Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका जिल्ला प्रशासन कार्यालय नेशनल मेडिकल कलेज नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

वीरगंज भन्सार यात्रु शाखामा डिएसपीको ड्राइभर धर्मेन्द्र राउतको असुली धन्दा

कागजात नभएका भारतीय गाडीहरुबाट १० देखि २० हजार असुली भन्सार काटिदै

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज ३०, २०८०
वीरगंज भन्सार यात्रु शाखामा डिएसपीको ड्राइभर धर्मेन्द्र राउतको असुली धन्दा

वीरगंज (पर्सा), ३० असोज । वीरगंज भन्सार यात्रु शाखामा कागजात नभएका भारतीय गाडीहरुको पनि भन्सार काट्ने गरेको घटना बाहिरिएको छ । भन्सार स्थित सशस्त्र प्रहरी डिएसपी देबेन्द्र सिंहका ड्राइभर धर्मेन्द्र राउत र भन्सार अधिकृतको मिलोमतोमा १० देखि २० हजार रुपैयासम्म असुली गरि कागजात विनाको भारतीय गाडीको भन्सार गराउने गरेको पाइएको हो । एम.एच. ३० बि.एल. ३३६३, एम.एच. २७ बि.भि. ३३९९, डब्लु.बि.०६ यु.०१०० नम्बरको भारतीय गाडी कागजात विना भन्सार गराई नेपाल प्रवेश गरेको छ ।

भन्सार यात्रु शाखाका घुम्ने गरेका केही दलालहरुले सशस्त्र प्रहरी एवं भन्सार अधिकृतको मिलोमतोमा कागजात विनाकै गाडीहरुको पाँच गुणासम्म बढि रकम लिएर भन्सार कटाउने गरेका छन् । उल्लेखित नम्बरहरुको भारतीय गाडीको रक्सौलबाट नक्कली कागजात बनाई भन्सार अधिकृतलाई मिलाई १० देखि २० हजार रुपैयासम्म लिएर भन्सार कटाउने गरेका छन् । एम.एच. नम्बरको दुईवटा गाडीको पाँच दिनको भन्सार कटाउन दलालले १६ हजार रुपैया लिएका थिए, जसमध्ये डिएसपीका ड्राइभर धर्मेन्द्र राउतले ३ हजार बुझेका थिए । यसैगरि डब्लु.बि. नम्बरको गाडीलाई १० दिनको भन्सार गराउन २० हजार रुपैया बुझेका थिए । यसबाट पनि डिएसपीका डाइभर धर्मेन्द्रले पनि पैसा बाँडेका थिए ।

एउटा भारतीय गाडीको ५ दिनको भन्सार गराउन ३ हजार रुपैया लाग्नुपर्ने ठाउँमा दलालहरुले ८ हजार रुपैया बुझेका छन् । यसैगरि अर्का वेस्ट बंगालको गाडीलाई १० दिनको भन्सार गराउन ६ हजार लाग्नुपर्नेमा कागज नभएकै कारण २० हजार रुपैया दलालले बुझेका छन् । यसरी भारतीय नम्बरको गाडीबाट भन्सार गराउने नाममा दलालहरुले हजारौ लुट्ने गरेका छन् भने ति दलालहरुबाट सशस्त्र प्रहरी र भन्सार अधिकृतले बाँडीचुँडी रकम लिने गरेको भन्सारकै एक कर्मचारीले जानकारी दिएका छन् ।

कागजात विना भन्सार काटेर नेपाल प्रवेश गरेको वेस्ट वंगालको थार गाडीलाई मकवानपुरको रातोमाटो स्थित ट्राफिक प्रहरीले समातेको थियो । तर भन्सारको कागज भएको कारण दुई तीन घण्टा रोकेर छाडिएको थियो । यसरी वीरगंज भन्सार यात्रु शाखाका अधिकृत र सशस्त्र प्रहरीको मिलोमतोमा कागजात विनाको भारतीय नम्बरको गाडीको भन्सार काटिने गरेको रहस्य बाहिरिएको थियो । यो त उदाहारण मात्रै हुन्, दिनहुँ यस्ता कागजात विनाको सयौं गाडीबाट दलालले १० देखि २० हजार रुपैया असुली भन्सार कटाउने गरेको बताइएको छ ।

विगत एक हप्तादेखि वीरगंज भन्सार कार्यालय यात्रु शाखाबाट कागजात विना गाडीहरु भन्सार भइरहेको भन्ने सूचना भन्सार प्रमुखलाई दिदाँ पनि कुनै किसिमको कारवाही गरेका छैनन् । यसबाट भन्सार प्रमुखको पनि मिलोमतो रहेको पुष्टि हुन्छ । दशैंको बखत तस्करसँग रकम असुली गर्न नपाएका सशस्त्र प्रहरी अब भन्सार गराउने गाडीहरुबाट असुली गरि रहेको हो । दलालहरुलाई संरक्षण गर्न र भन्सार गराउनमा सहज वातावरण बनाईदिन सशस्त्र प्रहरी डिएसपीका ड्राइभर धर्मेन्द्रले असुली गर्ने गरेका छन् । डिएसपीलाई पैसा दिनुपर्छ भनेर उक्त रकम असुल्ने गरेको भन्सारका एक दलालले बताएका छन् ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

लक्षित वर्गका विरामीहरुलाई सहुलियत दिन जिल्ला प्रशासन कार्यालयको निर्देशन

असार २३, २०८३
लागूऔषधसहित तीनजना पक्राउ

लागूऔषधसहित तीनजना पक्राउ

असार २३, २०८३
पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

पर्याप्त मनसुनी वर्षा नहुँदा धान रोपाइँ प्रभावित

असार २३, २०८३
ठोरीबाट भारतीय चारपांग्रे सवारीको प्रवेश पुनः खुल्यो, पर्यटन र व्यापारमा उत्साह

ठोरीबाट भारतीय चारपांग्रे सवारीको प्रवेश पुनः खुल्यो, पर्यटन र व्यापारमा उत्साह

असार २३, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि