Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘रेडिमेड’ले विस्थापित गर्‍यो हातले बुन्ने राखी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३, २०८१
‘रेडिमेड’ले विस्थापित गर्‍यो हातले बुन्ने राखी

वीरगंज (पर्सा), ३ भदौ । वीरगंज महानगरपालिका(२ छपकैयाका राजु श्रीवास्तवले दुई दशकअघिसम्म आफ्नै हातले बुनेका रक्षाबन्धन (धागोका डोरा(राखी) बेच्ने गर्नुहुन्थ्यो । श्रीवास्तवले हातले विशेष खालको फोममा रङ्गीचङ्गी धागोको सहायताले रक्षाबन्धन तयार पारेर बेच्नुहुन्थ्यो । समय बितेसँगै अहिले उहाँको परिवारले हातले बुनेर राखी तयार पार्न छाडिसकेको छ । बजारमा आउने थरीथरीका रङ्गीचङ्गी राखीसँग हातले बुनेको राखीले प्रतिस्पर्धा गर्न नसकेसँगै बनाउन छोडेको उहाँ बताउनुहुन्छ ।

“पहिला हातले आफैँ राखी बनाएर बेच्ने गथ्र्यौं”, उहाँले भन्नुभयो, “हाम्रो पुस्तैनी पेसा पनि राखी बनाउने पनि थियो, त्यो बेला विशेष खालको फोममा विभिन्न बुट्टेदार रङसहितको धागोले राखी तयार पार्ने गथ्र्यौं ।” उहाँ बजारमा आउने कलात्मक र रङ्गीचङ्गी ‘रेडिमेड’ राखीसँग हातले बुनेर तयार पार्ने राखीले प्रतिस्पर्धा गर्न नसकेर बन्द गर्नुपरेको गुनासो गर्नुहुन्छ । अहिले श्रीवास्तव आफैँ नेपाल(भारतको सीमावर्ती बजार रक्सौलबाट किनेर ल्याएका राखी वीरगंजको गहवामाई मन्दिर प्राङ्गणमा बिक्री वितरण गर्दै आइरहनुभएको छ ।

यस वर्ष रक्षाबन्धन पर्व भोलि अर्थात् भदौ ३ गते परेको छ । यो वर्ष साउन शुक्ल पूणर्िमाका दिनमा मनाउने गरिन्छ । तराई(मधेसमा दिदीबहिनीले आफ्ना दाजुभाइको दाहिने नाडीमा कलात्मक ढङ्गले बनाएको राखी लगाइदिने चलन रहेको छ । “अहिले बजारका रङ्गीचङ्गी रक्षाबन्धनले हातले मेहनत गरेर बुनेका रक्षाबन्धनलाई विस्थापित गर्‍यो, त्यसैले अहिले बजारमा नै पाइने रेडिमेड रक्षाबन्धन ल्याएर बिक्री गर्दै आइरहेका छौँ ।” उहाँको अनुभवमा पहिला जस्तो राखी किनमेलमा पनि सर्वसाधारणको रुचि कम हुँदै गइरहेको छ ।

“अहिले अधिकांश मधेसका युवा खाडी मुलुकमा कामको खोजीमा गएका छन्”, उहाँले भन्नुभयो, “दिदीबहिनीले पनि आफ्ना दाजुभाइ यहाँ नभएपछि के का लागि राखी किन्ने हो र ?” श्रीवास्तव जस्तै वीरगंजको माईस्थानमा मौसमी रूपमा बर्सेनि राखीको व्यापार गर्दै आइरहनुभएका नन्दु साह पनि राखीको व्यापार घटेको बताउनुहुन्छ । “पहिला दिनकै रु १० हजारभन्दा धेरैको राखी बेचिन्थ्यो”, उहाँले विगत स्मरण गर्दै भन्नुभयो, “अहिले मुस्किलले रु दुई हजारको राखी बेच्न पनि मुस्किल भइसक्यो ।”

साहका अनुसार नेपाल(भारत सीमावर्ती बजार रक्सौलमा नै अधिकांश वीरगंजबासी खाद्यान्न, लत्ताकपडा र अन्य सामग्री किनमेल गर्न जाँदा उतैबाट राखी पनि किनेर आउँदा यहाँको बजारमा राखीको व्यापार घटेको छ । “अहिले यहाँका जो पनि रक्सौल नै किनमेलका लागि जान्छन्, उतैबाट राखीको सामान किनेर ल्याउँदा पनि समस्या भइरहेको छ”, उहाँले भन्नुभयो, “अर्कोतर्फ वीरगंजको गल्लीगल्लीमा सबैले राखीको मात्रै व्यापार गर्दा पनि समस्या भएको हो ।” यस वर्ष रु ५० हजार रकम खर्चेर विभिन्न थरीका राखी ल्याएर बिक्री वितरण गर्न लागेको उहाँले सुनाउनुभयो । उहाँले भन्नुभयो, “अहिले सबै राखी बेच्न पनि समस्या हुने हो कि भन्ने डर लागिरहेको छ ।”

उहाँका अनुसार वीरगंजको पुरानो बजार मिनाबजार, गहवामाई मन्दिर परिसर, बिर्तालगायत ठाउँमा धेरै राखीको व्यापार हुने गर्छ । “पहिला(पहिला राखीको व्यापार गर्ने व्यापारी पनि निकै कम हुन्थे, तर अहिले जसले पनि राखीको व्यापार गर्नसक्ने भएकाले पनि बिक्री वितरण घटेको जस्तो लाग्छ”, उहाँ भन्नुहुन्छ । वीरगंज महानगरपालिका(६ गहवामाईका राज सिंह पनि राखीको पर्याप्त व्यापार नभएकामा दुखी हुनुहुन्छ । “पहिला जस्तो राखी किन्ने मान्छेको उत्साह खासै देखिएको छैन”, उहाँले भन्नुभयो, “आज दिनभर र भोलि अपराह्न २ बजेसम्मको अवधिमा राखी बिक्री हुने आशा गरेका छौँ ।” वीरगंज आसपासको बजारमा अहिले रु पाँचदेखि रु दुई सय ५० मूल्य पर्ने राखी बजारमा उपलब्ध रहेका छन् । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि