुधारमा सांसदहरूको सक्रियतासँगै सेवाग्राहीको अनुभव सहज र प्रभावकारी बनाउन दिशा प्रदान गरेको छ ।

Tags: जिल्ला प्रशासन कार्यालय
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगंजबाट पक्राउ, होटलबाटै प्रहरीले लग्यो जिल्ला प्रहरी कार्यालय

मेडिकल व्यवसायी दुर्गा प्रसाईं वीरगंजबाट पक्राउ, होटलबाटै प्रहरीले लग्यो जिल्ला प्रहरी कार्यालय

जेष्ठ ४, २०८३
मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि