Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज १८ र २१ म सर्राफको घरदैलोः कृषिको आधुनिकीकरण र किसान अधिकारमा जोड

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १, २०८२
वीरगंज १८ र २१ म सर्राफको घरदैलोः कृषिको आधुनिकीकरण र किसान अधिकारमा जोड

वीरगंज (पर्सा), १ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत वीरगंज महानगरपालिका वडा नं. १८ र २१ मा ओमप्रकाश सर्राफको घरदैलो, भेटघाट तथा संवाद कार्यक्रम उत्साहजनक रूपमा सम्पन्न भएको छ । जनमत पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सर्राफले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै तराई मधेशका मुख्य मुद्दाहरू, विशेषगरी कृषकहरूको अवस्था र अधिकारका विषयमा आफ्ना धारणा राखेका हुन् ।

घरदैलो अभियानका क्रममा उम्मेदवार सर्राफले तराई मधेशको अर्थतन्त्रको मेरुदण्ड कृषि क्षेत्र भएको उल्लेख गर्दै राज्यको दीर्घकालीन बेवास्ताका कारण किसानहरू निरन्तर मारमा परेको बताए । ‘किसानले पसिना बगाउँछन्, तर मूल्य राज्यले बुझ्दैन,’ उनले भने, ‘उत्पादनको लागत बढ्दो छ, बजार सुनिश्चित छैन, मलबीउको अभाव छ, तर समाधानका लागि ठोस पहल भएको देखिँदैन ।’ उनले किसानप्रति भएको विभेद अन्त्य गर्न र कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्न जनमत पार्टी सधैं अग्रसर रहने प्रतिबद्धता व्यक्त गरे ।

सरार्फले कृषि क्षेत्रलाई आधुनिकीकरण र व्यावसायीकरण गर्दै आम्दानी बढाउने स्पष्ट योजना आफूहरूसँग मात्र रहेको जिकिर गरे । सिंचाइ, भण्डारण, प्रशोधन र बजार व्यवस्थापनलाई एकीकृत रूपमा अघि बढाएर किसानलाई उत्पादनदेखि बिक्रीसम्म सुरक्षा दिने नीतिगत खाका जनमत पार्टीले तयार पारेको उनको दाबी थियो । ‘जब किसान बलियो हुन्छ, तब मधेश बलियो हुन्छ, र देश समृद्ध हुन्छ,’ उनले जोड दिए ।

कार्यक्रममा बोल्दै सर्राफले देश र मधेशको निकासका लागि दूरदर्शी नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै डा. सिके राउत को नेतृत्वमा मात्र मधेशका आवाजहरू राष्ट्रिय नीतिमा प्रभावकारी रूपमा स्थापित हुन सक्ने बताए । उनले मतदाताहरूलाई जनमत पार्टीको चुनाव चिन्ह ‘हर्न’ मा मतदान गरी परिवर्तनको यात्रामा साथ दिन अपिल गरे ।

घरदैलो तथा संवाद कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता देखिएको थियो । सहभागीहरूले कृषि, रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका विषयमा आफ्ना जिज्ञासा र अपेक्षाहरू राखेका थिए । सरार्फले ती सबै विषयमा चरणबद्ध रूपमा काम गर्ने प्रतिबद्धता जनाउँदै जनप्रतिनिधि भएपछि जनताको घरदैलोमै सेवा पुर्‍याउने आश्वासन दिए ।

उक्त कार्यक्रममा पार्टीका नेतृ रम्भा मिश्रा, समानुपातिक उम्मेदवार बिजय पासवान, श्याम शंकर चौरसिया, अनिता रौनियार, सत्युग साह, तुल्सि राम, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, रामबहादुर पासवान, सन्तोष पासवानलगायतको उपस्थिति रहेको थियो । नेताहरूले पनि आ–आफ्नो मन्तव्य राख्दै जनमत पार्टीले मधेशका वास्तविक मुद्दाहरू उठाउँदै आएको र अब ती मुद्दाहरूलाई कार्यान्वयनमा लैजान जनताको साथ अपरिहार्य रहेको बताए ।

वीरगंजका यी वडाहरूमा सम्पन्न घरदैलो अभियानले जनमत पार्टीप्रति स्थानीय स्तरमा बढ्दो आकर्षण देखिएको सहभागीहरूको भनाइ थियो । कार्यक्रम अवधिभर मतदाताहरूले उम्मेदवारसँग खुलेर संवाद गरेका थिए, जसले चुनावी माहोललाई अझ सजीव बनाएको देखिन्थ्यो । जनमत पार्टीका उम्मेदवार सरार्फले आगामी दिनहरूमा पनि घरदैलो, भेटघाट र संवादलाई निरन्तरता दिँदै प्रत्येक टोल–टोलमा पुगेर जनताको विश्वास जित्ने अभियान जारी राख्ने बताए । उनले भने, ‘यो चुनाव केवल प्रतिनिधि छान्ने प्रक्रिया होइन, मधेशको सम्मान र अधिकार सुनिश्चित गर्ने अवसर हो ।’

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि