Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंजका विभिन्न वडामा एमाले प्रवेश लहर, रिमा यादवको पक्षमा बढ्दो समर्थन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २४, २०८२
वीरगंजका विभिन्न वडामा एमाले प्रवेश लहर, रिमा यादवको पक्षमा बढ्दो समर्थन

वीरगंज (पर्सा), २४ माघ । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत वीरगंज महानगरपालिकाका विभिन्न वडाहरूमा नेकपा एमालेको अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएका छन् । पछिल्ला कार्यक्रमहरूले एमालेतर्फ आकर्षण बढ्दै गएको संकेत दिएका छन् ।

वीरगंज महानगरपालिका वडा नं. १७ अलौंमा वडा कमिटीको आयोजनामा सम्पन्न कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का अकतर मियाँ पवरीयाको नेतृत्वमा एक सयभन्दा बढी व्यक्ति एमालेमा प्रवेश गरेका छन् । प्रवेश गर्नेहरूमा कनवर मियाँ मन्सुरी, राजवंशी साह कानु, उमेश सहनी, शिवपुजन साहलगायत रहेका छन् । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका किशुनदेव यादवको नेतृत्वमा एक दर्जनभन्दा बढीले पनि एमाले रोजेको जानकारी वीरगञ्ज महानगर लेखा समिति संयोजक अजय साहले दिए ।

कार्यक्रमका सहभागीहरूले पर्सा–२ की एमाले उम्मेदवार रिमा कुमारी यादवलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गर्दै यस क्षेत्रबाट विगतमा अपेक्षित विकास हुन नसकेको धारणा राखे । जेन–जी पुस्ताको चाहनाअनुसार एमालेले युवा तथा महिला उम्मेदवार अघि सारेको उल्लेख गर्दै वक्ताहरूले सबै मिलेर परिवर्तनका लागि एकजुट हुनुपर्नेमा जोड दिए ।

यसैबीच, नेकपा एमाले वीरगंज महानगर कमिटीको आयोजनामा केन्द्रीय उपमहासचिव तथा युवा नेता योगेश भट्टराईको प्रमुख आतिथ्यमा अर्को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा ठाकुर राम बहुमुखी क्याम्पसका पूर्व सभापति तथा जसपा युवा नेता मुकेश द्विवेदी, वीरगंज वडा नं. ९ का पूर्व वडा अध्यक्ष मनोज कलवार, वडा नं. ३ का पूर्व वडा सदस्य तथा न्यायिक समितिका पूर्व सदस्य तुफैल अख्तरलगायतका नेताहरू एमालेमा आबद्ध भएका छन् । नवप्रवेशीहरूलाई भट्टराईले टीका र माला लगाएर स्वागत गरेका थिए ।

दुवै कार्यक्रममा एमालेका केन्द्रीय सदस्य एवं वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगी, मधेश प्रदेश उपाध्यक्ष तथा महानगर इन्चार्ज विचारी यादव, उम्मेदवार रिमा कुमारी यादव, कार्यवाहक अध्यक्ष इलयाकत अली, लेखा समिति संयोजक अजय साह, नेता मुकेश द्विवेदी, क्षेत्रीय अध्यक्ष मनोज कुशवाहा, वडा अध्यक्षहरू संजिव छतकुली र विजय कुर्मी, बहुदरमाई नगरपालिकाका मेयर सिंगासान साह कलवार लगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

आयोजकका अनुसार यस्ता कार्यक्रमहरूले पार्टी संगठनलाई थप सुदृढ बनाउनुका साथै आगामी निर्वाचनमा एमाले एकजुट भएर अघि बढ्ने विश्वासलाई मजबुत बनाएको छ ।

Tags: प्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

सिमरा विमानस्थलमा निःशुल्क स्वास्थ्य सहायता कक्ष

भदौ ३, २०८३
अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

अबोध बालिका हत्या प्रकरणः तीन दिनसम्म खोजिएन गरिमा, शव भेटिएपछि मात्र जाग्यो प्रहरी !

भदौ ३, २०८३
वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

वर्षौं बित्यो, पुल बनेन्‌: रौतहट-सर्लाहीका नागरिकको नदी वारपार सास्ती उस्तै

भदौ ३, २०८३
साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

साउनमा धनुषामा १३४ अपराधका घटना, ५ जनाको मृत्यु हुने गरी ८७ सवारी दुर्घटना

भदौ ३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि