Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

खानेपानी समाधानको अनुभव सुनाउँदै मतदातासँग प्रदीप यादवको संवाद

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २९, २०८२
खानेपानी समाधानको अनुभव सुनाउँदै मतदातासँग प्रदीप यादवको संवाद

वीरगंज (पर्सा), २९ माघ । नेकपा (एमाले) का तर्फबाट पर्सा निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार तथा पूर्व खानेपानी मन्त्री प्रदीप यादवले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै घरदैलो र जनता दर्शन कार्यक्रमलाई तीव्र बनाएका छन् । बुधबार उनले वीरगंज महानगरपालिका-१४ का विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका थिए ।

घरदैलोका क्रममा यादवले यसअघि पर्सा-१ बाट दुई पटक निर्वाचित हुँदा क्षेत्रको विकासका लागि गरिएका कामहरूको विवरण मतदातासमक्ष राखे । विशेषगरी गत वर्ष देखिएको खानेपानी समस्याको समाधानमा आफूले निर्वाह गरेको भूमिकाबारे उनले विस्तारमा चर्चा गरे। समस्या उत्पन्न भएको २४ घण्टाभित्रै आवश्यक निर्देशन दिइएको दाबी गर्दै उनले टोल–टोलमा डीप बोरिङ जडान गरिएकै कारण आज वीरगञ्जमा खानेपानी संकट अन्त्य भएको उल्लेख गरे ।

यादवले निर्वाचनपछि पनि जनताकै बीचमा रहेर सेवा गर्ने प्रतिबद्धता दोहोर्‍याए । ‘सांसद वा मन्त्री हुँदा पनि म तपाईंहरूको घरदैलोमै पुगेको छु,’ उनले भने, ‘सुख–दुःखमा साथ दिने मेरो अभ्यास निरन्तर रहनेछ ।’ उनले मतदातालाई सोचविचार गरेर निर्णय लिन आग्रह गर्दै केही उम्मेदवारहरू चुनावका बेला मात्र देखिने गरेको टिप्पणीसमेत गरे ।

अन्य दलका उम्मेदवारहरू मत माग्न आए उनीहरूसँग काम र क्षेत्रीय उपस्थितिबारे प्रश्न गर्न मतदातालाई उनले सुझाए । प्रत्यक्ष संवादमार्फत मतदाताका जिज्ञासा सुन्दै उनले आगामी योजनाबारे पनि जानकारी गराएका थिए । कार्यक्रममा वीरगंज-१४ का वडाध्यक्ष महबुब एलाही अन्सारी, पूर्व वडाध्यक्ष भरत प्रसाद कुर्मी तथा एमालेका नेता कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि