Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रमेश रिजालको घरदैलो अभियान जारी, युवामैत्री विकास प्रतिबद्धता

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २६, २०८२
रमेश रिजालको घरदैलो अभियान जारी, युवामैत्री विकास प्रतिबद्धता

वीरगंज (पर्सा), २६ माघ । नेपाली कांग्रेस पर्सा निर्वाचन क्षेत्र नम्बर-४ का उम्मेदवार रमेश रिजालले सोमबार आफ्नो घरदैलो तथा मतदाता भेटघाट अभियानलाई निरन्तरता दिएका छन् । पूर्व मन्त्री र निर्वतमान सांसद समेत रहेका उम्मेदवार रिजालले जिराभावानी गाउँपालिका वडा नम्बर १ र २ मा पुगेर स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गरेका हुन् ।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाहरूले उम्मेदवार रिजाललाई भव्य स्वागत गरेका थिए । मतदाताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा आफ्नो समर्थन कांग्रेसलाई रहने प्रतिबद्धता व्यक्त गर्दै पार्टीमा विश्वास कायम रहेको बताएका थिए ।

प्रत्यक्ष संवादका क्रममा उम्मेदवार रिजालले आफू सधैं युवा नेतृत्वको पक्षमा रहेको उल्लेख गर्दै विकास कार्यमा युवाको सक्रिय भूमिका अपरिहार्य रहेको बताए । उनले विगतमा पनि अधिकांश युवा नेतृत्वलाई अघि बढाएको र आगामी दिनमा पनि युवाहरूसँग हातेमालो गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । ‘युवाको सक्रिय सहभागिता बिना समृद्ध र विकसित समाजको कल्पना गर्न सकिँदैन,’ उनले भने ।

घरदैलो कार्यक्रममा स्थानीय समस्या, आवश्यकताहरू र जनताको अपेक्षाबारे समेत छलफल गरिएको थियो। उम्मेदवार रिजालले शिक्षा, स्वास्थ्य, सडक र रोजगारी जस्ता क्षेत्रमा देखिएका चुनौतीहरूको समाधान गर्न प्रभावकारी पहल गर्ने र जनताको आवाज संसदसम्म पुर्‍याउने विश्वास दिलाए ।

कार्यक्रममा प्रदेशसभा सदस्य तथा वन तथा वातावरण मन्त्री शंकरप्रसाद चौधरी, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पति कृष्णलाल श्रेष्ठ, पर्सा जिल्ला प्रवक्ता रमेश पाण्डे, सहसचिव नवीन सिंह, क्षेत्रीय सभापति श्रीकान्त प्रसाद यादव, नेता सहरुम राउत गद्दी लगायत कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यस घरदैलो अभियानले उम्मेदवार रिजालको जनसंपर्क सशक्त बनाउने, क्षेत्रीय विकासको योजना प्रत्यक्ष मतदातासम्म पुर्‍याउने र युवामैत्री नीतिलाई प्रवद्र्धन गर्ने रणनीति प्रष्ट रुपमा प्रस्तुत गरेको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि