Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय भोटेकोशीको कहर: सयौं सम्पर्कविहीन ११४ को हवाई उद्धार
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठ विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाई स्थगित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
चैत्र ३, २०८२
पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठ विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाई स्थगित

वीरगंज (पर्सा), ३ चैत । पर्सा निर्वाच क्षेत्र नं. ३ का पूर्व सांसद तथा पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठ विरुद्धको भ्रष्टाचार सम्बन्धी मुद्दाको सुनुवाइ मंगलबार स्थगित भएको छ । मुद्दा कास्कीको लिचिबारी घुस प्रकरणसँग सम्बन्धित हो । गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउने विशेष अदालतको आदेशविरुद्ध उनले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

सो निवेदनमाथि मंगलबार सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँल र श्रीकान्त पौडेलको संयुक्त इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । तर, गुप्ताका कानुन व्यवसायीले सुनुवाइ स्थगित गराएपछि सम्बन्धित अन्य दुई मुद्दाको सुनुवाइ पनि रोकिएको हो । यससँगै पूर्वमन्त्री रञ्जिता श्रेष्ठ तथा कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारी विरुद्धको भ्रष्टाचार मुद्दाको सुनुवाइ पनि स्थगित भएको छ ।

विशेष अदालतले श्रेष्ठ र अधिकारीलाई धरौटीमा छाड्ने आदेश दिएको थियो । सो आदेश बदर गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ । यसअघि अदालतले गुप्ताको निवेदनमा कैफियत प्रतिवेदन माग गर्दै थप अनुसन्धानको आदेश दिएको थियो । लिचिबारी घुस प्रकरणमा विशेष अदालतले गुप्तालाई थुनामा पठाउने आदेश जारी गरेको थियो ।

अख्तियारका अनुसार गुप्ताले मालपोत कार्यालयका प्रमुखको सरुवा रोक्न र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको आरोप छ । त्यस्तै गुप्ता र रञ्जिता श्रेष्ठले पदको दुरुपयोग गर्दै कार्य सुविधा प्रदान गरेको भन्दै थप २५ लाख रुपैयाँ घुस लिएको आरोप पनि छ ।

यद्यपि गुप्ताले आफूले कुनै घुस नलिएको र आफूमाथि लागेको आरोप झुटो भएको दाबी गर्दै आएका छन् । अदालतले भने तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई निर्दोष मान्न नसकिने ठहर गरेको छ ।

Tags: पूर्वमन्त्री राजकुमार गुप्ता
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

विदेशबाट वीरगंज मेयरको उम्मेदवारी घोषणाः ‘वीरगंजलाई भाषण होइन, परिणाम चाहिएको छ’

अशोज १०, २०८३
वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

वीरगंज मेयरका लागि बढ्दो दौडधुपः वर्तमान मेयरदेखि पूर्व मेयरसम्म मैदानमा

अशोज १०, २०८३
रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

रसुवा बाढीको पीडाः एक महिनासम्म शव नभेटेपछि कुशको शव बनाएर प्रतीकात्मक अन्तिम संस्कार

अशोज १०, २०८३
अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अविरल वर्षाले देशभर विपद्को कहरः बाढी-पहिरोमा ३ जनाको मृत्यु, जनधनको ठूलो क्षति

अशोज १०, २०८३

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि