Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

विकासको विशेष प्याकेज घोषणा गर्दै सर्राफको मतदातासँग भेटघाट

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २६, २०८२
विकासको विशेष प्याकेज घोषणा गर्दै सर्राफको मतदातासँग भेटघाट

वीरगंज (पर्सा), २६ माघ । पर्सा क्षेत्र नम्बर १ बाट जनमत पार्टीका प्रतिनिधिसभा सदस्य उम्मेदवार ओमप्रकाश सर्राफले वीरगंज महानगरपालिका वडा नम्बर ३२ अन्तर्गत टेढा र रामवन क्षेत्रमा भेटघाट तथा संवाद कार्यक्रम सम्पन्न गरेका छन् । चुनावी प्रचारप्रसार अभियानअन्तर्गत आयोजित उक्त कार्यक्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्दै उनले गाउँस्तरका समस्याबारे छलफल गरेका थिए ।

कार्यक्रमका क्रममा उम्मेदवार सर्राफले वीरगंजका ग्रामीण वडाहरू अझैपनि विकासका आधारभूत पूर्वाधारबाट वञ्चित रहेको उल्लेख गरे । सडक, खानेपानी, स्वास्थ्य, शिक्षा तथा रोजगारीजस्ता आवश्यक सेवाबाट स्थानीय बासिन्दा टाढा रहनु परेको भन्दै उनले यस अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे । विगतमा निर्वाचित जनप्रतिनिधिहरूले गाउँको अपेक्षा र विश्वासअनुसार काम नगरेको आरोप लगाउँदै उनले गाउँहरूलाई उपेक्षा गरिएको दाबी गरे ।

सरार्फले आफू निर्वाचित भएमा वडा नम्बर ३२ लगायत ग्रामीण क्षेत्रको समग्र विकास र समृद्धिका लागि विशेष विकास प्याकेज ल्याउने घोषणा गरे । स्थानीय आवश्यकताका आधारमा पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर योजनाबद्ध ढङ्गले काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरे । ग्रामीण बस्तीलाई विकासको मूल प्रवाहमा जोड्न जनमत पार्टीले स्पष्ट योजना तयार पारेको उनको भनाइ थियो ।

उनले देश र मधेशको समग्र समस्याको समाधानका लागि जनमत पार्टी र डा. सिके राउतसँग स्पष्ट दृष्टिकोण र दीर्घकालीन सोच रहेको दाबी गरे । यही कारणले आगामी निर्वाचनमा ‘हर्न’ चुनाव चिन्हमा मतदान गरी जनमत पार्टीलाई सशक्त बनाउन उनले मतदातासँग अपिल गरे । जनताको सहभागिता र समर्थनबाट मात्र विकास सम्भव हुने उल्लेख गर्दै उनले स्थानीयलाई परिवर्तनका लागि सक्रिय हुन आग्रह गरे ।

भेटघाट कार्यक्रममा विभिन्न स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा डा. मनोज कुमार, नजमा खातुन, सिए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, नागेन्द्र गुप्ता, हाजारी साह लगायतको उपस्थिति रहेको थियो । सहभागीहरूले उम्मेदवार सरार्फलाई समर्थन जनाउँदै गाउँ–गाउँमा जनमत पार्टीको सन्देश पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

स्थानीय बासिन्दाले पनि आफ्ना समस्या, अपेक्षा र सुझाव उम्मेदवारसमक्ष राखेका थिए । सर्राफले ती सबै विषयलाई गम्भीरतापूर्वक लिँदै निर्वाचित भएपछि प्राथमिकताका आधारमा समाधान गर्ने आश्वासन दिए । कार्यक्रमले स्थानीय स्तरमा चुनावी माहोल थप सक्रिय बनाएको सहभागीहरूले बताएका छन् ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि