Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सर्राफको हत्यामा संलग्न हतियारधारी समूह पटक पटक बारामा गोली मारी हत्या गरेको खुलासा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
कार्तिक १६, २०८०
सर्राफको हत्यामा संलग्न हतियारधारी समूह पटक पटक बारामा गोली मारी हत्या गरेको खुलासा

कलैया (बारा), १६ कात्तिक । बाराको सदरमुकाम कलैया बजारमा दिनदहाडै गोली हानी हत्या गरिएको घटनाका हातियारधारीहरु यो भन्दा अगाडि पनि बाराको विभिन्न ठाउँमा भएको गोली काण्डमा संलग्न रहेको पाइएको छ । गत सोमबार दिउँसै कलैया उपमहानगरपालिका – ६ मदरसा रोड स्थित बाल एकता इङ्लिस बोर्डिङ्ग स्कुलका संचालक एवं प्रधानाध्यापक गुड्डु भन्ने रुपेश सर्राफको गोली हानी हात्या गरिएको थियो । उक्त घटनाका सुटरहरु भारत बिहारको मोतिहारी जिल्लास्थित दर्पा थाना-१ सुक्लहिया गाउँका सुजित कुमार सिंह, सोही ठाउँ बस्ने चञ्चल पाण्डे, मनिष कुमार सहनी र कामेश्वर सहनी थिए तर तिनीहरुले यो भन्दा अघि पनि बारा जिल्लाको विभिन्न स्थानमा गोली हानी हत्या गरेको रहस्य खुलासा भएको हो ।

सुजित, चञ्चल, मनिष र कामेश्वरले नै एक महिना अघि असोज ९ गते बारा जिल्लाकै पचरौता नगरपालिका – ६ लक्ष्मनियास्थित पोखरी नजिकै भारतीय नागरिक अजित कुमार सिंहको गोली हानी हत्या गरेका थिए । सो हत्या काण्डको कारण पनि ‘प्रेम सम्बन्ध’ नै रहेको बारा प्रहरीले बताएको थियो । पक्राउ परेकी भारत मोतिहारी जिल्ला दर्पा थाना – १ सुक्लहिया बस्ने वर्ष २३ को सोनम सहनी सिंहले सुजीतसँगको प्रेम सम्बन्धका कारण उनीसँग मिलेर आफ्ना पती अजितको हत्या गर्न लगाएको प्रहरीले जनाएको थियो ।

यसैगरि त्यही हतियारधारी समूहले नै एक वर्ष अगाडि बारामै आएर भारतीय नागरिकको गोली हानी हत्या गरेको थियो । २०७९ पुस ८ गते महागढीमाई नगरपालिका-२ स्थित भुतही पुल स्थित भारतीय नागरिक ४४ वर्षीय शिवपुजन यादवलाई गोली हानी हत्या गरेको थियो । शिवपुजनसँगै मोटरसाइकलमा आएका सुजीतले गोली प्रहार गरी उनको हत्या गरेर फरार भएको थियो । त्यस्तै यिनीहरुकै समूहले सन् २०२२ मा भारतको मोतिहारी जिल्ला दार्पा थाना ग्राम पञ्चायत-१४ का उपप्रमुखको समेत हत्या गरेको थियो । यसपटक उनीहरुले सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहने जिल्लाको सदरमुकाम कलैयामै पुगेर दिनदहाडै गोली हानी हत्या गरेका हुन् ।

प्रहरीका अनुसार उनीहरू दुई वटा मोटरसाइकलमा हतियारसहित भारतबाट नेपाल प्रवेश गरेका थिए । रुपेशलाई गोली मारी पुनः भारत फिर्ता गएको बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिएका थिए । उनीहरु जिल्ला प्रहरी कार्यालय बारादेखि करिब १५० मिटरको दुरीमा रुपेशलाई गोली हानी हत्या गरेका हुन् । हतियारधारी समूहका जिडर सुजित हुन् भने बाँकी सहयोगी हुन् । प्रहरी उपरीक्षक काफ्लेले बुधबार जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरेका पाँच जना अभियुक्तमध्ये कलैया उपमहानगरपालिका – ६ मदर्शा टोल निवासी २२ वर्षीय राधा गुप्ता रुपेश हत्याको मुख्य योजनाकार भएको दाबी गरेका छन् । राधाले आफ्ना अर्का प्रेमी भारतीय नागरिक मनोज गुप्तासँग योजना बनाएर रुपेशको हत्या गर्न लगाएको प्रहरीको भनाई छ ।

प्रधानाध्यापक रुपेश सर्राफको हत्या काण्डमा संलग्न रहेकाहरुलाई बारा प्रहरीले सार्वजनिक गरेको दृष्य ।

यि सबै गोली काण्डमा संलग्न हतियारधारी समूहमध्ये एकजनालाई पनि बारा प्रहरीले हालसम्म पक्राउ गर्न सकेको छैन । उनीहरु हत्या गरेर भारतमा गएको प्रहरीको दाबी छ । तर पटक पटक बारा जिल्लाको सिमा क्षेत्रदेखि सदरमुकामसम्म पुगेर गोली हानी हत्या गरि भाग्न कसरी सफल भइरहेका छन् यो खोजविनको विषय हो । नेपाल भारत सिमानाकामा नेपाल प्रहरी र सश्स्त्र प्रहरीको बाक्लो उपस्थिति हुँदा समेत प्रहरीको मोस्ट वाण्टेड सूचीमा रहेका यि हतियारधारी समूहका सुटरहरु सहजै हतियारसहित नेपाल प्रवेश गरेर दिनदहाडै गोली हानी हत्या गर्नु र सहजै फरार हुनुले बारा प्रहरीको सुरक्षा व्यवस्थामाथि ठुलो चुनौति थपेको छ । प्रहरी उपरीक्षक काफ्ले बारा जिल्लाको कमाण्ड सम्हालेदेखि हालसम्म ५ जनाको गोली मारी हत्या भएको छ भने अपराधी सधैं भाग्न सफल भएकोले उनको कमाण्डले सुरक्षा व्यवस्थापनमा असफल भएको देखिन्छ ।

कडाई चेकजाँच गर्नुपर्ने ठाउँमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करी गराउने कार्यमा लिप्त भएपछि अपराधीहरु सहजै हतियार लिएर नेपाल प्रवेश गर्ने र हत्या गरेर पुनः सहज तरिकाले भारततर्फ भाग्ने गरेको स्थानीयहरुको भनाई छ । सिमा नाकामा चेकजाँच कडाई गर्नुपर्नेमा प्रहरीको मिलोमतोमा तस्करी हुने, तर जिल्ला प्रहरी कार्यालय अगाडिदेखि कलैया वीरगंज सडकखण्डको बीच बीचमा सवारी चेकजाँच गर्ने जस्ता कार्यले प्रहरीले आफ्नो कर्तव्य भन्दा पनि कमाउ धन्दामा लागेको कारण बारामा सुरक्षा चुनौति थपिएको जानकारहरुको भनाई छ ।

केही दिन अघि मात्रै प्रहरीले नियन्त्रणमा लिएको तस्करीको सामग्री प्रहरी चौकीबाटै लुटिको घटना पनि सार्वजनिक भएको थियो । जिल्ला प्रहरी कार्यालय बारामा प्रहरी उपरीक्षक काफ्लेले कमाण्ड सम्हालेदेखि नै बारामा गोली मारी हत्या गर्नेको संख्यामा वृद्धि हुनुको साथै चोरी, लुटपाट र तस्करी जस्ता घटनामा पनि वृद्धि भएको तथ्याङ्कले देखाउँछ । रुपेश हत्या काण्डमा पनि प्रहरीले हतियारधारी समूह (सुटरहरुलाई) पक्राउ गर्न असफल भएको छ । पत्रकार सम्मेलनमा हत्याको मुख्य योजनाकार र उनका सहयोगीहरुलाई सार्वजनिक गरिएपनि मुख्य अपराधीहरुभने अहिलेसम्म फरार छन् । यस घटनाको मुख्य अपराधी देखिएका ४ जना सुटरहरुमध्ये कोही पनि पक्राउ पर्न नसकेको कारण बाराबासीमा अहिलेपनि त्रास यथावत नै छ ।

मुख्य योजनाकार एवं सहयोगीहरुलाई सार्वजनिक गरेर यो घटनाको टुँगो लगाउन खोजेपनि सुटरहरु पक्राउ पर्न नसक्नुले कलैयामा सुरक्षा चुनौति अहिलेपनि कायमै रहेको छ । उनीहरु प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका अपराधीहरु हुन् । तिनीहरुमाथि प्रहरीले निगरानी पनि गरि रहेको छ तर ति अपराधीहरु पुनः सदरमुकामको मुख्य बजारमा गोली हानेर फरार हुनले कलैयाको सुरक्षा व्यवस्थामाथि अझ चुनौति थपिएको छ । सुटरहरु पक्राउ पर्न नसकेको कारण यस्ता घटना पुनः दोहोरिन नसक्ने भन्ने अवस्था नरहेको जानकारहरुको बुझाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

चैत्र ३०, २०८२
सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

चैत्र ३०, २०८२
विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

चैत्र ३०, २०८२
भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

चैत्र ३०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि