Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

एक महिना यतादेखि पर्सामा गम्भिर प्रकृतिका अपराधिक घटना वृद्धि, सुरक्षा व्यवस्थापनमा चुनौति

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २३, २०८०
जिल्ला प्रहरी कार्यालय पर्सामा केही प्रहरी कर्मचारी विगत १५ वर्ष अघिदेखि काजमै

• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २३ असोज । पर्सामा पछिल्लो समय गम्भीर प्रकृतिका अपराधिक घटना बढ्दै गएको छ । खुल्ला सिमाका कारण लागुऔषध ओसारपोसारदेखि चोरी, तस्करीलगायत विभिन्न अपराधिक घटना वृद्धि हुँदै गएको हो । पछिल्लो १ महिनाको अवधिमा ७ वटा शव बरामद हुनुले जिल्लाको शान्ति सुरक्षामा चुनौति थपिएको छ ।

पर्सामा बढ्दै गएको अपराधका घटनाहरुले पछिल्लो समय जिल्लामा शान्ति सुरक्षा चुनौतिपूणर् बन्दै गएको छ । गत भदौ १३ गते देखि असोज १९ गतेसम्म एक महिनाको अवधिका पर्सामा ७ वटा शव फेला परेको छ । जसमध्ये ३ जनाको विभत्स तरिकाले हत्या गरिएको छ । गत भदौ १३ गते पर्साको जिराभवानी गाउपालिकाको इमिर्ती खोलामा अन्दाजी २४/२५ वर्षीय युवतीको टाउको र शरीर छुटिएको अवस्थामा छुट्टाछुटै स्थानमा शव फेला परेको थियो भने भदौ २५ गते ठोरीको विजयवस्तीमा एक ४० बर्षीय पुरुषको हत्या गरि फालिएको अवस्थामा शव फेला परेको थियो ।

त्यस्तै असोज २ गते पर्साकै जगरनाथपुर गाउँपालिकामा ५० बर्षीय एकल महिला शान्ति देवी विनको घाँटी रेटी हत्या गरिएको अवस्थामा शव बरामद भएको थियो । घटनाको दुई दिनमै गत असोज ४ गते वीरगंजको पानगल्लीमा ५० बर्षीय भुब्रो महतो नुनियाको शव फेला परेको थियो । त्यसै दिन वीरगंजको छपकैयामा वारा जिल्ला कलैया निवासी अरविन्दकुमार सर्राफको हत्या गरिएको अवस्थामा शव बरामद भएको थियो ।

गत असोज १३ गते पर्साको विन्दवासिनी गाउँपालिकामा ढोङ्गही खोलामा एक महिलाको हत्या गरी फालेको अवस्थामा शव फेला परेको भने असोज १८ गते वीरगंज महानगरपालिका वडा नम्बर १ छपकैयामा ४० बर्षीया महिला पुनम देवीको घरमै हत्या भएको थियो । यी ७ वटा घटनाहरु मध्ये प्रहरीले २ वटाको अनुसन्धानलाई टुँगो लगाई अभियुक्तलाई सार्वजनिक गरिसकेको छ भने जिराभवानीमा भएको महिलाको हत्याबारे प्रहरीको अनुसन्धान असफल रहेको छ । अहिलेसम्म ति महिलाको पहिचान समेत हुन सकेको छैन ।

छपकैयामा घरमै महिलाको हत्या भएको घटनामा प्रहरीले अभियुक्तलाई पक्राउ गरि सार्वजनिक गरिसकेको छ भने जगरनाथपुरमा भएको महिला हत्यामा पनि संलग्नलाई पक्राउ गरि सार्वजनिक गरि सकेको छ । समग्रमा भन्दा दुईवटा महिलाको हत्यामा चोरीको पोल खुल्ने डरले हत्या गरिएको अनुसन्धानबाट खुलेको छ भने गम्भिर प्रकृत्तिका हत्याको टुँगो लाग्न सकेको छैन । एक महिनाको अवधिमा लगातार हत्या हुनुले पनि जिल्लामा शान्ति सुरक्षामा चुनौती थपिएको बुझ्न सकिन्छ ।

यति मात्र होईन, गत असोज १२ गते ९ जना प्रहरीको कडा सुरक्षा व्यवस्थाबीच वीरगंज वीर्ता स्थित बाल सुधारगृहको छतबाट हामफालेर २ जना बाल कैदीबन्दी फरार भए । घटनाको ४८ घण्टापछि एक जनालाई सर्लाही र अर्कालाई नेपाल भारतको नाकाबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । फरार बाल कैदीबन्दी प्रकरणमा अनुसन्धान गर्नका लागि पर्साका प्रहरी नायब उपरीक्षक ध्रुवबहादुर श्रेष्ठको नेतृत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको छ ।

त्यस्तै गत असोज १३ गते वीरगंजको आर्कषणको केन्द्रविन्दु रहेको घण्टाघरमा जडान गरिएको बत्तीहरु तोडफोड गरियो । वीरगंज महानगरपालिकाको नगर सौन्दर्यकरण गर्ने अभियान अन्तर्गत जडान गरिएको बत्ती चोरी गर्नुका साथै तोडफोड गरियो । प्रहरीले चोरी र तोडफोडको आरोपमा १ भारतीय सहित २ जना युवकलाई पक्राउ गरिसकेको छ । तर, घण्टाघरकै छेउमै रहेको प्रहरी बिटमा २४ घण्टा खटिने प्रहरीको उपस्थितिमा नै उत्श्रृङ्खल क्रियाकलाप हुनुमा प्रहरी प्रशासनको गम्भीर लापरवाही भएको भन्दै चौतर्फी आलोचना भयो । यसरी १ पछि अर्को आपराधिक घटनाहरु हुनुले जिल्लामा सुरक्षा व्यवस्था फितलो भएको स्थानीयहरुले महसुन गर्न थालेका छन् ।

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक कोमल शाहले एक महिनाको अवधिमा भएका केही घटनाहरु संयोग मात्रै रहेको बताएका छन् । उनले समाजमा अपराधिक घटनाहरु भइनै रहन्छन्, प्रहरी सुरक्षाको लागि खटेका हुन्छन्, तर घरमा घटनाहरु भइ नै रहन्छ, अनुसन्धान कसरी भयो ? अनुसन्धानमा प्रहरी कहाँ चुक्यो ? त्यो खोजविनको विषय रहेको भन्दै यहाँ भएका घटनाहरुको अनुसन्धानमा प्रहरी सफल रहेको दाबी गरे ।

उनले जिल्लाको शान्ति सुरक्षा कडा एवं चुस्त दुरुस्त रहेको भन्दै विभिन्न कारणले घटनाहरु हुनसक्ने भएकोले जिल्लाको शान्ति सुरक्षा नै कमजोर भएको भन्न नमिल्ने बताए । शव बरामद भएकाहरुमध्ये कतिपयले हृदयघाट, विभिन्न समस्याबाट पनि मृत्यु भएकोले सबै अपराधिक घटना नै नभएको बताए । उनले जिल्लामा शान्ति कायम राख्न आफूहरु दृढ रहेको पनि दाबी गरे । पछिल्लोे समय जिल्लामा भएका विभिन्न आपराधिकदेखि साम्प्रदायिकसम्मको घटनाले सर्वसाधारण त्रसित छन् । सुरक्षा व्यवस्थाकोबीचमा केहि घटनाहरु पक्कै पनि स्वभाविक हो तर १ महिनाको अवधिमा यतीधेरै घटनाले पर्सा प्रहरीको सुरक्षाा व्यवस्थामा प्रश्न चिन्ह भने पक्कै खडा गरेको छ । यसतर्फ प्रहरी प्रशासन गम्भीर हुुनुपर्ने देखिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजका मेयर राजेशमान सिंह प्रहरी नियन्त्रणमा, अनुसन्धानको लागि अदालतमा उपस्थित गराइयो

वीरगंजका मेयर राजेशमान सिंह प्रहरी नियन्त्रणमा, अनुसन्धानको लागि अदालतमा उपस्थित गराइयो

जेष्ठ १९, २०८३
रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि