Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पटेर्वासुगौलीमा रूपेश पाण्डेको पक्षमा जनलहर, पर्सा क्षेत्र-३ मा परिवर्तनको संकेत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २४, २०८२
पटेर्वासुगौलीमा रूपेश पाण्डेको पक्षमा जनलहर, पर्सा क्षेत्र-३ मा परिवर्तनको संकेत

वीरगंज (पर्सा), २४ माघ । पर्सा जिल्ला निर्वाचन क्षेत्र नं.–३ अन्तर्गत पर्ने पटेर्वा सुगौली गाउँपालिकामा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा जनसमर्थन तीव्र रूपमा बढ्दै गएको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा आयोजित अगुवा कार्यकर्ता भेटघाट कार्यक्रममा देखिएको स्थानीयको उत्साहपूर्ण सहभागिताले पर्सा–३ मा राजनीतिक परिवर्तनको बलियो संकेत दिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका केन्द्रीय कमिटी उपमहासचिव तथा पूर्व मन्त्री योगेश भट्टराईले पर्सा–३ मा परिवर्तन निश्चित रहेको दाबी गरे । विकास, सुशासन र रोजगारी सिर्जनालाई केन्द्रमा राखेर एमाले स्पष्ट योजनासहित अघि बढिरहेको उल्लेख गर्दै उनले मधेशको समग्र विकासका लागि एमाले नेतृत्व अनिवार्य रहेको बताए । ‘पर्सा–३ बाट सक्षम र ऊर्जावान उम्मेदवार रूपेश कुमार पाण्डेको विजय सुनिश्चित छ,’ भट्टराईले विश्वास व्यक्त गरे ।

भेटघाट कार्यक्रममा उम्मेदवार पाण्डेले क्षेत्रको आर्थिक, सामाजिक तथा भौतिक विकासलाई प्राथमिकतामा राख्दै आफ्नो स्पष्ट विकास दृष्टिकोण प्रस्तुत गरे। पर्सा–३ लाई समृद्ध, आत्मनिर्भर र अवसरले भरिपूर्ण क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्दै उनले शिक्षा, स्वास्थ्य, कृषि, उद्योग तथा युवाको रोजगारीलाई विशेष प्राथमिकता दिने बताए । ‘अब नाराको होइन, कामको राजनीति आवश्यक छ,’ भन्दै उनले जनताको विश्वासलाई विकासमा रूपान्तरण गर्ने संकल्प व्यक्त गरे ।

नेकपा एमाले पटेर्वा सुगौली गाउँपालिका कमिटी अध्यक्ष पुरण यादवको अध्यक्षता तथा योगेश भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य विजय सरावगी, केन्द्रीय सल्लाहकार परिषद सदस्य अरबिन्द सिंह, मधेश प्रदेश कमिटी उपाध्यक्ष बिचारी यादव, प्रदेश कमिटी सदस्यहरू, पर्सा जिल्ला अध्यक्ष विश्वम्भर शर्मा, सचिव महेश दाश, नेता शिव पटेल, प्रमोद जयसवाल, महिला नेतृ मन्तुरा चौधरी, फुलमति चौधरी लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रमका वक्ताहरूले राष्ट्रियता, स्थिरता र समृद्धिको यात्रामा नेकपा एमालेको नेतृत्व आवश्यक रहेको धारणा राख्दै पर्सा–३ बाट योग्य, ऊर्जाशील र विकासमुखी उम्मेदवारका रूपमा रूपेश कुमार पाण्डेलाई विजयी गराउन सबैलाई आह्वान गरे । पटेर्वा सुगौलीमा देखिएको जनउत्साह र सहभागिताले पर्सा–३ मा राजनीतिक रूपान्तरणको स्पष्ट संकेत दिएको छ । विकास र समृद्धिको एजेन्डासहित चुनावी मैदानमा उत्रिएका युवा उम्मेदवार रूपेश कुमार पाण्डेप्रति जनविश्वास दिनप्रतिदिन मजबुत बन्दै गएको देखिएको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि