Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

घुसुकपुरमा सर्राफको घरदैलो, वीरगंज विकास र मधेश अधिकार मुख्य एजेण्डा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २३, २०८२
घुसुकपुरमा सर्राफको घरदैलो, वीरगंज विकास र मधेश अधिकार मुख्य एजेण्डा

वीरगंज (पर्सा), २३ माघ । पर्सा क्षेत्र नम्बर १ बाट जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सर्राफले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी गतिविधिलाई तीव्रता दिएका छन् । यसै सिलसिलामा वीरगंज महानगरपालिका वडा नम्बर २ स्थित घुसुकपुर क्षेत्रमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ, जहाँ उनले स्थानीय बासिन्दासँग प्रत्यक्ष अन्तरक्रिया गर्दै आफ्ना एजेन्डा प्रस्तुत गरे ।

घरदैलोका क्रममा सरार्फले वीरगंजको समग्र विकास, मधेशको अधिकार र पहिचानका सवालमा आफू लामो समयदेखि संघर्षरत रहेको उल्लेख गरे । उनले संसद र सम्बन्धित निकायमा पुगेर वीरगंजवासीको आवाज सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्दै नागरिकको शिर ठाडो हुनेगरी काम गर्ने अठोट दोहोर्‍याए । ‘वीरगंजका सरोकारका विषय राष्ट्रिय बहसको केन्द्रमा पुर्‍याउने मेरो प्राथमिकता हुनेछ,’ उनले भने, ‘मधेशको अधिकार सुनिश्चित गर्ने अभियानलाई अझ प्रभावकारी बनाइनेछ ।’

सर्राफले देश र मधेशको राजनीतिक निकासका लागि स्पष्ट दृष्टिकोण जनमत पार्टी र पार्टी अध्यक्ष डा. सीके राउतसँग मात्र रहेको दाबी गरे । उनले मतदातासमक्ष आगामी निर्वाचनमा ‘हर्न’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गर्दै परिवर्तनका लागि जनमत पार्टीलाई अवसर दिन अपिल गरे ।

कार्यक्रममा सहभागी स्थानीयवासीले विकास, रोजगारी, शिक्षा, स्वास्थ्य सेवा तथा आधारभूत पूर्वाधारसँग सम्बन्धित समस्या र अपेक्षाहरू खुलस्त रूपमा राखेका थिए । सरार्फले ती विषयलाई गम्भीरतापूर्वक लिँदै प्राथमिकताका साथ सम्बोधन गर्ने आश्वासन दिए । उनले वीरगंजलाई व्यवस्थित, रोजगारीमुखी र सुविधासम्पन्न सहरका रूपमा विकास गर्न स्पष्ट योजना रहेको पनि बताए ।

घुसुकपुरमा सम्पन्न कार्यक्रम जनमत पार्टीका नेता कार्यकर्ताको उल्लेखनीय उपस्थितिमा सम्पन्न भएको थियो । कार्यक्रममा बिध्या गुप्ता, अनिता रौनियार, नजमा खातुन, भूपेन्द्र साह, डा. मनोज कुमार, सीए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, सहनवाज राकी, अजित सिंह, मञ्जय शर्मा, सुमित सिंह, अञ्जना गुप्ता, सत्युग साहलगायतको सहभागिता रहेको थियो । उनीहरूले घरदैलोमा मतदातासँग संवाद गर्दै पार्टीका नीति, कार्यक्रम र एजेन्डाबारे जानकारी गराएका थिए ।

निर्वाचन नजिकिँदै जाँदा सरार्फले क्षेत्रका विभिन्न टोल, बस्ती र समुदायमा पुगेर जनभेटघाटलाई निरन्तरता दिइरहेका छन् । उनले मतदाताको प्रत्यक्ष सुझावलाई आफ्नो चुनावी एजेन्डासँग जोड्दै अघि बढ्ने रणनीति अपनाएका छन् । स्थानीयसँगको प्रत्यक्ष संवादमार्फत जनताको विश्वास जित्ने प्रयासमा उनी सक्रिय देखिएका छन् ।

जनमत पार्टीका कार्यकर्ताहरूका अनुसार घरदैलो कार्यक्रमप्रति स्थानीयको उत्साहजनक सहभागिता देखिएको छ । मतदाताले आफ्ना समस्या राख्न पाएको र उम्मेदवारबाट प्रत्यक्ष प्रतिबद्धता सुन्न पाएको अनुभव साझा गरेका छन् । सरार्फले पनि जनतासँगको यही नजिकको सम्बन्धले आफूलाई थप जिम्मेवार बनाएको बताएका छन् ।

यसरी चुनावी माहोल तातिँदै जाँदा ओमप्रकाश सर्राफले घरदैलो, भेटघाट र संवादलाई मुख्य आधार बनाउँदै आफ्नो प्रचार अभियानलाई गति दिइरहेका छन् । वीरगंजको विकास र मधेसको पहिचानलाई केन्द्रमा राखेर अघि बढेको उनको अभियानले क्षेत्रीय राजनीतिमा थप चासो बढाएको देखिन्छ ।

Tags: जनमत पार्टीजनमत पार्टीको भेटघाटप्रतिनिधिसभा उम्मेदवारप्रतिनिधिसभा निर्वाचन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि