Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जिल्ला प्रहरी कार्यालय बाराका प्रसनिहरुको हेरफेर, विश्वासिलो पात्रहरु पाए युनिट इन्चार्ज

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज १०, २०८०
कुशवाहा मृत्यु प्रकरणमा मुछिएका अभियुक्त संरक्षण गर्दै बारा प्रहरी

• हरिशंकर शर्मा
कलैया (बारा), १० असोज । जिल्ला प्रहरी कार्यालय बाराले मातहतमा कार्यरत प्रहरी सहायक निरीक्षकहरुको हेरफेर गरेको छ । प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले असोज ७ गते सूचना जारी गर्दै प्रसनिहरुको हेरफेर गरेका हुन् । उनले विश्वासिलो पात्र प्रसनिहरुलाई सिमा क्षेत्रको इन्चार्जमा खटाएका छन् भने अन्यलाई मातहतमा खटाएका हुन् । पहिलादेखि नै चौकी इन्चार्ज रहेका एवं जिल्लामा रहेका प्रसनिहरुमध्ये विश्वासिलो पात्र प्रसनिहरु पुनः इन्चार्जको जिम्मेवारी पाएका छन् भने अन्यले मातहतका जिम्मेवारी पाएका हुन् ।

नजिकिँदै गएको दशैंको मुखमा आएर युनिट इन्चार्जलाई हेरफेर गर्नुले डिएसपी न्यौपाने नेपाल भारत सिमा क्षेत्रमा हुने गरेको चोरी, पैठारी एवं तस्करहरुबाट रकम आर्थिक लाभ हुने मनसायले विश्वासिलो पात्रलाई चौकी इन्चार्ज पठाएको चर्चा हुन थालेको प्रहरी श्रोतले जनाएको छ । पहिलादेखि नै चौकी इन्चार्ज बसेका प्रसनिमध्ये आर्थिक लाभ दिन सक्नेलाई पुनः अर्को प्रहरी चौकी इन्चार्जमा नै खटाइएको छ भने अन्यलाई जिल्ला प्रहरी कार्यालय एवं इलाका प्रहरी कार्यालय मातहतमा काज खटाइएको बताइएको छ ।

इलाका प्रहरी कार्यालय चितलाङ्ग मकवानपुर (सञ्चार) मा दरबन्दी रही जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रसनि विष्णु प्रसाद लोहनीलाई डिएसपी न्यौपानेले प्रहरी चौकी बड्की फुलवरिया (बारा) का इन्चार्ज पठाएका छन् भने त्यहाँ कार्यरत प्रसनि उमश प्रसाद साहलाई जिल्ला प्रहरी कार्यालय बारामा काज खटाइएको छ । अस्थायी प्रहरी पोष्ट बसपार्क बारामा कार्यरत रहेका प्रसनि मौजीलाल साह कानुलाई प्रहरी चौकी तेलकुवाँका इन्चार्ज पठाइएको छ भने त्यहाँ कार्यरत रुपेश कुमार द्विवेदीलाई अस्थायी प्रहरी पोष्ट बसपार्कमा पठाइएको छ ।

त्यसैगरि इलाका प्रहरी कार्यालय सिमरामा कार्यरत प्रसनि मेकबहादुर श्रेष्ठलाई अस्थायी प्रहरी पोष्ट पथलावाघाटामा पठाइएको छ भने त्यहाँ कार्यरत सुजित कुमार सिंहलाई प्रहरी चौकी पथलैयामा पठाइएको छ । इलाका प्रहरी कार्यालय महेन्द्रआदर्शमा कार्यरत जगमोहन प्रसाद कानुलाई इलाका प्रहरी कार्यालय सिहोर्वामा काज खटाइएको छ भने त्यहाँ कार्यरत रामसकल महतोलाई इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको छ । इलाका प्रहरी कार्यालय प्रसौनीमा कार्यरत सुरेन्द्र प्रसाद यादवलाई अस्थायी प्रहरी पोष्ट झुरझुरेको इन्चार्ज पठाइएको छ भने त्यहाँ कार्यरत महम्मद राउत हुसेन गद्दीलाई इलाका प्रहरी कार्यालय प्रसौनीमा पठाइएको छ ।

यसैगरि जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत महम्मद जुलाई अलिलाई प्रहरी चौकी श्रीनगर बैरियाको इन्चार्ज पठाइएको छ भने त्यहाँ कार्यरत राजिव कुमार सिंहलाई इलाका प्रहरी कार्यालय सिम्रौनगढमा पठाइएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत रामनरेश प्रसाद यादवलाई प्रहरी चौकी बेल्दारीको इन्चार्ज पठाइएको छ भने त्यहाँ कार्यरत मानबहादुर कार्कीलाई इलाका प्रहरी कार्यालय सिमरामा पठाइएको छ । जिल्ला प्रहरी कार्यालयमा कार्यरत अनिल कुमार पटेललाई अस्थायी प्रहरी पोष्ट लङ्गडाचोकमा पठाइएको छ भने त्यहाँ कार्यरत अरुण कुमार महतोलाई जिल्ला प्रहरी कार्यालयमा पठाइएको छ ।

जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत सिताराम चौधरीलाई जि.अ.स.तथा सु.प्र.ई.मा पठाइएको छ भने त्यहाँ कार्यरत रामप्रवेश प्रसाद पटेललाई इलाका प्रहरी कार्यालय सिमरामा काज खटाइएको छ । इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत उमेश कुमार राउतलाई जिल्ला प्रहरी कार्यालय पठाइएको छ भने त्यहाँ कार्यरत सुरेश प्रसाद यादवलाई इलाका प्रहरी कार्यालय निजगढमा काज खटाइएको छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजका मेयर राजेशमान सिंह प्रहरी नियन्त्रणमा, अनुसन्धानको लागि अदालतमा उपस्थित गराइयो

वीरगंजका मेयर राजेशमान सिंह प्रहरी नियन्त्रणमा, अनुसन्धानको लागि अदालतमा उपस्थित गराइयो

जेष्ठ १९, २०८३
रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि