Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

तराईमा बाक्लो हुस्सु, शीतलहर र चिसोको मारः जनजीवन अस्तव्यस्त, जीवन घूर र चटाईको भरमा

पछिल्ला दिनहरूमा शीतलहर झन् तीव्र हुँदै गएपछि मुसहर, बाँतर, डोम, मेस्तर, हलखोर, दुसाध र चमारलगायत गरिब समुदायमाथि थप मार परेका छन् ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १६, २०८२
तराईमा बाक्लो हुस्सु, शीतलहर र चिसोको मारः जनजीवन अस्तव्यस्त, जीवन घूर र चटाईको भरमा

वीरगंज (पर्सा), १६ पुस । लगातार बाक्लो हुस्सुले आकाश ढाकिरहेको छ, पश्चिमी सिरेटोले हड्डीसम्म चिस्याइरहेको छ, र त्यसकै प्रभावले मधेससहित महोत्तरीको जनजीवन अहिले निकै कठिन बन्दै गएको छ । जाडो यति बढेको छ कि सर्वसाधारण बाहिर निस्कनै सक्दैनन् भने विपन्न बस्तीका घरआँगनमा बिहानदेखि बेलुकासम्म ‘घूर’को धुवाँ र आगो तापेर बस्ने भीड देखिन्छ । गरिब समुदायका लागि यही घूर ताप्नु चिसो धपाउने सबभन्दा ठूलो आश्रय बनेको छ ।

पुस ३ गतेदेखि सुरु भएको शीतलहर पछिल्ला दिनहरूमा झन् तीव्र हुँदै गएपछि मुसहर, बाँतर, डोम, मेस्तर, हलखोर, दुसाध र चमारलगायत गरिब समुदायमाथि थप मार परेका छन् । वर्षौंदेखि चिसो लागेपछि सुरु हुने यस्तै दुःखद दिनहरू यतिखेर फेरि पनि दोहोरिएका छन् न अन्न भण्डार गर्ने कोठा, न ओढ्ने ओछ्याउने न्यानो कपडा । कुपोषण, अशिक्षा र गरिबी चपेटामा परेकाहरूका लागि जाडोको मौसम भोगाइभन्दा पनि पीडाको समय हो ।

महोत्तरीको लोहारपट्टी–४ लेउरीटोलकी ५० वर्षीया श्रीवती सदा हिउँदको यथार्थ सुनाउँछिन्‌ ‘के गरौँ हजुर, अहिलेसम्म कसैले के खायौ कि सोधेन । दाउरा भए आगो ताप्थ्यौं होला, तर अहिले यही घूरको धुवाँ र सानो सानो रापले जाडो काट्नु भाग्य बनेको छ ।’ दैनिक मजदुरी गरेर जीविका चलाउने उनीहरूलाई चिसोका कारण काममा निस्कन कठिन भएपछि भोकभोकै रात काट्नु पर्ने अवस्था आएको छ ।

गुजुमुज्ज परालका छाना, चुहिने भित्ताहरू र चिसो हावा छेक्ने कुनै बलियो संरचना नभएका यी बस्तीमा ‘घूर’ र पराल बाँधेर बनाइएको चटाइ नै जीवनरक्षक साधन बनेका छन् । स्थानीय भाषामा ‘गोनर’ भनिने यही चटाइ ओछ्याएर, भुइँमा पराल बिछ्याएर, शरीर ढाकेर उनीहरू रात बिताउँछन् । एकडारा–३ भटौलियाका छठु सदा भन्छन्, ‘भुइँमा पराल ओछ्यायो, माथि चटाइ ओढ्यो । राति धेरै चिसो भए फेरि उठेर घूर तापेर बस्नु पर्‍यो ।’

पछिल्ला करिब दुई साता यता राम्रो घाम नलागेपछि बस्तीमा पीडा झन् गहिरिएको छ । बिहान उज्यालो पर्खँदै बसेका बालबालिका, महिलादेखि वृद्धसम्मले चिसो हटाउने आशामा घूर वरिपरि घेरा बनाएर बस्न बाध्य छन् । लोहारपट्टी–४ खुट्टा उत्तरबारीटोलका मनु सदा भन्छन्, ‘हाम्रो चिसो काट्ने सहारा यही आगो हो। भगवान्को यस्तै खटन छ ।’

जाडोले केवल स्वास्थ्यमा मात्र हैन, भोकमरीको जोखिम पनि बढाएको छ । भङ्गाहा–५ कर्पुरगञ्जका ६० वर्षीय रामजुलुम बाँतर चिन्ता पोख्छन् ‘दैनिक मजदुरी गरेर पेट पाल्नेहरुको काम शीतलहरले बन्दजस्तै बनाइदियो । घरको अन्न सकिँदै छ, अब भोकभोकै बस्ने दिन आउँदैछन् ।’

महोत्तरीका १० नगरपालिका र ५ गाउँपालिका सबै १५ स्थानीय तहमा मुसहर समुदायको बसोबास छ । सामाजिक, राजनीतिक, आर्थिक र शैक्षिक सूचकांकको हिसाबले उनीहरू निकै पछाडि छन् । बाँतर समुदाय पनि यस्तै अवस्थाबाट गुज्रिन्छ, रीतिथिती र जीवनशैली लगभग उस्तै देखिन्छ। तर बाँतर जाति भने मुख्य रूपमा भङ्गाहा क्षेत्रमा मात्र केन्द्रित छन् ।

शीतलहरका बीच उनीहरूको विगतका वर्षझैँ अहिले पनि जीवन चिसो अन्धकार र अप्ठ्याराका घेराभित्र छ । राहतका हात समाउने आशा गर्दै उनीहरू घाम लाग्ने दिनको प्रतीक्षा गरिरहेका छन् । तर घाम नउदाएसम्म ‘घूरको धुवाँ’ र ‘परालको चटाइ’ नै मधेसका गरिब बस्तीका लागि जाडो पच्छ्याउने सहारा बनेको छ ।

Tags: तराईमा शितलहरको कहर
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि