Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सरकार संवेदनशील र गम्भीर हुनुपर्छ : सांसद यादव

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १९, २०८०
अर्बौँ बक्यौता नतिरेका उद्योगलाई कुलमान घिसिङले संरक्षण दिएको सांसद यादवको आरोप

वीरगंज (पर्सा), १९ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक प्रदीप यादवले स्वार्थ समूह हावी हुँदा मन्त्रिपरिषदकाे बैठकबाट पारित शिक्षा विधेयकमा संसद पुग्दासम्म हेरफेर भएको आरोप लगाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि आफ्नो विचार राख्दै पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले यस्तो आरोप लगाएका हुन् ।

उनले स्वार्थ समूहको हस्तक्षेपका कारण मन्त्रिपरिषद् बैठकले पारित गरेर छलफलका निमित्त संसदमा पठाएको विधेयकमा हेरफेर भएको आरोप लगाउँदै सरकारलाई संवेदनशील हुन् आग्रह समेत गरे ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका यादवले भने, ‘स्वयम् प्रधानमन्त्रीज्यूले मन्त्रिपरिषदबाट पारित भएर पठाएको विधेयक संसदसम्म पुग्दा हेरफेर भएको स्वीकार गर्नुभएको छ । यसको मतलब हाम्रो कानूनमाथि स्वार्थ समूहको कहीं कब्जा त छैन ? कहीं स्वार्थ समूहले यो सबै कानुन बनाइरहेको त छैन ? कुनै ठूलो षड्यन्त्रकरीहरूको हात त छैन ? यो सबै कुरामा सरकार संवेदनशील र गम्भीर हुनुपर्दछ ।’

शिक्षा मन्त्रालयले रायका निमित्त कानुन मन्त्रालयमा शिक्षा विधेयक पठाएको बेला स्वार्थ समूहले हेरफेर गरेको हुनसक्ने उनले आशंका व्यक्त गरे । ‘मन्त्रीज्यूले विधेयक तयार गर्नुहुन्छ । अनि रायका लागि त्यसलाई कानुन मन्त्रलायमा पठाइन्छ । कानुन मन्त्रलायले रायसमेत पठाउँछ तर त्यसमा हेरफेर गर्न पाउँदैन । तर कहीं कानुन मन्त्रालयमा गडबडी भयो की ? त्यसकारण यसलाई हेर्नुपर्छ,’ उनले भने ।

यादवले शिक्षा विधेयक एकदमै संवेदनशील विषय भएको बताउँदै यसलाई बनाउँदा पनि संवेदनशीलता अपनाउनु पर्ने सुझाव दिए । उनले विधेयकमा रहेको १५ औँ परिच्छेदलाई पुर्नलेखन गर्नुपर्ने आवश्यकता औँल्याए । उनले भने, ‘विधेयकको पन्ध्रौँ परिच्छेदलाई झट्ट हेर्दा यसको पुर्नलेखनको आवश्यकता छ । यसमा ब्यापक हेरफेर र संसोधन गर्न जरुरी रहेको मैले महुसुस गरेको छु ।’

उनले विधेयकले निजी विद्यालयलाई पालेर सामुदायिकलाई विस्थापन गर्ने ल्याइएको आरोप लगाउँदै प्रश्न गरे, ‘झट्ट हेर्दा विधेयक कहीं निजी विद्यालय पाल्नको लागी त आएको होइन ? सामुदायिक लाई विस्थापन गर्नको लागि त आएको होइन ? जस्तो मैले त्यसमा महसुस गरेको छु ।’

विधेयक बन्दै गर्दा निजी विद्यालयले गरेको एक दिनको आन्दोलनमा सरकारले उनीहरूसँग सम्झौता गर्दा पनि सामुदायिक विद्यालयका शिक्षकहरू काठमाडौँ केन्द्रीत आन्दोलन गर्दा उनीहरूमाथि बल प्रयोग गर्नुले सरकारको नियतमाथि शङ्का उत्पन्न भएको उनले बताए । उनले विधेयक बनाउनु पूर्व शिक्षकहरूसँग छलफल समेत नगरेकोमा पनि आपत्ति जनाए । यादवले वर्षौँदेखि संसद्मा आउन नसकेको विधयेकलाई शिक्षा मन्त्री अशोक राईले संसद प्रवेश गराएकोमा धन्यवाद पनि दिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

सीमा तस्करी र भ्रष्टाचारविरुद्ध कडा बन्न मधेश प्रदेश प्रहरी प्रमुखको निर्देशन

असार १६, २०८३
प्रथम आएको रिसमा आफ्नै साथीको अपहरण गर्ने ४ विधार्थी पक्राउ

जीतपुर बजारस्थित दुई पसलमा छापामारी लागुऔषध गाँजासहित दुईजना पक्राउ

असार १६, २०८३
नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

नेपाल भारत सीमा क्षेत्रमा लागुऔषध गाँजासहित एकजना पक्राउ

असार १६, २०८३
मकवानपुरमा सवारी दुर्घटना, वीरगंजका जनप्रतिनिधि सहित ८ जना घाइते

सिमरा एयरपोर्ट नजिकै भएको सवारी दुर्घटनामा एकको मृत्यु, दुईजना घाइते

असार १६, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि