Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका जिल्ला प्रहरी कार्यालय पर्सा जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

आयुर्वेद जुसप्रति स्थानीयको आकर्षण बढ्दो, दैनिक दुई हजारसम्म आम्दानी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर २०, २०८०
आयुर्वेद जुसप्रति स्थानीयको आकर्षण बढ्दो, दैनिक दुई हजारसम्म आम्दानी

वीरगंज (पर्सा), २० मंसिर । न ठूलो पुँजी, न त कुनै ठूलो व्यवसाय । तर पनि वीरगञ्ज महानगरपालिका रानीघाट निवासी रमेश साह सोनार राम्रो आम्दानी कमाई रहेका छन् । उनको कमाईको स्रोत कुनै जागिर वा अन्य व्यवसाय नभई आयुर्वेदिक जुस बनाएर बेच्ने पेशा हो । वीरगंज महानगरक्षेत्र आयुर्वेदिक जुसवालाका रूपमा परिचित ४८ वर्षीय सोनार यहाँस्थित घडिअर्वा पोखरीको डिलमा हरेक दिन बिहान आयुर्वेदिक जुस बनाएर बिक्री गरी राम्रो आम्दानी गर्दै आएका छन् । युट्युब च्यानलहरूबाट जैविक तरकारी र फलफूलबाट जुस बनाउने तरिका सिकेर उनी जैविक तरकारी, सागपात र जडीबुटी मिसाएर आफैँ तयार पारेको जुस बेचेरै आफ्नो ६ जनाको परिवार मात्रै पाल्दै आएका छन् ।

गरिबी र परिवारिक कारणले आफूले राम्ररी पढ्न नपाए पनि छोरा छोरीलाई राम्रो शिक्षा दिलाएर ठूलो मान्छे बनाउने सोच बनाई सकेका छन् उनी । विगत एक वर्षदेखि घडिअर्वा पोखरीको डिलमा आयुर्वेद ज्ुसको व्यवसायी गर्दै आएका उनले धेरै स्थानीयहरूको मन जित्न सफल भएका छन् । लौका, तीते करेला, गाजर, धनियाँ पात, पुदिनालगायत २५ प्रकार आयुर्वेदयुक्त तरकारी, सागपात र फलफूल मिसाएर तयारी गरिने आयुर्वेद जुसप्रति स्थानीयको आकर्षण बढ्दै गएको छ । त्यही जुस बेचेर उनले दैनिक एक हजार पाँच सयदेखि दुई हजार रुपैयाँसम्म कमाई गर्दै आएको उनी बताउँछन् । “एक कप जुसको २० रुपैयाँ लिन्छु, दिनमा ८० देखि एक सय कपसम्म जुस बिक्री भइहाल्छ छ”, उनले भने “सुरु सुरुमा कमै बिक्री हुन्थ्यो, अहिले ग्राहकहरू बढ्दै गएकाले राम्रै कमाई हुन्छ ।” स्वास्थ्यको दृष्टिकोणले समेत उपयुक्त मानिने आयुर्वेद जुसको माग बढ्दै गएको उनको कथन छ ।

थोरै लगानीबाट सुरु गरेको व्यवसायीबाट राम्रो आम्दानी भइरहेकाले कमाउनका लागि मजदुरी गर्न अन्यत्र जानुपर्ने उनको बाध्यता हटेको छ । “जुस बेचेर थोरै बचत गरेर राखेको छु,” उनी भन्छन् “अब वीरगंजको कुनै ठाउँमा सटर भाडामा लिएर अझै ठूलो जुस पसल खोल्ने तयारीमा छु ।” “मजदुरी गर्दा थुप्रै समस्या हुन्छ, अरूको अधीनमा बसेर काम गर्नुपर्दा मन खिन्न लाग्थ्यो”, उनले भने, “अहिले आफ्नो घुमफिरको व्यापार छ, स्वतन्त्र रूपमा जति मिहिनेत गर्छु त्यो हिसाबले आम्दानी हुन्छ अहिले ढुक्क छु ।” ‘थोरै कमाऊ तर देशमै बसेर मिहिनेत गरेर कमाऊ’ भन्ने सोच भएर आफू विदेश नगएर स्वदेशमै कम लगानीमा राम्रो आम्दानी गर्दैछु, यसबाट आफू र आफ्ना परिवारका सदस्यहरू सन्तुष्ट छ, उनको भनाइ छ ।

विदेशमा गएर कडा मिहिनेत पनि गर्नु, र दुःख पनि झेल्नुभन्दा परिवारका सदस्यहरूसँगै बसेर कमाउनुको मज्जा बेग्लै छ, त्यसमा पनि स्वदेशमै बसेर राम्रो आम्दानी हुन थालेपछि किन् विदेश जानु ? उनी प्रश्न गर्छन् । ग्यास्टिक, मधुमेह, उच्च रक्तचाप, मुटु, मिर्गौलालगायतल बिरामीहरूका लागि अत्यन्तै फाइदाजनक हुने भएकाले आफूले बनाउने आयुर्वेद जुसप्रति धेरैको आकर्षण बढेको उनको भनाइ छ । स्वास्थ्यको दृष्टिकोणले पनि उपयुक्त हुने भएकाले पछिल्लो समय धेरैको आकर्षण आयुर्वेद जुसप्रति बढेकाले उनको व्यापार फस्टाएको स्थानीय शङ्कर कानुको बुझाइ छ ।

वीरगंजका स्थानीय व्यापारी कृष्ण साह भन्छन् “सोनारले बाबा रामदेवको सिकाए जस्तै आयुर्वेदिक सामग्री हालेर बनाइने जुसले विहान घडिअर्वा पोखरीमा घुम्न आउनेको आकर्षण बढ्ेको त छ नै अन्य व्यक्तिहरूको पनि आकर्षण बढ्दै गएको छ ।” खान स्वादिष्ट र स्वास्थ्यको दृष्टिकोणले समेत राम्रो हुने भएकाले धेरैले उनकै जुस खानलाई मन पराउँने जनाइएको छ । केही वर्षयता विदेश जाने युवाहरूको लर्को नै लग्ने गरेका बेला उनले स्वदेशमै बसेर कम लगानी राम्रो आम्दानी गर्न सकिन्छ भने उदाहरणसमेत प्रस्तुत गरेका छन् । बढी पैसा कमाउने लोभमा विदेश पलायन हुने युवाले उनीबाट पाठ सिकेर स्वादेशमै कमाउने बाटो खोज्नु जरुरी रहेको नागरिक समाजका प्रदीप ठाकुरले बताए । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

स्मार्ट कार्ड लाइसेन्सको मौज्दात तथा वितरण सम्बन्धी सूचना जारी

बैशाख १६, २०८३
भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

भरत ताल आसपास क्षेत्रमा मानव कङ्काल भेटियो

बैशाख १६, २०८३
धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

धार्मिक पर्यटनको केन्द्र बन्दै पञ्चधुरा मन्दिर

बैशाख १६, २०८३
सरकारी निर्णयविरुद्ध पत्रकार महासंघको आन्दोलन, पहिलो चरणको दबाब अभियान

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन चर्किँदै

बैशाख १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि