Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

दाजुको पर्खाइमा चितवनमा अनिल, पत्र बुझ्न काठमाडौँ हिँडेका अरविन्द त्रिशुलीमै अस्ताए !

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १, २०८१
दाजुको पर्खाइमा चितवनमा अनिल, पत्र बुझ्न काठमाडौँ हिँडेका अरविन्द त्रिशुलीमै अस्ताए !

वीरगंज (पर्सा), १ साउन । असार २८ गते बिहान फोन गर्दा अरबिन्दको दुवै (एलसेन र एनटीसी) नम्बरमा सम्पर्क हुन सकेन । परिवारले ठान्यो— मोबाइलमा चार्ज सकियो कि ? असार २७ गते साँझ, भाइ अनिलले दाजु अरबिन्द पण्डितलाई वीरगन्जबाट काठमाडौँका लागि बस चढाएका थिए । शिक्षण अस्पताल काठमाडौँबाट बीएससी नर्सिङ पूरा गरेका २२ वर्षीय अरबिन्द सेवा अवधिका लागि पत्र बुझ्न काठमाडौँ जाँदै थिए । काठमाडौँ पुगेर फोन गर्ने वाचासहित उनी बस चढेका थिए ।

देशभरजसो वर्षा सुरु भइसकेको थियो । बाढी-पहिरोको समाचार पनि फाट्टफुट्ट आउन थालेका थिए । उज्यालो भएसँगै वीरगन्जबाट भाइ अनिलले अरबिन्दलाई पटक-पटक फोन गरे । बिहान घर्कनै लाग्दा पनि फोन लागेन । अन्ततः अनिलले दाइका साथी विशाल केशरीलाई फोन गरे । विशाल अरबिन्दका क्लासमेट मात्रै होइनन्, होस्टलमा रुममेट समेत हुन् । विशालबाट जवाफ आयो, अरबिन्द काठमाडौँ आइपुगेका छैनन् । अनि अनिललाई शङ्का भयो, किनभने उनले दुईवटा बस पहिरोमा परेको खबर पाइसकेका थिए ।

उनले काठमाडौँको बसपार्कमा चिनेका व्यक्तिलाई फोन गरेर बुझे । स्पष्ट भयो— अरबिन्द चढेको बस (एन्जल डिलक्स, बस नं. १५१६) नै दुर्घटनामा परेको रहेछ । दाजु चढेको गाडी नम्बर र दुर्घटना भएको बसको नम्बर मिलेपछि उनी आत्तिए । ‘दुर्घटनाबारे थाहा भएपछि घर-परिवारमा रुवाबासी चल्यो । जसोतसो माहोल सामान्य बनाएर परिवारका सबै सदस्य चितवन आयौँ । चितवन आइपुग्दा प्रहरीले खोजीकार्य सुरु गरिसकेको थियो,’ सोमबार भरतपुर अस्पताल परिसरमा भेटिएका अनिलले भने, ‘तर आजसम्म दाइको अत्तोपत्तो छैन ।’

खोजीकार्य भइरहँदा परिवारका सदस्य सबै एक दिन चितवन बसे । भोलिपल्ट भने अनिल, अनिलका अङ्कल र अनिलका भिनाजुबाहेक अरु वीरगन्ज फर्किए । चार दिनदेखि अनिल दाजुको खोजीमा चितवनमा छन् । कहिले दुर्घटनास्थल, कहिले त्रिशूलीदेखि नारायणी नदी क्षेत्रको यात्रा त कहिले भरतपुर अस्पताल क्षेत्रमा दाजुको खोजीमा भौँतारिनु उनको दिनचर्या बनेको छ । दाजुको खोजीमा ओहोरदोहोर गर्दा उनका आँखा नदी किनारतिरै दौडिएका हुन्छन् । उनलाई कता-कता झिनो आशा छ— कतै दाइ बेहोस् परेका छन् कि ? यत्तिका दिनसम्म बेहोस् ! फेरि उनी शङ्का गर्छन् ।

असार २८ गते राति ३ः३० बजे चितवनको भरतपुर महानगरपालिका- २९ स्थित सिमलतालमा लेदो सहितको पहिरो खस्यो । पहिरोले बगाएर वीरगन्जबाट काठमाडौँतर्फ गइरहेको १५१६ नम्बरको एन्जल डिलक्स बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको ‘गणपति डिलक्स बस’ त्रिशूलीमा परे । यस दुर्घटनामा तीन जना सकुसल छन् भने ६२ जना बेपत्ता रहेको प्रारम्भिक खबर थियो । अनिलले अस्पतालमा आएका शवलाई नियालेर हेर्छन् । दाजुकै आकार-प्रकारको शव देख्दा उनको मन चिसो हुन्छ । ‘भेटिएका शवहरू पनि गल्न थालिसके,’ उनी निराश हुन्छन्, ‘तैपनि कतै बेहोस अवस्थामा हुन सक्छन् भनेर घर-परिवारलाई सम्झाउने गरेको छु ।’

वीरगन्जको स्थानीय विद्यालयबाट माध्यमिक तहको अध्ययन पूरा गरी अरबिन्द बीएससी नर्सिङ पढ्न काठमाडौँ बस्दै आएका थिए । चारवर्षे कोर्स सकेलगत्तै उनी परिवार भेट्न वीरगन्ज पुगे । छात्रवृत्ति कोटामा अध्ययन गरेकाले नेपाल सरकारले खटाएको स्थानमा उनले सेवा गर्नुपर्थ्यो । सेवाको पत्र बुझ्न काठमाडौँ आएका अरबिन्द अहिलेसम्म बेपत्ता छन् । अनिल अवरुद्ध गलासहित भन्छन्, ‘दाइले ग्रामीण भेगमा गएर नागरिकको सेवा गर्ने कुरा गर्नुहुन्थ्यो ।’

उद्धार तथा खोजीकार्यदेखि उनी सन्तुष्ट छैनन् । यति ठुलो दुर्घटना हुँदा पनि राज्यले खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नसकेको उनको भनाइ छ । ‘५०/६० जना नागरिक दुर्घटनामा परेका छन् । नेताहरू सरकार बनाउने र मन्त्री खानेमा व्यस्त छन्,’ उनी आक्रोश व्यक्त गर्छन्, ‘नागरिकप्रति नेताहरूको कुनै संवेदना छैन । नागरिकहरूको विषयमा सरकारले सोच्दैन । दुर्घटनामा परेका परिवारलाई राज्यले आर्थिक सहायता प्रदान गर्नुपर्ने हो तर बेपत्ताको खोजी कार्य नै सरकारले गर्न सकेको छैन ।’ साभार ः रातोपाटी

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

ट्युसनका नाममा शुल्क असुली प्रकरणः विपक्षीहरुको नाममा कारण देखाउ आदेश

जेष्ठ २९, २०८३
भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

भन्सार छलीका स्याउ र ट्र्याक्टर पार्टपुर्जा बरामद, चारजना पक्राउ

जेष्ठ २९, २०८३
जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जिराभवानी पूर्ण साक्षर गाउँपालिका घोषित, अब गुणस्तरीय र प्रविधिमैत्री शिक्षामा जोड

जेष्ठ २९, २०८३
संरक्षणको अभावमा जीर्ण र जर्जर बन्दै नारायणी रंगशाला, सरकार विदेशी अनुदानको बाटो कुर्दै !

नारायणी रंगशाला र कभर्डहल स्तरोन्नतिका लागि साढे १२ करोड बजेट, फ्लडलाइटलाई थप ३ करोड

जेष्ठ २९, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि