Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिर्सिया नदी प्रदुषण गर्ने उद्योगलाई सीलबन्दी गरिने, प्रदुषण नियन्त्रण गर्न उद्योगीहरु तयार

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २९, २०८०
सिर्सिया नदी प्रदुषण गर्ने उद्योगलाई सीलबन्दी गरिने, प्रदुषण नियन्त्रण गर्न उद्योगीहरु तयार

वीरगंज (पर्सा), २९ असोज । तिहार तथा छठ पर्व अगाडी नै सिर्सिया नदी प्रदुषण नरोकिए सिलबन्दी गरेर उद्योगलाई कारबाही गरिने निर्णय भएको छ । वीरगंज महानगरपालिकामा सोमबार उद्योगी व्यवसायी, जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिबीच बसेको बैठकले उद्योगहरुबाट निस्कने रसायनयुक्त लेदो तथा फोहोर प्रशोधन गरेर मात्रै नदीमा पठाउनु पर्ने र त्यसो गरेको नपाए उद्योगहरु सील गरी नियम बमोजिम जरिबाना तिराउने निर्णय गरिएको हो ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नदी प्रदुषण नगरे उद्योगमा सिलबन्दी गरेर कारबाही गर्ने चेतावनी दिएपछि सिर्सिया नदीमा भइरहेको प्रदुषण नियन्त्रणका लागि आवश्यक काम गर्न उद्योगीहरु पनि तयार भएका छन् । यस अघि आजै बिहान महानगरपालिकाका मेयर सिंहको नेतृत्वमा सिर्सिया नदी प्रदुषणमा मुख्य भुमिका खेल्ने विभिन्न ६ वटा उद्योगहरुको अनुगमन भएको थियो ।

विगतमा बारम्बार अनुगमन हुँदा समेत उद्योगीहरुले नदी प्रदुषण गर्न नछाडे पछि आज मेयर सिंह आफै अनुगमनमा पुगेर प्रदुषण गराउने उद्योगका संचालकहरुलाई बोलाएर नदी प्रदुषण रोक्न निर्देशन दिनुभएको हो । बैठकले वीरगंज महानगरभित्र संचालित हरेक उद्योगले ६÷६ महिनामा स्व. अनुगमन मुल्यांकन प्रतिबेदन महानगरमा बुझाउनु पर्ने निर्णय पनि गरेको छ । यस्तै उद्योगीहरुले सिर्सिया नदीमा प्रदुषण गर्न नरोके वीरगंज महानगरपालिका र वातावरण संरक्षण ऐन २०७७ तथा वातावरण नियमावलीले तोके बमोजिमको कारबाही प्रकृया अघि बढाउने निर्णय भएको छ ।

बैठकमा मेयर सिंहले वीरगंजकै लाइफलाइनको रुपमा रहेको नदी प्रदुषण उद्योगीहरुले गरिरहेको भन्दै अब प्रदुषण गरेको भेटिए ठाउँको ठाउँ कारबाही गर्ने गरि संयन्त्र तयार पार्ने पनि बताउनुभयो । बैठकमा सिर्सिया नदी प्रदुषणमा मुख्य भुमिका खेलेका श्री सिद्धि टेक्सटायल्स, अरनिको प्रोसेसिङ, पाना पेपर्स, न्यू पशुपति इन्डस्ट्रिज, मरियम लेदर्स र ग्लोबल लेदर्सका संचालकले आफूहरु उद्योगबाट निस्कने फोहोर पानी प्रशोधन गरेर मात्रै नदीमा मिसाउन तयार रहेको बताए । महानगरले नदी प्रदुषण नियन्त्रणका लागि गरिरहेको काम सह्रानीय रहेको भन्दै उद्योगीहरुले आफूहरु पनि उद्योगमा पानी प्रशोधन केन्द्र राख्न र बोरिङबाट सफा पानी नदीमा हाल्ने व्यवस्था मिलाउन तयार रहेको बताए ।

बंठकमा अरनिको प्रोसेसिङ उद्योगका सोचन प्रसाद यादव, ग्लोबल लेदरका सरोज चौरसिया, सिद्धि टेक्सटायल्स र न्यु पशुपति इण्डस्टिजका अशोक मित्तल, मरियम लेदरका बालमुकुन्द चौधरी, पाना पेपर्स वकर्सका सुभाष पटेल लगायतको सहभागिता रहेको थियो । महानगरपालिकाले यस अघि ५ वटा उद्योगलाई नदी प्रदुषण गराउन प्रमुख भुमिका खेलेको भन्दै ३/३ लाख रुपैयाँ जरिबाना गरेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

एल.एस. न्युरो एण्ड जनरल अस्पतालमा ५७ जनाद्वारा रक्तदान, १७ महिला सहभागी

असार २०, २०८३
आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

आत्महत्या दुरुत्साहन मुद्दामा एकजना पक्राउ

असार १८, २०८३
जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

जगरनाथपुरका २८ सामुदायिक विद्यालयका प्रधानाध्यापकलाई ‘ई.एम.आई.एस.’ सम्बन्धी प्रशिक्षण

असार १८, २०८३
६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

६ महिनादेखि रोकिएको विपद् राहत वितरण पुनः सुरु, १५ परिवारले राहत पाउने

असार १८, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि