Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

पुनम देवी हत्या आरोपमा इमरान पक्राउ, चोरी गर्ने उद्देश्यले घरमा प्रवेश गरेको अनुसन्धानबाट खुलाशा

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २१, २०८०
पुनम देवी हत्या आरोपमा इमरान पक्राउ, चोरी गर्ने उद्देश्यले घरमा प्रवेश गरेको अनुसन्धानबाट खुलाशा

वीरगंज (पर्सा), २१ असोज । वीरगंज १ छपकैया निवासी ब्युटिसियन पुनम देवीको हत्या आरोपमा प्रहरीले छपकैया कै २५ बर्षिय ईमरान मियाँलाई पक्राउ गरेको छ । भारत विहार जिल्ला सितामढी नरहा ग्राम घर भई हाल छपकैया बस्दै आएकी गगनदेव प्रसादको श्रीमती ४० बर्षिय पुनमको शुक्रबार विहान हत्या भएको थियो । बिहिबार राती खाना खाई आफ्नै सुत्ने कोठाको ओछ्यानमा एक्लै सुतेको अवस्थामा घर भित्र चोरी गर्ने उद्देश्यले प्रबेश गरेका इमरानले पुनमको हत्या गरेको प्रहरीले जनाएको छ ।

चोरी गर्ने उद्देश्यले घर भित्र प्रबेश गरेका इमरानले १ फिट लामो फलामको छडले बारम्बार प्रहार गरि पुनमको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरिक्षक (एसपी) कोमल साहले वताए । उनका अनुसार अभियुक्त इमरानको घरमा बिबाद भए पश्चात शुक्रबार विहान ०१ः५३ बजे आफ्नो घर नजिकै रहेको वीरगंज महानगरपालिकाको वडा नं १ को कार्यालयमा सुत्छु भनी गेट चढेर भित्र प्रवेश गरेकोमा भित्रको मूल ढोकाबन्द रहेको कारण बाहिर निस्की नजिकै रहेको मृतक पुनमको घरतर्फ गएका थिए ।

इमरान मृतकको घरको झ्यालको मदतले घरको छतमा चढी छतमा रहेको अं.१ फिट लामो फलामको छड् उठाइ घरभित्र प्रवेश गरेको र घर भित्र प्रवेश गर्दा निज मृतक जितिया पर्बको लागि तयारी गर्न उठिसकेको अबस्थामा जम्काभेट हुँदा महिला डराएर चिच्याउँदा अभियुक्तले हाँतमा रहेको फलामको छड्ले मृतकको टाउकोमा प्रहार गरेका थिए । मृतक पुनम वेहोस भई ढलेको कारण इमरानले नजिकको कोठाको ओछ्यानमा लगी राखेको र कोठाको बत्ती बालेर हेर्दा महिलाको आँखा खुलेको देखि पुनः सोही फलामको छडले पटक पटक टाउकोमा प्रहार गरी घरको मूल ढोका खोलेर बाहिरबाट चुकुल लगाइ पूर्वतर्फ भागेका थिए ।

लागू औषध प्रयोग गर्नको लागि चोरी गर्ने उदेश्यले इमरान मृतकको घर भित्र प्रबेश गरेको प्रहरीको भनाई छ । घटनाको सूचना प्राप्त हुनसाथ पर्सा प्रहरी प्रमुख एसपी साहको कमाण्डमा क्इऋइ, तालिम प्राप्त कुकुर सहितको प्रहरी टोली घटनास्थलमा खटी गई घटनास्थल तथा लाशजाँच मुचुल्का लगायतका कार्य पुरा गरी मृतकको लाश पोष्टमार्टमको लागि नारायणी अस्पताल बीरगंजमा पठाइएको थियो । शुक्रबार नै गरिएको पोष्टमार्टम पश्चात मृतकको लास सदगतको लागि मृतकको श्रीमान गगनदेवले जिम्मा बुझी लगेका थिए ।

घटना अनुसन्धानको क्रममा शनिबार अभियुक्त इमरानलाई वीरगंज १ बाट नै नियन्त्रणमा लिई आइतबार जिल्ला अदालतबाट म्याद थप गरि घटना बारे थप अनुसन्धान कार्य भइरहेको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक (डिएसपी) कुमार बिक्रम थापाले वताए । घटनास्थलबाट पुर्ब तर्फ रहेको धान खेतमा फालेको अबस्थामा पुनमको हत्यामा प्रयोग भएका फलामको छड समेत बरामद भएको डिएसपी थापाले वताए । घटनाको अनुसन्धानको सिलसिलामा सुरुमा प्रहरीले मृतक पुनमको ‘कल डिटेल्स’ को आधारमा पक्राउ गरेका सुनिल सर्राफलाई रिहा गरेको छ । पुनमको हत्यामा संलग्नता नरहेको अनुसन्धानबाट पाइएको भन्दै प्रहरीले सर्राफलाई शनिबार छाँडेको जानकारी दिएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजका मेयर राजेशमान सिंह प्रहरी नियन्त्रणमा, अनुसन्धानको लागि अदालतमा उपस्थित गराइयो

वीरगंजका मेयर राजेशमान सिंह प्रहरी नियन्त्रणमा, अनुसन्धानको लागि अदालतमा उपस्थित गराइयो

जेष्ठ १९, २०८३
रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि