Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले वीरगंज महानगरपालिका
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

राधादेवी मेमोरिय स्कुल अब संयुक्त रुपमा संचालन गरिने

वीरगंज टाइम्स
वीरगंज टाइम्स
मंसिर १८, २०८०
राधादेवी मेमोरिय स्कुल अब संयुक्त रुपमा संचालन गरिने

वीरगंज (पर्सा), १८ मंसिर । वीरगंज महानगरपालिकाकाे वडा नं. ६ आदर्शनगरमा रहेको राधादेवी मेमोरियल लायनेस स्कुल अबदेखि वीरगंज महानगरपालिका र लायन्स क्लबले संयुक्त रुपमा संचालन गर्ने भएको छ । विद्यालय संचालनका लागि विगत ४२ वर्ष अघि जग्गा दान गर्ने जग्गा दाता मुरलीधर शर्मालाई आइतबार एक कार्यक्रका बीच अभिनन्दन गर्दै उनको स्वर्गीय आमाको नामबाट स्थापना भएको स्कुल अबदेखि महानगर र लायन्स दुबैले संयुक्त रुपमा संचालन गर्ने सहमति भएको हो ।

विगतमा बेवारिसे अवस्थामा रहेको स्कुललाई पुनर्जीवन दिएर नयाँ ढंगबाट गुणस्तरीय पठन पाठनको व्यवस्था मिलाउने गरी संचालन गरिने महानगर प्रमुख राजेशमान सिंहले बताए । उनले विद्यालय संचालनका लागि करोडौँ मूल्यको जग्गा उपलब्ध गराउने शर्मा परिवारलाई आभार प्रकट गर्दै अहिलेको समयमा पनि व्यक्तिगत भन्दा सामाजिक हितका लागि दान गर्ने शर्मा समाजकै लागि उदाहरणीय व्यक्ति रहेको बताए ।

जग्गा दाता परिवार र लायन्सको सोच अनुरुप विद्यालयलाई गुणस्तरीय र सबैको पहुँचमा रहने गरी पठन पाठन गराउने व्यवस्था महानगरले गर्ने भन्दै उनले त्यसका लागि आवश्यक गृहकार्य गर्न शिक्षा महाशाखालाई निर्देशन समेत दिए । कार्यक्रममा वरिष्ठ उद्योगी अशोक वैद्यले बेवारिसे अवस्थामा रहेको विद्यालयलाई पुनर्जीवन दिन महानगरले थालेको कदम सह्रानीय रहेको बताए ।

विद्यालय संचालनका लागि मुरलीधर शर्माले २०३८ असार १५ गते ७ कट्ठा ५ धुर जग्गा विद्यालयको नाममा रजिष्टर्ड गरेरै दान दिएका थिए । मुरलीधर शर्मा र उनको धर्मपत्नी विमलादेवी शर्मालाई प्रशंसा पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको हो । विद्यालय संचालनका लागि दान गरेको जग्गामा गएको ४२ वर्षदेखि विद्यालय संचालन बेवारिसे रुपले भइरहेको भन्दै जग्गा दाता शर्माले असन्तोष व्यक्त गर्दै आएका थिए । अब भने महानगरले नै विद्यालय संचालन गर्ने जमर्को गरेकाले गुणस्तरीय र सबैको पहुँचमा रहने गरि विद्यालय संचालन हुनेमा आफू विश्वस्त रहेको पनि शर्माले बताए ।

लायन्स क्लब अफ वीरगंजका अध्यक्ष पप्पु श्रीवास्तवको सभापतित्वमा सम्पन्न कार्यक्रममा महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, वडा नम्वर ५ का वडाध्यक्ष प्रदीप चौरसिया, वडा नं. ६ का वडाध्यक्ष जयप्रकाश साह, लायन्स क्लब अफ वीरगंजका भुतपूर्व अध्यक्ष बलराम श्रेष्ठ, छेदुप लामा, विनित जयसवाल, ग्रिन सिटी सामुदायिकका अध्यक्ष जयप्रकाश खेतान लगायतको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

इनर्वा नाकाबाट खसी-बोका तस्करी भइरहेको आरोप

जेष्ठ १, २०८३
पर्सा-१ मा रास्वपाका हरि पन्तको फराकिलो जीत, प्रदीप यादव १४ हजार मतान्तरले पराजित

सडक विस्तारमा हतारो नगर्न पूर्वमन्त्री यादवको आग्रह

जेष्ठ १, २०८३
वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

वीरगंजका होटल र क्यान्टिनमा अनुगमन, तीन व्यवसायीलाई ७५ हजार जरिवाना

जेष्ठ १, २०८३
डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

डिजिटल माध्यमबाट उद्यम सशक्त बनाउन हेल्भेटास नेपालको पहल

जेष्ठ १, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि