Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

चाँडपर्वको बखत बजार अनुगमन झारो टार्ने मात्रै काम, उपभोक्ता ठगीको चपेटामा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १८, २०८०
चाँडपर्वको बखत बजार अनुगमन झारो टार्ने मात्रै काम, उपभोक्ता ठगीको चपेटामा

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), १८ कात्तिक । नेपालीहरुको महान चाँड दिपावली एवं छठ पर्व नजिकिँदै गर्दा वीरगंजमा बजार अनुगमनको नाममा झारा टार्ने काम मात्रै भएको पाइएको छ । विभिन्न जिल्लाहरुमा बजार अनुगमनले तिव्रता पाएसँगै पर्सामा भने बजार अनुगमन सुस्त देएिको हो । खासगरी चाडवाडको बेला उपभोक्ता ठगिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नियमनकारी निकाय चुस्तदुरुस्तका साथ बजार अनुगमन गनुपर्ने ठाउँमा झारो टार्ने काम मात्र गर्दै आएको छ ।

चाडपर्व सुरु भएदेखि नै उपभोक्ता हित संरक्षण समिति लगायतका नियमनकारी निकायले बजार अनुगमनलाई तिब्रता दिँदै आएको छ तर पर्सा जिल्लामा भने बजार अनुगमनको अभावका कारण उपभोक्ताहरु मारमा परेका छन् । खाद्य सामाग्रीमा भएको अचाक्ली मूल्यवृद्धिले पीडित भएका उपभोक्ताहरु ठगिन बाध्य छन् । चाडवाडको बेला खाद्य सामाग्री अत्यावश्यक हुने गर्दछ । व्यापारीहरुले यही मौका छोपी चर्को मूल्यमा खाद्य सामाग्री विक्री वितरण गर्ने गर्दछन् । पर्सामा अनुगमनको नाममा झारो टार्ने काम मात्र हुने गरेको हुँदा व्यापारीहरुलाई कालोबजारी गर्ने, म्याद गुज्रेका सामाग्री वितरण गर्ने सुनौलो अवसर नै पाएको छ ।

यहाँका अधिकांश पसलहरुमा खाद्य सामाग्रीको मूल्य टाँसेको पाइँदैन । भारतसँगको खुल्ला सिमा भएका कारण पारीबाटै अवैध तरिकाले कतिपय व्यापारी तथा पसलेहरुले सस्तो मूल्यमा खाद्य सामाग्री खरिद गरी यहाँ ल्याएर चर्को मूल्यमा विक्री गरिरहेका छन् । तर सम्बन्धित निकायको गैरजिम्मेवारीपन र मौनताले उपभोक्तहरु थप मारमा परेका हुन् । जिल्लाको सदरमुकाम वीरगंजमा भने बेलाबेलामा आकस्मिक अनुगमन गर्ने काम भइरहेको हुन्छ तर उपभोक्ताले महसुस हुने गरि अनुगमन हुन सकेको छैन ।

पालिकाको उप-प्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति बनाएर पसलहरु अनुगमन नभएको पनि होइन । वीरगंज महानगरपालकिामा स्थानीय सरकारले अनुगमन गररिहेको छ तर उनीहरुको अनुगमन होटल तथा रेष्टुरेण्टहरु र फाटफुट पसलहरुमा मात्रै सीमित रहेको हुँदा अनुगमन प्रभावकारी हुन नसकेको स्थानीयहरुको गुनासो छ । केहदिनि अघि मात्रै सकिएको दशैँ पर्वमा खासै अनुगमन हुन सकेन । अहिले तिहार तथा छठपर्व नजिकिँदै गर्दा अनुगमन गर्ने निकाय नै चुपचाप छ ।

यता वाणिज्य तथा आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका प्रमुखले बजार अनुगमनले तिब्रता पाएको दाबी गरेका छन् । उनले स्थानीय तहसँग समन्वय गरेर चाडवाड लक्षित अनुगमन गररिहेको बताएका छन् । उपभोक्ता संरक्षण कार्यालय पर्साका प्रमुखले बजार अननुगमनले तिब्रता पाएको दाबी गरेपनि जिल्ला प्रशासन कार्यालय पर्साले भने अनुगमन खासै प्रभावकारी हुन नसकेको स्वीकारेको छ । पर्साका प्रमुख जिल्ला अधकिारी हिरालाल रेग्मीले जिल्लाको १४ स्थानीय तहमा सोचे जस्तो अनुगमन हुन नसकको बताएका छन् । उनले जनशक्ति अभावका कारणले बजार अनुगमन प्रभावकारी नभएको बताएका हुन् ।

बजार अनुगमनलाई औपचारकितामा सीमित नराखी परिणाममुखी काम गर्न सकेमात्र यसले साथर्कता पाउनेछ । त्यसका लागि नियमनकारी निकायका साथै अन्य सरोकारवाला निकायहरु समेतको सक्रयिता आवश्यक छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजका मेयर राजेशमान सिंह प्रहरी नियन्त्रणमा, अनुसन्धानको लागि अदालतमा उपस्थित गराइयो

वीरगंजका मेयर राजेशमान सिंह प्रहरी नियन्त्रणमा, अनुसन्धानको लागि अदालतमा उपस्थित गराइयो

जेष्ठ १९, २०८३
रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि