Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रामलाई ससुरालीबाट चाँदीको तिर–धनुष कोसेली

वीरगंज टाइम्स
वीरगंज टाइम्स
पुस १९, २०८०
रामलाई ससुरालीबाट चाँदीको तिर–धनुष कोसेली

जनकपुर (धनुषा), १९ पुस । भारतको आयोध्यामा नवनिर्मित राम मन्दिरका लागि जनकपुरबाट बिहीबार करिव ११ हजार वटा कोसेली पठाइएको छ । जनवरी २२ तारिखमा प्राण प्रतिष्ठा गरिने राम मन्दिरका लागि जनकपुरबाट करिब ५ सय थरिका ११ हजार वटा कोसेली पठाइएको हो । सुनचाँदीको गरगहना, फलफुल, पान–मखान, कपडा, मिठाइका अनेक ब्यञ्जन, चाँदीकै थाल–बटुको, श्रृंगारका सामाग्री र फर्निचरलगायतका समान भारतको आयोध्या पठाइएको हो ।

कोसेलीमा चाँदीले बनाइएको तिर–धनुष आकर्षक छ । चाँदीकै खराउ र अन्य आभुषण पनि पठाइएको छ । दुई वटा ट्रकमा कोसेली लिएर जानकी मन्दिरका महन्थ रामतपेश्वर दास, उनका उत्तराधिकारी महन्थ रामरोशन दाससहित जनकपुरका करिव ५ सय भन्दा बढी मानिस बिहीबार आयोध्या प्रस्थान गरेका छन् ।

आयोध्याको राम मन्दिर ट्रष्टलाई शनिबार कोसेली हस्तान्तरण गरिने महन्थ दासले बताए । कोसेली बोकेर आयोध्या प्रस्थान गरेका जनकपुरबासीलाई भने मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, कांग्रेसका नेता बिमलेन्द्र निधि र जनकपुरधाम उप–महानगरका प्रमुख मनोज साहले बिदाई गरेका थिए ।

मुख्यमन्त्री यादवले हातमा कोसेली बोकेर जनकपुरको बिभिन्न भागको परिक्रमा गर्दै उनीहरुलाई बिदाई गरेका थिए । ‘माता सीताले ससुरालीमा नयाँ घर पाउनुभएको छ । हामी माइती पक्षका लागि यो सुखद खबर हो,’ मुख्यमन्त्री यादवले भने,‘त्यो नयाँ घरमा कुनै समानको अभाव नहोस् भनेर ससुराली जनकपुरबाट कोसेली पठाइएको छ ।’

आयोध्याको राम मन्दिरमा प्रतिमा बनाउन यसअघि नेपालको कालीगण्डकीबाट दुईवटा शिला पठाइएको थियो । कालीगण्डकीबाट झिकिएको दुईवटा भिमकाय शिला कांग्रेस नेता निधिको नेतृत्वमा गत माघ १९ गते आयोध्या पुर्‍याइएको थियो । कोसेली बिदाई कार्यक्रममा नेता निधिले त्रेतायुगदेखि नै जनकपुर र आयोध्याको सम्बन्ध रहेकाले राम मन्दिरको प्राणप्रतिष्ठामा यहाँबाट पठाइएको कोसेलीले कसिलो सम्बन्ध बनाउने बताए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

मनसुनमै खडेरीको संकेतः मधेशका किसान चिन्तित, सिँचाइ अभाव र कमजोर मनसुनले खेती संकटग्रस्त

जेष्ठ ३, २०८३
मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

मधेश सरकारलाई समर्थन गर्ने कि नगर्ने निर्णयमा जसपा नेपालभित्र मतभेद !

जेष्ठ ३, २०८३
संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

संगठन विस्तारमा रास्वपा सक्रिय, कालिकामाईका चार वडामा नयाँ नेतृत्व

जेष्ठ ३, २०८३
लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

लागूऔषध खैरो हिरोइनसहित दुई युवक पक्राउ

जेष्ठ ३, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि