Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

साम्प्रदायिक तनावले गर्दा शिक्षा प्रभावित, बालबालिकाको भविष्य सुरक्षित गर्न अनुरोध

यसअघि पनि बारम्बार लाग्ने बिदा, राजनीतिक आन्दोलन तथा अन्य गतिविधिहरूका कारण विद्यालय सञ्चालन प्रभावित हुँदै आएको छ । यसले विद्यार्थीहरूको शैक्षिक स्तर र मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेको छ ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस २२, २०८२
साम्प्रदायिक तनावले गर्दा शिक्षा प्रभावित, बालबालिकाको भविष्य सुरक्षित गर्न अनुरोध

वीरगंज (पर्सा), २२ पुस । वीरगंज महानगर क्षेत्रमा दुई समुदायबीच उत्पन्न तनावका कारण कर्फ्यु आदेश लागू भएपछि सम्पूर्ण विद्यालयहरू बन्द हुन पुगेका छन् । यसबाट विद्यार्थीहरूको पठनपाठन पूर्ण रूपमा अवरुद्ध भएको भन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) वीरगञ्ज महानगर समितिले सामाजिक शान्ति, सद्भाव र शिक्षा क्षेत्रको संरक्षणका लागि गम्भीर अपिल गरेको छ ।

नेशनल प्याब्सन वीरगञ्जका सचिव शेख अजहरले जारी गरेको प्रेस विज्ञप्तिमा वर्तमान तनावपूर्ण अवस्थाले नगरको शान्ति, सद्भाव र सामाजिक सहअस्तित्वमा गहिरो असर पारेको उल्लेख गरिएको छ । कर्फ्युका कारण विद्यालय सञ्चालन ठप्प हुँदा विद्यार्थीहरूको शैक्षिक गतिविधिमा गम्भीर प्रभाव परेको भन्दै संगठनले चिन्ता व्यक्त गरेको छ ।

विज्ञप्तिमा यसअघि पनि बारम्बार लाग्ने बिदा, राजनीतिक आन्दोलन तथा अन्य गतिविधिहरूका कारण विद्यालय सञ्चालन प्रभावित हुँदै आएको सन्दर्भ उल्लेख गरिएको छ । यसले विद्यार्थीहरूको शैक्षिक स्तर र मानसिक स्वास्थ्यमा नकारात्मक असर पारिरहेकोप्रति संगठनले गहिरो चिन्ता व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “हाम्रा बालबालिका कुनै पनि आन्दोलन वा द्वन्द्वका जिम्मेवार होइनन् । उनीहरू नै समाज र राष्ट्रको भविष्य निर्माण गर्ने आधार स्तम्भ हुन् ।” नेशनल प्याब्सनले कुनै पनि आन्दोलन वा कार्यक्रम अघि बढाउँदा बालबालिकाको भविष्य र शिक्षा क्षेत्रमा पर्ने प्रभावबारे गम्भीरतापूर्वक सोच्न सम्पूर्ण सरोकारवालाहरूलाई आग्रह गरेको छ ।

साथै, वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख, पर्साका प्रमुख जिल्ला अधिकारी तथा राजनीतिक दलका नेतृत्वलाई आपसी मतभेदका बाबजुद शिक्षा क्षेत्र थप प्रभावित नहोस् भन्ने विषयमा विशेष संवेदनशीलता अपनाउन विनम्र अनुरोध गरिएको छ । निरन्तर विद्यालय बन्द हुने अवस्था कायम रहे भविष्यमा अभिभावकहरू वीरगञ्जका विद्यालयमा आफ्ना बालबालिकालाई भर्ना गर्न हिच्किचाउने र यसले सहरको शैक्षिक छविमा नकारात्मक असर पार्ने चेतावनीसमेत विज्ञप्तिमा दिइएको छ ।

Tags: साम्प्रदायिक तनावले शिक्षा प्रभावित
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

भोटेकोशी बाढीपछि वीरगंज नाकामा आयातको चाप, दैनिक ७० प्रतिशतले बढ्यो राजस्व

भोटेकोशी बाढीपछि वीरगंज नाकामा आयातको चाप, दैनिक ७० प्रतिशतले बढ्यो राजस्व

भदौ २५, २०८३
वीरगंज महानगरले मलको मूल्य बढायो, वडाध्यक्षकै विरोध ‘किसानमाथि थप भार नथपौं’

वीरगंज महानगरले मलको मूल्य बढायो, वडाध्यक्षकै विरोध ‘किसानमाथि थप भार नथपौं’

भदौ २५, २०८३
कलैया अस्पतालको एक्सरे मेसिन ठप्प, बिरामी निजी क्लिनिकमा धाउन बाध्य

कलैया अस्पतालको एक्सरे मेसिन ठप्प, बिरामी निजी क्लिनिकमा धाउन बाध्य

भदौ २५, २०८३
वीरगंजमा भाईरल रोगका बिरामीमा कोरोना संक्रमण पुष्टि

नारायणी अस्पतालमा ५० शव अट्ने शवगृह बन्दै, विपद्मा शव व्यवस्थापन सहज हुने

भदौ २५, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि