Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पर्सा क्षेत्र १ मा प्रदीप यादवको छाप : संकटमा अग्रपंक्ति, विकासमा देखिने परिणाम !

तीन पटक मन्त्री र दुई कार्यकाल सांसद रहँदा उनले पर्सा-१ मा पाँच दर्जनभन्दा बढी विकास आयोजना अघि बढाएको उनको सचिवालयले जनाएको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २९, २०८२
पर्सा क्षेत्र १ मा प्रदीप यादवको छाप : संकटमा अग्रपंक्ति, विकासमा देखिने परिणाम !

वीरगंज (पर्सा), २९ माघ । पूर्व खानेपानीमन्त्री तथा पर्सा निर्वाचन क्षेत्र नं. १ बाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आफ्नो राजनीतिक पहिचान भाषणभन्दा कामबाट बनाएको दाबी गरेका छन् । तीन पटक मन्त्री र दुई कार्यकाल सांसद रहँदा उनले पर्सा-१ मा पाँच दर्जनभन्दा बढी विकास आयोजना अघि बढाएको उनको सचिवालयले जनाएको छ । तीमध्ये धेरै योजना सम्पन्न भई सञ्चालनमा आइसकेका छन्, केही निर्माणाधीन छन् भने केही शिलान्यासपछि कार्यान्वयन प्रक्रियामा छन् ।

२०७४ र २०७९ को निर्वाचनमा विजयी भएका यादवले खानेपानी, सडक, नाला, विद्यालय, अस्पताल र दलित आवासल गायतका क्षेत्रमा करोडौं रुपैयाँ बराबरका योजना ल्याएको उनका स्वकीय सचिव हरेन्द्र साह बताउँछन् । ‘पर्सामा प्रदीप यादवको पहिचान भाषणले होइन, कामले बनेको हो । जनताको सुख दुःखमा उहाँ निरन्तर साथ रहनुहुन्छ, संकटमा अग्रपंक्तिमै देखिनुहुन्छ,’ साहले भने ।

वीरगंजमा खानेपानीको चरम अभाव हुँदा र हैजाको महामारी फैलिँदा यादव जनतामाझ पुगेर सक्रिय भएको सचिवालयको दाबी छ । वन तथा वातावरण, खानेपानी, र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी सम्हाल्दा पनि उनले आफ्नो निर्वाचन क्षेत्रका समस्यालाई प्राथमिकतामा राखेको उल्लेख गरिन्छ । मन्त्री र सांसदको हैसियतमा रहँदा पर्सामा विकासको आधार तयार पार्ने जनप्रतिनिधिका रूपमा आफू स्थापित भएको यादवको दाबी छ ।

वीरगंजमा वर्षौंदेखि दोहोरिने खानेपानी संकटको दीर्घकालीन समाधानका लागि करिब साढे चार सय करोड रुपैयाँको खानेपानी आयोजना अघि बढाइएको छ । यससँगै सडक, ढलान, नाला, विद्यालय भवन तथा धार्मिक सांस्कृतिक पूर्वाधार निर्माणमा उल्लेखनीय बजेट विनियोजन भएको बताइन्छ ।

सडक पूर्वाधारतर्फ वीरगंज–१८ इनर्वादेखि भवानीपुर हुँदै ड्राइपोर्टसम्मको सडक स्तरोन्नतिका लागि ३ करोड रुपैयाँ छुट्याइएको थियो, जसले स्थानीय बासिन्दा मात्र होइन उद्योग व्यापारसँग जोडिएका सवारी साधनलाई समेत सहज बनाएको दाबी छ । वीरगंज–३१ सोलखपुर आसपास, वीरगंज–२२, मनियारी गाउँ पश्चिम, गढीमाई मन्दिर जोडिने सडक, वीरगंज–२१, तथा श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापीठ माध्यमिक विद्यालय भवन निर्माणमा पनि ३–३ करोड रुपैयाँका योजना अघि बढेका छन् ।

ठूला योजनासँगै साना तर प्रभावकारी परियोजनामा पनि ध्यान दिइएको सचिवालय बताउँछ । वीरगंज–१४ पिपरामा १ करोड, वीरगंज–१५ भिस्वा त्रिशुल चोकदेखि ५० लाख, वीरगंज–१२ नेशनल ट्रेडिङदेखि रेडियो वीरगंज क्षेत्रसम्म ५० लाख, राधेमाई सडकमा ५० लाख, तथा वीरगंज–१३ नयाँ टोलको ईदगाह परिसरभित्र ६० लाख रुपैयाँको पूर्वाधार योजना ल्याइएको छ । यसबाहेक १५, २५ र ४० लाख रुपैयाँका दर्जनौं योजनाबाट विभिन्न वडामा सडक ढलान, नाला र आधारभूत पूर्वाधार निर्माण गरिएको उल्लेख छ ।

यादवको पहलमा वडा नं. ३१ प्रसोतीपुर–कोनिया–सोलखपुर–रामबन सडक, वडा नं. २१ इस्लामपुरदेखि जनता सडक, तथा वडा नं. २२ जगरनाथपुर आईसिपीदेखि पूर्वतर्फ सडक स्तरोन्नतिमा १–१ करोड रुपैयाँ विनियोजन भएको थियो । वीरगंज–१८ सूर्य मन्दिर पोखरी सौन्दर्यकरण र वीरगंज–१२ पारस साहको घरदेखि मनिर मियाँको घर हुँदै राजेन्द्र साहको घरसम्म ढलान सडक निर्माणका लागि पनि १–१ करोडका योजना अघि बढेका छन्, जसले धार्मिक र पर्यटकीय महत्व बढाएको दाबी छ ।

कोरोना महामारी, हैजाको प्रकोप र खानेपानी संकटका बेला समेत काठमाडौंमा नबसी आफू क्षेत्रमै खटिएको सचिवालयले स्मरण गराएको छ । ‘स्वास्थ्यको ख्याल नगरी संकटका बेला उहाँ जनतामाझ रहनुभयो, यो यहाँका बासिन्दाले आफ्नै आँखाले देखेका छन्,’ साहले बताए । पर्सा–१ मा प्रदीप यादवले संकटमा साथ र विकासमा परिणाम देखिने काममार्फत आफ्नो पहिचान स्थापित गरेको दाबी गरिएको छ ।

Tags: भाषण भन्दा कामले बनाएको प्रदीप यादवको पहिचान !
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि