Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

कलैयामा यातायात कार्यालयको स्थापना, संघीयता विना मधेशको विकास सम्भव छैन : मन्त्री सिंह

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २५, २०८०
कलैयामा यातायात कार्यालयको स्थापना, संघीयता विना मधेशको विकास सम्भव छैन : मन्त्री सिंह

• हरिशंकर शर्मा
कलैया (बारा), २५ मंसिर । मधेश प्रदेशका श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्री चन्दन सिंहले संघीयता विना मधेशको विकास सम्भव नरहेको बताएका छन् । बारा जिल्लाको सदरमुकाम कलैया उप-महानगरपालिका वडा नं. ३ गङ्गापुर स्थित संचालनमा आएको यातायात व्यवस्था कार्यालयको उद्घाटन गर्दै यातायात मन्त्री सिंहले संघीयता मधेश र मधेशीको विकासको लागि रहेको भन्दै संघीयताबाट नै युवा नेतृत्व शक्तिबाट मधेशको विकास र समृद्धि सम्भव रहेको बताए ।

समाजको विसंगति, विकृत्तिलाई समाप्त पार्दै विकासको गतिमा लैजानु राजनीतिको मुख्य उद्देश्य रहेको र यो संघीयता भएमात्रै यो सम्भव हुने भन्दै मन्त्री सिंहले संघीयताको विरोध गर्नेहरुले संघीयताको मुलमर्म बुझ्नु आवश्यक रहेको बताए । मधेश विकास भए देश समृद्ध हुने भएकोले कुनै पार्टीको सरकार भएपनि राम्रो काम गर्नेलाई सम्मान गर्नुपर्ने उनले सुझाव दिए । उनले प्रत्येक जिल्लामा यातायात कार्यालय स्थापना गर्ने सरकारको पूर्व योजना अनुसार नै बारा जिल्लाको सदरमुकाम कलैयामा यातायात कार्यालयको स्थापना गरिएको बताए । प्रदेशको ८ वटा जिल्लामध्ये ६ वटा जिल्लामा यातायात कार्यालय रहेकोमा कलैया र सर्लाहीमा पनि यो कार्यालय स्थापना बताए ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेको यातायात मन्त्री सिंहले वर्तमान अवस्थामा प्रत्येक नागरिकको घरमा कम्तिमा मोटरसाइकल पनि रहेकोमा राजस्व तिर्नु वीरगंज जानुपर्ने र बढि समय खर्चिनुपर्ने भएकाले यहाँ स्थित स्थापित कार्यालयबाट बारा जिल्लाबासीलाई लाभ हुने विश्वास व्यक्त गरे । कार्यालय संचालनसँगै केही दिनभित्र आधुनिक ट्रायल सेन्टर पनि संचालन गरिने बताए । उनले सरकारको योजना अनुसार नै यहाँ आधुनिक ट्रायल सेन्टर सहित कार्यालय संचालन गरिने बताए । यस कार्यमा मन्त्रालयदेखि जिल्लाबासीको पनि सहयोगको आवश्यक रहेको उनको भनाई छ । यातायात कार्यालय, मालपोत कार्यालयमा व्यापक भ्रष्टाचार भएको भनेर अफवाह फैलाउनु भन्दा पनि भ्रष्टाचार रोक्न आफ्नो दायित्व पनि सबैले निर्वाह गर्नुपर्ने भन्दै आफूबाट नै भ्रष्टाचारको शुरुवात हुने भएकोले भ्रष्टाचार रोक्न पहिला आफू नै सचेत हुनुपर्ने कुरामा जोड दिए ।

कार्यक्रममा बोल्दै कार्यालय प्रमुख महम्मद नवाज हुसेनले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ तथा नियमावली २०५४ को नीतिगत व्यवस्था बमोजिम मानिसको आवगमन र बस्तुहरुको ओसार पसारलाई सुरक्षित, भरपर्दो र सुलभ यातायात सेवा उपलब्ध गराउने उद्देश्यले यस कार्यालयको स्थापना गरिएको बताए । उनले यस कार्यालयको स्थापनासँगै यातायात सम्बन्धी सेवा प्राप्त गर्नको लागि बारा जिल्लाबासीलाई जिल्ला भन्दा बाहिर जाने समस्याको अन्त्य हुने विश्वास व्यक्त गर्दै यातायात सम्बन्धी सम्पूणर् सेवाहरु यसै कार्यालयबाट प्राप्त गर्न सकिने बताए ।

यस कार्यालयबाट सवारी चालक अनुमति पत्र दर्ता वितरण, नवीकरण, वर्ग थप, प्रतिलिपि, प्रमाणीकरण, र रि-ट्रायलका साथै सवारी साधनहरुको नयाँ दर्ता, यस कार्यालयमा दर्ता भएका सवारी साधनहरुको लगत कट्टा, विल बुक प्रतिलिपि प्रदान गर्ने, सवारी प्रदुषण जाच गर्ने, रुट पर्मिट प्रदान र नवीकरण, सवारी साधनहरुको सरुवा सहमति दर्ता, सरुवा सहमति पठाउने, सवारी साधनको नामसारी र हक हस्तान्तरण, कर/आयकर नवीकरण दस्तुर तथा जरिवाना संकलन जस्ता यातायात कार्यालयले प्रदान गर्ने सम्पूणर् सेवाहरु प्रदान गरिने कार्यालय प्रमुख हुसेनले जानकारी दिए । उनले कलैयामा यो कार्यालय स्थापना हुनु बारा जिल्लाको शासन विकास र सेवा प्रवाहको क्षेत्रमा एउटा महत्वपूणर् सफलता रहेको भन्दै जिल्लामा नयाँ सुविधा थप भएको बताए ।

कार्यक्रममा कलैया उप-महानगरपालिकाका प्रमुख बिनोद साहले ट्रायल सेन्टर निर्माणको लागि उप-महानगरले ३ बिगाहा देखि ६ बिगाहासम्म जग्गा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा, प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने, जसपाका मधेश प्रदेश अध्यक्ष रामबाबु यादव लगायत स्थानीयहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

कालोपत्रे सडक रातारात पुनः कालोपत्रे, रहस्यमय सडक निर्माणले उठायो बजेट दुरुपयोगको आशंका

असार १७, २०८३
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै निजी पम्पहरुको मनोमानीः जिल्ला प्रशासनद्वारा छडके अनुगमन

असार १७, २०८३
चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

चितवन राष्ट्रिय निकुञ्जमा बुधबारदेखि जङ्गल सफारी सेवा बन्द

असार १७, २०८३
ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

ज्यान मुद्दामा निलम्बित सांसद अभिराम शर्माको जन्मकैदको फैसला घटाएर ५ वर्ष कैद सजाय

असार १७, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि