Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

छपकैयामा जसपा कार्यालय उद्घाटन, १५० भन्दा बढी नेताकार्यकर्ता पार्टीमा समाहित

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २९, २०८२
छपकैयामा जसपा कार्यालय उद्घाटन, १५० भन्दा बढी नेताकार्यकर्ता पार्टीमा समाहित

वीरगंज (पर्सा), २९ माघ । वीरगंज महानगरपालिका वडा नं. १ छपकैया स्थित जनता समाजवादी पार्टी (जसपा) को नयाँ पार्टी कार्यालय औपचारिक रूपमा सञ्चालनमा आएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै प्रचारप्रसार अभियानका क्रममा आयोजित कार्यक्रमबीच उक्त कार्यालय उद्घाटन गरिएको हो ।

जसपाबाट पर्सा क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार अशोक टेमानीले रिबन काटेर कार्यालय उद्घाटन गरेका थिए । कार्यक्रमको अवसरमा विभिन्न राजनीतिक दल परित्याग गरी १५० भन्दा बढी नेताकार्यकर्ता जसपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई पूर्वमन्त्री तथा जसपाका नेता रमेश कुर्मी, जसपा नेतृ करिमा बेगम र उम्मेदवार टेमानीले अविर टिका लगाई स्वागत गरेका थिए ।

उद्घाटन समारोहमा जसपाका स्थानीय नेता कार्यकर्ता, समर्थक तथा छपकैया आसपासका बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागीहरूले नयाँ कार्यालय सञ्चालनसँगै पार्टीको संगठनात्मक गतिविधि थप सशक्त हुने अपेक्षा व्यक्त गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार टेमानीले पार्टी कार्यालय केवल प्रचारप्रसारको केन्द्र मात्र नभई जनताका समस्या, सुझाव र अपेक्षा सुन्ने साझा थलोका रूपमा प्रयोग गरिने बताए । उनले चुनावी अभियानलाई जनतामुखी बनाउँदै घरदैलो, भेटघाट र संवादलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । ‘यो कार्यालय जनताको आवाज सुन्ने र समाधानका लागि पहल गर्ने थलो हुनेछ,’ उनले भने ।

पूर्वमन्त्री रमेश कुर्मीले जसपाले सधैं सामाजिक न्याय, समावेशी विकास र जनअधिकारका मुद्दालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै पर्सा क्षेत्र नं. २ मा पार्टीप्रति बढ्दो आकर्षण त्यसैको परिणाम भएको बताए । जसपा नेतृ करिमा बेगमले महिलाको सशक्तीकरण, शिक्षा र स्वास्थ्यका सवालमा पार्टीको स्पष्ट दृष्टिकोण रहेको उल्लेख गर्दै मतदातालाई परिवर्तनका पक्षमा उभिन आग्रह गरिन् ।

कार्यक्रममा पार्टी प्रवेश गर्नेहरूले जसपाको नीति, विचार र स्थानीय मुद्दाप्रतिको प्रतिबद्धताबाट प्रभावित भई पार्टी रोजेको बताएका थिए । उनीहरूले निर्वाचनमा सक्रिय भूमिका खेल्दै पार्टीलाई विजयतर्फ लैजान योगदान दिने प्रतिबद्धता जनाएका छन् ।

छपकैयामा कार्यालय सञ्चालन र ठूलो संख्यामा पार्टी प्रवेशले पर्सा क्षेत्र नं. २ मा चुनावी माहोल थप सक्रिय बनेको देखिएको छ । उम्मेदवार टेमानीले चुनावी प्रचारप्रसार अभियानलाई तीव्र बनाउँदै विभिन्न टोल–वस्तीमा भेटघाट कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

जसपामा युवा, अनुभवी, शिक्षित तथा विकासप्रेमी नेतृत्वको रूपमा स्थापित हुँदै गएका टेमानीप्रति स्थानीय तहमा सकारात्मक चर्चा बढ्दै गएको पार्टी स्रोतको दाबी छ । बढ्दो जनसम्पर्क र संगठन विस्तारसँगै पर्सा क्षेत्र नं. २ मा जसपाको उपस्थितिलाई मतदाताले नजिकबाट नियालिरहेको देखिन्छ । पार्टी कार्यालय सञ्चालनसँगै संगठनात्मक बैठक, मतदाता संवाद र प्रचारप्रसारका कार्यक्रम नियमित रूपमा सञ्चालन गरिने जनाइएको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि