वीरगंज (पर्सा), २१ माघ । पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत जनमत पार्टीका उम्मेदवार ओमप्रकाश सरार्फले वीरगंज महानगरपालिका वडा नम्बर १५ लक्षमनवा र वडा नम्बर ८ पानी ट्याङ्की क्षेत्रमा भेटघाट, संवाद तथा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै सरार्फले आफ्नो चुनावी एजेन्डा र योजनाबारे जानकारी गराएका थिए ।
कार्यक्रमका क्रममा उनले वीरगंज औद्योगिक नगरीका रूपमा परिचित भएपनि यहाँका स्थानीय युवाहरू बेरोजगारीको मारमा परेको उल्लेख गरे । रोजिरोटीका लागि बाध्य भएर विदेश वा बाहिरिनुपर्ने अवस्थाको अन्त्य गर्न आफू स्पष्ट कार्ययोजना (क्लियर रोड म्याप) लिएर चुनावी मैदानमा आएको उनले बताए । ‘युवालाई सीपमूलक तालिम, रोजगारीका अवसर र स्वरोजगारीसँग जोड्ने ठोस कार्यक्रम ल्याउनेछु,’ उनले भने, ‘महिलाहरूलाई पनि आयआर्जनका कार्यक्रममार्फत आर्थिक रूपमा सशक्त बनाइनेछ ।’
सरार्फले देश र मधेसको निकासका लागि जनमत पार्टी र डा. सिके राउतसँग मात्रै स्पष्ट दृष्टिकोण र उत्कृष्ट भिजन रहेको दाबी गर्दै मतदातालाई हर्न (घण्टी) छापमा मतदान गर्न अपिल गरे । स्थानीय समस्याको पहिचान, समाधानमुखी कार्यक्रम र जनताको प्रत्यक्ष सहभागितामा विकास गर्ने प्रतिबद्धता उनले दोहोर्याए ।
भेटघाट कार्यक्रममा पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा बिध्या गुप्ता, रम्भा मिश्रा, श्याम गुप्ता, राजनारायण मिश्रा, भुपेन्द्र साह, डा. मनोज कुमार, सिए देवराज, महादेव शर्मा, निराजन कुशवाहा, हिरालाल राम, डा. मोहमद राजा, रामजी रौनियार, सहनवाज राकी, अजित सिंह, मन्जय शर्मा, सुमित सिंह, अञ्जना गुप्ता, सत्युग साह लगायतको उपस्थिति रहेको जनाइएको छ ।
स्थानीयले पनि आफ्ना समस्या, अपेक्षा र सुझावहरू राख्दै उम्मेदवारसँग प्रत्यक्ष संवाद गरेका थिए । जनमत पार्टीले घरदैलो र संवाद कार्यक्रमलाई निरन्तरता दिँदै जनतासम्म आफ्ना योजना पुर्याउने जनाएको छ ।








प्रतिक्रिया दिनुहोस् !