Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रतिपक्ष बिनाको सरकारलाई लोकतान्त्रिक सरकार भन्न मिल्दैन : सरोकारवालाहरु

वीरगंज टाइम्स
वीरगंज टाइम्स
असार १९, २०८१
प्रतिपक्ष बिनाको सरकारलाई लोकतान्त्रिक सरकार भन्न मिल्दैन : सरोकारवालाहरु

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १९ असार । प्रतिपक्ष बिनाको सरकारलाई लोकतान्त्रिक सरकार भन्न नमिल्ने सरोकारवालाहरुले बताएका छन् । वीरगंजमा आयोजित नेपाली काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालासँग समसाामयिक विषयमा अन्तरक्रिया कार्यक्रमलाई बोल्दै सरोकारवालाहरुले मुलुकमा दुई दल मिलेर बनाउन लागेको सरकारलाई लोकतान्त्रिक सरकार भन्न नमिल्ने बताएका हुन् ।

कार्यक्रममा बोल्दै न्यूज २४ टेलिभिजनका केन्द्रिय व्यूरो प्रमुख राजु श्रेष्ठले दुई ठूला दल मिलेर बनेको सरकार कतिको लोकतान्त्रिक हुन्छ ? र प्रतिपक्ष बिनाको सरकारलाई लोकतान्त्रिक सरकार भन्न मिल्छ कि मिल्दैन ? भन्दै यो सरकार निर्माण गर्नुको प्रमुख कारण समानुपातिक, प्रदेश खारेज लगायतको विषयहरु कतिको सम्भव छ ? भन्ने विषयहरु उठान गरेका थिए ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले मुलुकको अर्थतन्त्रमा सुधार ल्याउन आवश्यक रहेको बताएका थिए । उनले मुलुकमा अर्थतन्त्रको अवस्था नाजुक अवस्था छ, चालु खर्च धान्न सक्ने राजस्व छैन, मधेश प्रदेश बोर्डर साइडमा औपचारिक व्यापार कारोबार छैन यसलाई सुधार गर्नुपर्ने बताए । राजनीति अस्थिरता, भ्रष्टाचार एवं सुशासन कायम नभएको कारण देशको अर्थतन्त्र विग्रेको भन्दै यसलाई तत्काल सुधार्नुपर्ने विचार व्यक्त गरे ।

यसैगरि महिला नेतृ शुष्मा दिवेदीले नेपालको जनसंख्या मध्ये ५० प्रतिशत भन्दा बढि महिलाको संख्या रहेकोमा राजनीति पार्टीमा महिलाको उपस्थिति सन्तोषजनक नरहेको बताइन् । समानताको कुरा गर्ने राजनीति दल नै महिलामाथि विभेद गर्ने गरेको उनको कथन थियो । समाजमा शिक्षा, स्वास्थ्यमा असाध्यै नाजुक अवस्था छ, नारायणी अस्पतालको अवस्था पनि नाजुक छ, सेवा भन्दा पनि राजनीति बढि रहेकोले त्यसलाई सुधार्न आवश्यक रहेको उनको भनाई थियो ।

यसरी नै अर्का महिला नेतृ रम्भा मिश्राले महिलालाई काम गर्ने बातावारण बन्न नसकेको बताइन् । राजनीतिक दलले पनि महिलामाथि विभेद गरेको उनको भनाई थियो । काम गर्ने बेलामा महिला अगाडि आउने तर अवसर पाउँदा महिलालाई पछाडि पार्ने परिपाटीको अन्त्य हुनुपर्ने बताइन् । कार्यक्रममा सहभागी नेपाली काँग्रेसका नेता रोशन लामिछानेले हामी आफै सुध्रिनुपर्ने बताएका छन् । पार्टी कमजोर हुनुमा आफै दोषी रहेकोले सबैभन्दा पहिलो हामी आफै सुध्रिनुपर्ने बताए ।

यसैगरि प्राध्यापक डा. दीपक शाक्यले वीरगंजलाई आर्थिक राजधानी भनि रहँदा राज्यले वीरगंजसँग विभेद गरेको बताए । उनले प्रचण्डको नाममा भरतपुरको मुहार फेरिएको छ, शेर बहादुर देउवाको नाममा पश्चिमको ठाउँ फेरिएको छ, हामी वीरगंजबासी टुहुरो जस्तो भएका छौं हरेक क्षेत्रमा वीरगंजबासीलाई अपेक्षित गरिएको उनको भनाई थियो । महानगरपालिकामध्ये सबैभन्दा कम बजेट वीरगंजको छ, त्यसमा पनि रंगशाला, हस्पिटल, कोरिडोरको कुराहरु बजेटमा सम्बोधन भएन् भन्दै डा. शाक्यले रोजगारीको नाममा विदेशीले युवाहरु सीप एवं पैसा लिएर देशमा लगानी गर्न खोज्दा भ्रष्ट नीतिको कारण पुनः विदेश फर्किन बाध्य छन्, त्यो समस्यालाई अन्त्य गरि सरल तरिकाले लगानी गर्नुपर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।

त्यसैगरि वीरगंज उद्योग वाणिज्य संघका मनोज उपाध्यायले पछिल्लो समय नेपाली राजनीतिमा तीनवटा विषयले प्राथमिकता पाएको बताए । उनले नव धनाड्यहरुको पार्टीमा बढ्दो हस्तक्षेप, बढ्दो दलगत भागवण्डा र बढ्दो भ्रष्टाचारमा राष्ट्रिय राजनीति सहमति लगायत विषयमा नेपाली काँग्रेस अछुतो नरहेको बताए । कार्यक्रममा सहभागी अन्य सरोकारवालाहरुले नेपालमा भ्रष्टाचारको मुख्य कारण निर्वाचन बताए । पैसा खर्च गरेर चुनाव लड्ने, जितेर मन्त्री बनेर देशलाई लुट्ने परिपाटीलाई अन्त्य गर्नुपर्ने उनीहरुको सुझाव थियो ।

वीरगंज महानगरपालिका नामले मात्रै महानगरपालिका भयो, संरचना हिसाबले उपमहानगर जतिको पनि संरचना नरहेको बताए । जिउमा कट्टु छैन, टाउकोमा टोपी हिसाबको हाम्रो क्षेत्रमा विकास भएको छ, त्यसलाई सरकारले रोक्नुपर्छ । सडक छैन, तर रंगरोगन सहितको गेट बनाइएको छ, त्यस कार्यलाई कहिलेसम्म बढावा दिने ? त्यसलाई तत्काल रोक्नुपर्ने बताए ।

कार्यक्रममा उठेका जिज्ञासाहरुलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका नेपाली काँग्रेसका बरिष्ठ नेता डा. शेखर कोइरालाले संविधानमा केही कुराहरु सुधारको आवश्यकता रहेको बताए । उनले प्रदेश खारेज नहुनुपर्ने स्पष्ट पार्दै महिला सहभागिताको विषयमा ३३ प्रतिशत महिला प्रतिस्पर्धा गराउनुपर्ने बताए । उनले धाराबाट धारा, उपधाराबाट सरकार बन्ने हो भने संविधान किन चाहियो भन्दै संविधानमा भएका केही कुराहरुलाई सम्बोधन गर्नुपर्ने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

‘बालअधिकारमा संवेदनशील पत्रकारिता आवश्यकः असारभित्र वीरगंज साक्षर पालिका घोषणा गरिने’

जेष्ठ २७, २०८३
सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

सरकारी विज्ञापन नीतिविरुद्ध पर्सामा पत्रकारको धर्ना, प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप नगर्न चेतावनी

जेष्ठ २७, २०८३
खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

खेलकुद र संगीत क्षेत्रमा योगदान पुर्‍याउने अशोक प्रधान सम्मानित

जेष्ठ २६, २०८३
विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

विद्यार्थी नेतृत्व चयनका लागि निर्वाचन, लोकतान्त्रिक अभ्यासमा जोड

जेष्ठ २६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि