Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिर्सिया नदी : बोतलमा बन्द गरिएको लज्जा, उपेक्षा र गैरजिम्मेवारीपनको प्रतीक !

नदीको फोहोर पानी भरिएको बोतल वीरगंज उद्योग वाणिज्य संघको मूल गेटमा झुण्ड्याउनु केवल विरोधको संकेत होइन, यो राज्य, उद्योग र जिम्मेवार निकायहरूको असफलतामाथिको कठोर प्रश्न हो ।

हरिशंकर शर्मा
हरिशंकर शर्मा
पुस २६, २०८२
सिर्सिया नदी : बोतलमा बन्द गरिएको लज्जा, उपेक्षा र गैरजिम्मेवारीपनको प्रतीक !

वीरगंज शहरको जीवनरेखा मानिने सिर्सिया नदी आज लज्जा, उपेक्षा र गैरजिम्मेवारीको प्रतीक बनेको छ । करिब तीन दशकदेखि अतिक्रमण र औद्योगिक प्रदूषणको चपेटामा परेको यो नदीको पीडा शनिबार जेनजी पुस्ताका युवाहरूले प्रतीकात्मक तर शक्तिशाली रूपमा उजागर गरेका छन् । नदीको फोहोर पानी भरिएको बोतल वीरगंज उद्योग वाणिज्य संघको मूल गेटमा झुण्ड्याउनु केवल विरोधको संकेत होइन, यो राज्य, उद्योग र जिम्मेवार निकायहरूको असफलतामाथिको कठोर प्रश्न हो ।

सिर्सिया नदी बचाउ अभियानमा सक्रिय युवाहरूले यसअघि नै ७२ घण्टाको अल्टिमेटम दिएका थिए । पुस ९ गते संघका अध्यक्षलाई भेटेर उद्योगहरूबाट भइरहेको प्रदूषण रोक्न पहल गर्न आग्रह गरिएको थियो । तर त्यो आग्रहलाई गम्भीरतापूर्वक नलिइएको मात्र होइन, नदीको पानी फोहोर छैन भन्ने गैरजिम्मेवार तर्क प्रस्तुत गरियो । सतहको पानी कालो देखिनु मुनिको माटो फोहोर भएको कारण हो भन्ने भनाइले समस्या समाधान होइन, समस्या ढाकछोप गर्ने मानसिकता प्रस्ट देखाउँछ ।

शनिबार बोतल झुण्ड्याउने घटनाले एक कुरा स्पष्ट पारेको छ ‘अब सिर्सिया नदीको मुद्दा सामान्य गुनासोमा सीमित छैन’ । यो नागरिक चेतनाको आन्दोलन बन्दै गएको छ । संघले ‘हामीसँग कारबाही गर्ने अधिकार छैन’ भन्दै जिम्मेवारीबाट पन्छिन खोज्नु झनै चिन्ताजनक छ । अधिकार नभए पहल गर्ने दायित्व त हुन्छ । उद्योग वाणिज्य संघ केवल व्यापारिक हितको प्रतिनिधि होइन, समाज र वातावरणप्रतिको उत्तरदायित्व पनि बोकेको संस्था हो ।

जेन–जी युवाहरूको आन्दोलनले पुराना असफल प्रयासहरूलाई पुनः स्मरण गराउँछ । यसअघि महानगरपालिका र विभिन्न संघसंस्थाले पहल गरे पनि परिणाम शून्य रह्यो । त्यसको कारण स्पष्ट छ राजनीतिक इच्छाशक्ति, कडाइका साथ नियमन र जवाफदेहिता अभाव । आज पनि पर्सा बारा औद्योगिक कोरिडोरका उद्योगहरूले औद्योगिक फोहोर, रासायनिक ढल र विषाक्त पदार्थ नदीमा बगाइरहेका छन्, र नियमन निकायहरू मौन छन् ।

पुस ५ गते जिल्ला प्रशासन कार्यालय र महानगरपालिकामा ‘सिर्सिया नदीको उपहार’ भन्दै फोहोर पानी बुझाउनेदेखि लिएर उद्योग वाणिज्य संघको गेटमा बोतल झुण्ड्याउनेसम्मका गतिविधि प्रतीकात्मक भएपनि अत्यन्त अर्थपूर्ण छन् । यी युवाहरूले प्रश्न गरिरहेका छन्, कुनै पनि शहर आफ्नो नदी मरेको अवस्थामा समृद्ध हुन सक्छ ? आर्थिक विकासको नाममा वातावरण नष्ट गर्न कति समयसम्म छुट दिइन्छ ?

यदि अब पनि उद्योग वाणिज्य संघ, स्थानीय सरकार र प्रदेश तथा संघीय निकायहरूले आँखा चिम्लिरहे भने यो आन्दोलन अझ उग्र बन्ने निश्चित छ । अभियानका अगुवाले चेतावनी दिएका छन् अबको एक साताभित्र पहल नभए नदीको फोहोर पानी ड्रममा ल्याएर संघको परिसरमै खन्याइनेछ । यो चेतावनी केवल आक्रोश होइन, लामो समयदेखिको उपेक्षाको परिणाम हो ।

सिर्सिया नदीलाई बचाउनु वातावरणीय मुद्दा मात्र होइन, यो सार्वजनिक स्वास्थ्य, सामाजिक न्याय र भावी पुस्ताको अधिकारसँग जोडिएको सवाल हो । अब निर्णयको घडी आएको छ या त जिम्मेवार निकायहरूले ठोस कदम चालून्, या त बोतलमा झुण्ड्याइएको त्यो फोहोर पानी भविष्यमा हाम्रो सामूहिक लज्जाको स्थायी प्रतीक बन्नेछ ।

Tags: सिर्सिया नदीको १० बोत्तल फोहर पानी
हरिशंकर शर्मा

हरिशंकर शर्मा

हरिशंकर शर्मा यस वीरगंज टाइम्स डटकम अनलाइन पोर्टलका सम्पादक हुन् । उनी विगत डेढ दशक अघिदेखि पर्सेली पत्रकारिता जगतमा कलम चलाउँदै आएका हुन् ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

जीर्ण सडकविरुद्ध बहुअरीवासीको आक्रोश, आधा घण्टा सडक जाम

अशोज १८, २०८३
रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

रास्वपा बारामा अधिवेशनको दबाबः ‘तत्काल जिल्ला नेतृत्व चयन गर’

अशोज १८, २०८३
मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

मितेरी पुलमै बरामद भयो ११ किलो चरेस, भारतीय भूमिमा पुगेर मात्रै रोकियो तस्करी

अशोज १८, २०८३
प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

प्याब्सन राइम्स फेस्टिबलमा विद्या सदन स्कुल प्रथम

अशोज १८, २०८३

एल.एस. हस्पिटल एण्ड मेडिकल कलेज…..

जनहितमा जारी सन्देश…

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि