Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जनतासँगै हिँड्ने उम्मेदवार टेमानी, पर्सा-२ मा बलियो समर्थन

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २३, २०८२
जनतासँगै हिँड्ने उम्मेदवार टेमानी, पर्सा-२ मा बलियो समर्थन

वीरगंज (पर्सा), २३ माघ । पर्सा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार अशोक टेमानीले आफ्नो चुनावी अभियानलाई थप तीव्र बनाएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट उम्मेदवारी दिएका टेमानीको घरदैलो अभियान बिहीबार वीरगंज महानगरपालिकामा भव्य रूपमा सम्पन्न भएको हो । चुनावी प्रचारप्रसारको महत्वपूर्ण चरणमा प्रवेश गरेको यस अभियानअन्तर्गत टेमानीले वीरगंज महानगरपालिका वडा नं. १० का विभिन्न टोलमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट तथा संवाद गरेका छन् ।

घरदैलो अभियानको क्रममा टेमानीले स्थानीय नागरिकका समस्या, आवश्यकता र अपेक्षालाई नजिकबाट सुन्ने प्रयास गरेका थिए । शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक तथा आधारभूत सेवा सुविधाका विषयमा नागरिकले राखेका गुनासा र सुझावलाई गम्भीरतापूर्वक लिँदै टेमानीले आफू निर्वाचित भएपछि ती समस्यालाई प्राथमिकताका साथ संसदमा उठाउने प्रतिबद्धता जनाए । उनले आफू नेता होइन, जनताको सेवक भएर काम गर्ने स्पष्ट धारणा व्यक्त गर्दै विगतका राजनीतिक अभ्यासभन्दा फरक र जवाफदेही राजनीति आवश्यक रहेको बताए ।

वडा नं. १० का मतदाताहरूसँगको भेटमा टेमानीले मधेश र पर्साको विकासका लागि दीर्घकालीन योजना आवश्यक रहेको उल्लेख गरेका थिए । वीरगंजलाई आर्थिक र औद्योगिक केन्द्रका रूपमा विकास गर्न सरकारमा बलियो आवाज आवश्यक रहेको उनको भनाइ थियो । ‘जनताको पीडा बुझ्ने, जनतासँगै हिँड्ने र जनताकै आवाज संसदमा पुर्‍याउने प्रतिनिधि आजको आवश्यकता हो,’ उनले भने ।

घरदैलो अभियानकै क्रममा स्थानीय मतदाताबाट टेमानीप्रति उत्साहजनक समर्थन देखिएको छ । धेरै मतदाताले टेमानीको सरल स्वभाव, पहुँचयोग्य व्यवहार र स्थानीय स्तरमै सक्रिय रहेको भूमिकाको प्रशंसा गरेका थिए । विगत केही समयदेखि निरन्तर क्षेत्रमै बसेर जनतासँग घुलमिल हुँदै आएका टेमानीप्रति विश्वास बढ्दै गएको स्थानीयको प्रतिक्रिया छ ।

जसपा नेपालले पर्सा–२ लाई यसपटक महत्वपूर्ण क्षेत्रका रूपमा लिएको छ । त्यसैअनुसार उम्मेदवार टेमानीले घरदैलो, टोलसभा तथा प्रत्यक्ष संवादलाई अझ सशक्त बनाउँदै लगेका छन् । आगामी दिनमा अभियानलाई थप व्यापक बनाउने तयारी रहेको बताइएको छ । घरदैलो अभियानमा टेमानीले जनताको पूर्ण रुपमा समर्थन पाइरहेका छन् । पर्सा क्षेत्र नंं. २ का मतदाताहरुले उनलाई अत्याधिक मतका साथ विजयी गराउने प्रतिबद्धता जनाई रहेका छन् ।

नेता भन्दा पनि जनताको सेवाका लागि निर्वाचनमा होमिएका टेमानी मधेश प्रदेशकै सफल उद्योगी व्यवसायीको रुपमा चिनिन्छन् । विगत दशकौंदेखि सामाजिक सेवामा सक्रिय रहँदै आएका टेमानी नीतिगत ठाउँमा पुगेर यस क्षेत्रको समस्यालाई दीर्घकालीन समाधान गर्ने उद्देश्य सहित प्रतिनिधिसभा सदस्य निर्वाचनको मैदानमा उत्रिएका हुन् । उनी निर्वाचित भए यस क्षेत्रको जनताले विकासको साथसाथै शिक्षा, स्वास्थ्य, रोजगारीमा पनि विशेष अवसर पाउने मतदाताहरुको विश्वास छ ।

Tags: जसपा उम्मेदवार अशोक टेमानी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३
यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

यातायात कार्यालय वीरगंजमा पक्राउ परेका सेवाग्राही महतो ५ हजार धरौटीमा रिहा

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि