Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिचाई विकास डिभिजन कार्यालयको गोरखधन्दा, योजनाको शिर्षक नै परिवर्तन गरी १५ लाख झ्वाम्

वीरगंज टाइम्स
वीरगंज टाइम्स
माघ २३, २०८०
सिचाई विकास डिभिजन कार्यालयको गोरखधन्दा, योजनाको शिर्षक नै परिवर्तन गरी १५ लाख झ्वाम्

वीरगंज (पर्सा), २३ माघ । जलश्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय पर्साले योजनाको शिर्षक नै परिवर्तन गरी कार्य सम्पादन गरी १५ लाख रुपैया झ्वाम् पारेको छ । प्रदेश सरकारबाट स्विकृत वीरगंज महानगरपालिकाको बेल्वा कुहडी भेडहा नदी नियन्त्रण कार्याक्रम रहेकोमा सो डिभिजन प्रमुख, योजना प्रमुख एवं वडा नं. २० को वडा कार्यालयको मिलोमतोमा ठाउँ नै परिवर्तन गरी कार्य सम्पदान गरेको देखिएको छ ।

बेल्वा कुहडी अर्कै वडामा पर्ने भएपनि कर्यालयले वडा कार्यालयलाई योजना संचालन गर्नको लागि उपभोक्ता समिति गठनको लागि पत्रचार गरेको तथा वडा नं. २० को हरपतगंजमा कार्यक्रम संचालन गरेको पाइएको छ । वडा २० को वडा कार्यालयले पनि स्थानियहरुलाई जानकारी नै नदिई वडा अध्यक्षको आसेपासेलाई राखेर अपौनी भेडहा नदी नियन्त्रण उपभोक्ता समिति वीरगंज २० हरपगंज पर्सा गठन गरी प्रदेश कार्यालयको मातहत रहेको जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालयमा पेस गरी कार्यक्रम संचालन गरेको देखिन्छ ।

स्रोतको अनुसार उपभोक्ता समितिले भुक्तानी माग गर्नु अगावै भुक्तानी गरिएको तथा पछि मात्र कागाजहरु मिलान गरिएको छ । उपभोक्ता समितिका अध्यक्ष रंजन कुमार साह तेली एवं सिचाई विकास डिभिजन कार्यालयको कर्मचारीहरुकै मिलोमतोमा यो भ्रष्टाचार प्रकरणलाई अन्जाम दिइएको स्रोतको दावी छ । उपभोक्ता समिति गठन वडा नं. २० का वडा अध्यक्ष रामकिशोर सिंहकै रोहवरोहमा गठन गरिएको छ ।

जाल ढुङ्गाले तटबन्ध गरिएको सो स्थानको निरिक्षण गर्दा काम कमसल गरिएको एवं सो ठाउँमा तटवन्धको कुनै तुक नरहेको समेत देखिएको छ । यो सम्पूर्ण प्रकरणको वारेमा सिचाई डिभिजन कार्यालय वीरगंजका प्रमुख श्यामकिशोर साफीसँग बुझदा सबै प्रक्रिया पुरा गरेर कार्य सम्पदान गरिएको दावी गरे । तर कार्यालयका योजना प्रमुख राकेश साहले उपभोक्ता समिति गठन गर्दा बेल्वा कुहडी लेख्नु पर्नेमा हल्का त्रुटी भएको बताए । तर उनले कार्य सम्पन्न भएको ठाउँलाई कुहडी नै भन्ने गरिएको दावी गरे ।

कार्य सम्पदानपछि उपभोक्ता समितिले पुस २० गते भुक्तानी माग गरेकोमा कार्यालयले योजना सम्पन्न भएको स्थानको निरिक्षण मुल्याङ्क गरी माघ २ गते गते भुक्तानी समेत गरि सकेको छ । बेल्वा कुहडीको योजना कर्मचारी र नेताहरुको मिलोमतोमा गुपचुप गरी अर्कै ठाउँमा कार्य सम्पादन गरेको थाह पाएपछि एक समुहले कार्यालय परिसरमै पुगेर हो हल्ला गर्नुको साथै कर्मचारीहरुलाई गाली ग्लौज समेत गरेको डिभिजन कार्यालयकै एक जना कर्मचारीले बताए ।

स्थानियहरुका अनुसार बेल्वा कुहडीको लागि आएको योजनालाई स्थान परिर्वतन गरी काम सम्पन्न गर्नको लागि ठूलो आर्थिक चलखेल भएको छ । घटना उजागर भएपछि कार्यालयका कर्मचारीहरु रातदिन गरी कागजातहरु मिलान गरी रहेको तथा फसने डरले अनाव सनाब व्यानवाजी गरी रहेको छ ।

भेडहा नदि छेवमै रहेको वडा नं. २७ का वडा अध्यक्ष ह्दयनाराण कुर्मीले कुहडी टोल वडा नं. २० मा नरहेको वताए । योजना सम्पन्नको ठाउँमा भैसी चराउँदै गरेका एक जना स्थानियले नाम नबताउने सर्तमा साहुहरुको खेत–जग्गालाई बचाउँनको लागि जरुरी नै रहेको ठाउँमा तटबन्ध गरिएको बताए । यो घटनासँगै स्थानियहरुले अन्य योजनाहरुको पनि नाम स्थान परिर्वतन गरी कार्यालयले भ्रष्टाचार गरेको हुन सक्ने भन्दै सम्पूर्ण प्रकरणको छानविनको माग गरेका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि