Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी: अवैधानिक नियुक्तिदेखि निजीकरण प्रयाससम्म

हरिखेतान प्राध्यापक संघका अध्यक्ष धमेन्द्र यादवले सुस्मिता यादवको नियुक्ति पूर्ण रूपमा अवैधानिक रहेको दाबी गर्दै त्यसलाई कुनै हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारे ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २३, २०८२
हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी: अवैधानिक नियुक्तिदेखि निजीकरण प्रयाससम्म

वीरगंज (पर्सा), २३ पुस । हरिखेतान बहुमुखी क्याम्पसमा सुस्मिता यादवको नियुक्तिसँगै उत्पन्न विवाद झन चर्किँदै गएको छ । उक्त नियुक्तिलाई अवैधानिक ठहर गर्दै क्याम्पस व्यवस्थापन पक्षविरुद्ध आइतबारदेखि सुरु भएको विद्यार्थी आन्दोलन बुधबारदेखि प्राध्यापक संघ र कर्मचारी युनियनको समर्थनसँगै व्यापक बनेको छ ।

सुस्मिता यादवको नियुक्तिको विरोधमा विद्यार्थीहरूले आइतबारदेखि प्रदर्शन गर्दै आएका छन् । उनीहरूले पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाए पनि कुनै समाधान ननिस्किएपछि बुधबार हरिखेतान प्राध्यापक संघ, कर्मचारी युनियन र विद्यार्थीहरू संयुक्त रूपमा आन्दोलनमा उत्रिएका हुन् ।

हरिखेतान प्राध्यापक संघका अध्यक्ष धमेन्द्र यादवले सुस्मिता यादवको नियुक्ति पूर्ण रूपमा अवैधानिक रहेको दाबी गर्दै त्यसलाई कुनै हालतमा स्वीकार गर्न नसकिने स्पष्ट पारे । उनका अनुसार सामुदायिक प्रकृतिको क्याम्पस हुँदाहुँदै खेतान परिवारले विधान संशोधन गरी क्याम्पसलाई निजीकरणतर्फ लैजाने गम्भीर प्रयास गरिरहेको छ, जुन क्याम्पसको मूल मर्म र सामुदायिक भावनाको ठाडो उल्लङ्घन हो ।

अध्यक्ष यादवले आफ्नो स्वार्थ पूरा गर्न खेतान परिवारले योजनाबद्ध रूपमा विवाद सिर्जना गरेको आरोपसमेत लगाए । विवाद बढेसँगै विद्यार्थी, प्राध्यापक र कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् भने क्याम्पसको शैक्षिक वातावरण प्रत्यक्ष रूपमा प्रभावित हुन थालेको जनाइएको छ ।

विद्यार्थीहरूको भविष्य जोखिममा परेको भन्दै अभिभावकहरू पनि चिन्तित बनेका छन् । अध्यक्ष यादवका अनुसार क्याम्पसले गरिब तथा जेहनदार विद्यार्थीहरूलाई आवश्यक छात्रवृत्ति नदिने, तथा आफ्नै मनपरी ढङ्गले वितरण गर्ने प्रवृत्तिप्रति गुनासो बढ्दै गएको छ ।

यसैबीच, प्राध्यापक संघकी उपाध्यक्ष प्रीतिकुमारी सिंहले निजी विधान तत्काल खारेज गरी सामुदायिक क्याम्पसको भावना अनुरूप नयाँ विधान निर्माण गर्नुपर्ने माग राखेकी छन् । खेतान परिवारले पटक–पटक क्याम्पस प्रमुख, लेखापाल तथा प्रशासन प्रमुख परिवर्तन गर्दा अध्ययनरत विद्यार्थीहरू मानसिक तनावमा परेको अभिभावकहरूको भनाइ छ ।

“सामुदायिक क्याम्पस भनेर विश्वास गरेर छोराछोरी भर्ना गर्‍यौँ, तर अहिले क्याम्पसकै कारण विद्यार्थीहरू अन्योलमा परेका छन्,” एक अभिभावकले चिन्ता व्यक्त गरे । क्याम्पसभित्र देखिएको यो विवादका कारण शैक्षिक गतिविधि प्रभावित हुन थालेको भन्दै सरोकारवालाहरूले समस्याको दीर्घकालीन समाधान आवश्यक रहेको बताएका छन् ।

Tags: हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

गुठीका पोखरी अतिक्रमण हटाउन थप १५ दिनको समय

भदौ २९, २०८३
बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

बेतौनामा पानीको कहरः भूमिगत दोहनले चापाकल सुके, एउटै समरसेवलको सहारामा २०० परिवार !

भदौ २९, २०८३
बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

बबिताको प्रसवदेखि पविताको मृत्युसम्मः स्वास्थ्य प्रणालीको भयावह स्थिति ! स्वास्थ्य सेवा कि व्यापार

भदौ २९, २०८३
काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

काठमाडौंमा ग्यास अभाव टार्न तराईका उद्योग २४ घण्टा संचालनमाः वैकल्पिक बाटोबाट ग्यास पठाइँदै

भदौ २८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि