Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जसपा नेपाल पर्सा जसपा उम्मेदवार अशोक टेमानी रास्वपा पर्सा जसपा नेपाल
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

प्रशासन आफ्नो नभएसम्म सुशासन सम्भव छैन, संघीयता रहँदैन भन्ने कल्पना नगरे हुन्छ : मुख्यमन्त्री

कर्मचारी एवं प्रहरी प्रशासन समायोजन भएपछि मधेश प्रदेशमा भ्रष्टाचार एवं अपराधिक घटनाहरु नहुने मुख्यमन्त्रीको भनाई

वीरगंज टाइम्स
वीरगंज टाइम्स
फाल्गुन १८, २०८०
प्रशासन आफ्नो नभएसम्म सुशासन सम्भव छैन, संघीयता रहँदैन भन्ने कल्पना नगरे हुन्छ : मुख्यमन्त्री

• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १८ फागुन । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रशासन आफ्नो नभएसम्म सुशासन सम्भव नरहेको बताएका छन् । ‘प्रदेशसँग जनताका आशा अपेक्षा, सोझो प्रश्नको प्रष्ट जवाफ खोज्दै’ नारा सहित न्यूज २४ टेलिभिजनले वीरगंजमा आयोजना गरेको ‘सिधा कुरा मुख्यमन्त्रीसँग’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री यादवले सुशासनको लागि प्रशासन आफ्नो हुनुपर्ने हो, जुन नभएको कारण सुशासन कायम गर्न समस्या भएको बताए ।

कार्यक्रममा उठेका जिज्ञासाहरुको जवाफ दिदै उनले संघ सरकारको कार्यालयमा दिनदहाडै लुटतन्त्र छ, त्यसमा बोल्ने कोही छैन, संघबाट आएको कर्मचारी कमाएर पुनः संघमा जाने भएको कारण भ्रष्टाचार व्याप्त रहेको बताए । संघ सरकारले कर्मचारी एवं प्रहरी प्रशासन समायोजन गरेपछि मधेश प्रदेशमा एक रुपैयाँ भ्रष्टाचार नहुने एवं एउटापनि अपराधका घटनाहरु नहुने प्रतिबद्धता व्यक्त गरे । उनले संघ सरकारको मातहतमा रहेका कर्मचारीहरुले प्रदेश सरकारलाई नटेरेको कारण सुशासन कायम गर्नेदेखि भ्रष्टाचार नियन्त्रण एवं अपराध न्यूनीकरणमा समस्या भइरहेको उनको भनाई छ ।

मुख्यमन्त्री यादवले संघीयता चाहिँदैन भन्नेहरुले संघीयता कसैले दानमा नदिएको बुझ्नुपर्ने बताए । उनले भने ‘संघीयताको आवश्यकता छैन भनेर केही हुनेवाला छैन । संघीयता कसैले दानमा दिएको होइन, संघीयता हामीले लडेर प्राप्त गरेका छौं, संघीयता देशबाट जान्छ भन्ने कल्पना नगरे हुन्छ ।’ संघीयता ल्याउनका लागि मधेशका हजारौं सपुतहरु सहिद भएका त्यो, त्यो बलिदानीलाई कदर गर्दै संघीयताबाट प्राप्त अधिकारलाई पूणर् रुपमा कार्यान्वयन गराउन प्रदेश सरकार अहिलेपनि संघर्ष गरि रहेको बताए ।

विकास निर्माण सम्बन्धी प्रसंगमा बोल्दै मुख्यमन्त्री यादवले यो भन्दा अगाडिको प्रदेश सरकारको अधुरो योजनाहरुलाई वर्तमान सरकारले चाँडै पुनः सुचारु हुने विश्वास व्यक्त गरे । कुनै ठाउँमा मुद्दा परेर अथवा जनताले अवरोध गरेको कारण शुरु नभएको होला तर त्यस बाहेक अन्य योजनाहरुको काम शुरु पनि भइसकेको बताए । पोखरी सौन्दर्यीकरणको नाममा अलपत्र रहेका पोखरीहरुलाई पुनः सौन्दर्यीकरण गर्नको लागि गृहकार्य भइरहेको बताए ।

कार्यक्रममा अर्थविद् एवं विश्लेषक विनोद गुप्ताले प्रदेशलाई दिनुपर्ने अधिकार केन्द्र सरकारले नदिएको बताए । कर्मचारीतन्त्रको सहयोग नरहेको भन्दै मुख्यमन्त्रीले आफ्नो स्थानबाट समस्यालाई पहिचान गरि समाधान गर्न चाहे असम्भव नरहेको उनको भनाई छ । समय सापेक्ष विकास भएन भने मधेश विकास हुँदैन, नचाहेको अधिकारको लागि लड्नु स्वभाविक हो, तर पाएको अधिकारलाई पनि कार्यान्वयन गर्न प्रदेश सरकारको दायित्व रहेको बताए ।

कार्यक्रममा वीरगंज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष हरि गौतमले प्रदेश सरकारले औचित्य स्थापना गर्न विल्कुलै काम नगरेको आरोप लगाए । सघ सरकारलाई मात्रै गाली गर्नुभन्दा पनि आफ्नो अधिकारक्षेत्रभित्रको काम पनि प्रदेश सरकारले गर्न नसकेको उनको भनाई छ । उनले प्रदेश सरकारले हालसम्म प्रदेशमा सुशासन कायम गर्न नसकेको बताए । प्रदेश सरकारको मातहतमा रहेको योजना विक्री हुने, कर्मचारी सरुवामा घुस लिने जस्ता कामले गर्दा पनि हालसम्म कुनै योजना पुरा हुन नसकेको उनको भनाई छ । यसको साथसाथै मधेश प्रदेशमा राजनीतिक अस्थिरता पनि कायमै रहेको बताए ।

त्यस्तै कार्यक्रममा वातावरण प्रेमी एवं प्रकृत्ति सेवा प्रतिष्ठानका अध्यक्ष जसपाल सिंहले चुरे विनाश, खोलाको अवैध उत्खनन्, अव्यवस्थित औद्योगिकरण निर्माण, वन फडानी, तस्करी कायमै रहेको बताए । वातावरण प्रदूषण, ध्वनी प्रदूषणले जनता आक्रान्त बनिसकेको भन्दै अध्यक्ष सिंहले वीरगंजको धार्मिक तथा पवित्र सिर्सिया नदी पनि प्रदूषणमुक्त हुन नसकेको बताए । उनले भने ‘प्रकृत्ति र वातावरण नै स्वास्थ्य रहेन भने हामी कसरी स्वस्थ्य हुन्छौं, कहिलेपनि पानीको अभाव नझेलेको वीरगंजले यस पटक पानी अभाव पनि झेलिसक्यो, वातावरण नै रहेन भने हामी, हाम्रो सन्तती कसरी रहन्छ ? हाम्रा सन्ततीहरु हामीसँग जवाफ मागि रहेका छन्’ । यसतर्फ प्रदेश सरकार गम्भिर हुनुपर्ने बताए ।

कार्यक्रममा डा. दिपेन्द्र चौधरीले युवाहरु विदेश पलायन भएपछि देश कसरी चल्ने ? उद्योग स्थापना गर्नको लागि आईईको सिफारिस लगायत सरकारी कामको लागि घुस दिनुपर्ने बाध्यताको अन्त्य हुनुपर्ने बताए । यसैगरि अन्य वक्ताहरुले शिक्षा एवं स्वास्थ्य क्षेत्रमा जडा गाडेको समस्यालाई प्रदेश सरकारले अन्त्य गर्न विशेष पहल गर्नुपर्ने बताएका छन् । प्रदेश सरकारले सामुदायिक विद्यालयका छोरीहरुलाई मात्रै साइकल वितरण गरेर सँस्थागत विद्यालयमा पढ्ने छोरीहरुसँग भेदभाव गरेको भन्दै हाम्रा सन्तती, छोरी एवं युवाहरुको शिक्षा, स्वास्थ्य एवं रोजगारीको लागि विशेष पहल गर्नुपर्ने बताएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

पर्सामा जसपा कमजोरः लालबाबुको पैत्रिक गाउँमा ‘छाता’लाई १३ मत

फाल्गुन २७, २०८२
शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

शिवम एग्रो इन्डस्ट्रीजबाट ६० बोरा बढी चामल चोरी, दुई कर्मचारी पक्राउ

फाल्गुन २७, २०८२
पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले निर्वाचन खर्च विवरण बुझाए

फाल्गुन २७, २०८२
प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

प्लास्टिक फोहोर प्रशोधन प्लान्ट अन्तिम चरणमा : दैनिक २० मेट्रिकटन प्रशोधन गर्ने क्षमता

फाल्गुन २७, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि