Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ ३०, २०८०
रौतहट कारागारमा क्षमताभन्दा दोब्बर कैदीबन्दी

गौर (रौतहट), ३० भदौ । कारागार कार्यालय गौर रौतहटमा क्षमताभन्दा दोब्बर कैदीबन्दी राखिएको छ । जीर्ण भवनमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएपछि कैदीबन्दी त्रासमा बस्नुका साथै दैनिक क्रियाकलापमा समेत सास्ती भोग्न बाध्य छन् । सन् १९९० मा गौर नगरपालिका-८ मा निर्माण गरिएको उक्त कारागार जीर्ण हुँदा पनि जोखिम मोलेर कैदीबन्दी राखिएका छन् । अधिकतम दुई सय र न्यूनतम एक सय ६० क्षमता भएको उक्त कारागारमा अहिले महिला, पुरुष र बालबालिका गरी तीन सय ८१ कैदीबनदी रहेका कारागार प्रमुख मणिभूषण शाहले जानकारी दिए ।

उनका अनुसार एक सय ८९ पुरुष, १४ महिला कैदीबन्दी रहेका छन् भने थुनुवामा एक सय ७१ पुरुष, चार महिला, दुई बालबालिका गरी जम्मा तीन सय ८१ कैदीबन्दी रहेका छन् । कारागारको छत माथि जस्तापाताले छाएको टहरा निर्माण गरी ७६ कैदीबन्दीलाई राखिएको प्रमुख शाहले जानकारी दिए । उनका अनुसार कारागारमा किचन, बरन्डा, भर्‍याङमा समेत कैदीबन्दीलाई राखिएको छ । शौचालय जानदेखि नुहाउनसमेत कठिन हुने गरेको भेटघाटका क्रममा रहेका कर्तव्य ज्यान मुद्दाका कैदी महताव आलमले गुनासो गरे । ‘कर्तव्य ज्यान मुद्दाका एक महिला जो सात महिनाको गर्भवती हुनुहुन्छ उनीलाई झनै कठिनाइको सामना गर्नुपरेको छ’, कर्तव्य ज्यान मुद्दाका कैदी विष्णु रायले भने । ठाउँको अभावका कारण राति सुत्न निकै समस्या हुने गरेको उनीहरुको गुनासो छ ।

दिनमा जसोतसो समय कटिन्छ तर रातमा समय काट्न निकै अप्ठ्यारोको सामना गर्नुपर्ने चौकीदार मनोजकुमार बैठाले सुनाए । जुनसुकैबेला जीर्ण भवन भत्किने सम्भावना रहेकाले त्रासमा रात बिताउने गरेको उनको भनाइ थियो । ‘भवन निकै पुरानो भएकाले बर्खायाममा चुहिने, गर्मीयाममा गर्मीले बसी नसक्नुजस्ता समस्याका गुनासो पटकपटक कैदीबन्दीले मलाई भन्ने गरेका छन्’, कारागार प्रमुख शाहले भने, ‘हामीले मातहतका माथिल्लो निकायमा उनीहरुको पीडाका बारेमा जानकारी गराएका छौँ ।’ कारागारको चारैतिरको पर्खाल जीर्ण भएको, ठाउँठाउँमा चर्कोको, बाङ्गो भएकाले भवन भत्कने सम्भावना उत्तिकै रहेको भन्दै तत्कल पर्खालको मर्मतसम्भार गर्नुपर्ने आवश्यकता रहेकोमा उनले जोड दिए ।

दश कट्ठा १० धुरमा निर्माण भएको कारागारको जग्गा पुर्जा रहे पनि दक्षिणतिर दुईदेखि तीनकट्ठा व्यक्तिले अतिक्रमण गरेको बताउँदै जेलेर शाहले सुरक्षाको दृष्टिकोणले पनि गौर कारागार संवेदशील रहेको बताए । पर्खाल ठूलो नहुनुले पनि जोखिमको समना गर्नुपर्ने उनको भनाइ थियो । ‘भेटघाट कक्ष र फोन गर्ने ठाउँ साँघुरो छ । ढल निकासाको उचित व्यवस्था नहुँदा समस्या भइरहेको छ । ढलको निकास, भेटघाट र फोन गर्ने ठाउँलाई फराकिलो पार्ने कामका लागि प्रयासरत रहे पनि बजेट अभावका कारण गर्न सकिएको छैन’, जेलर शाहले भने । सडकको सतह र जेलको कम्पाउन्डको उचाइ उस्तैउस्तै भएकाले कहिलेकाँही कैदीले हाम फालेर भाग्ने कोसिस समेत गर्ने गरेका उनले बताए ।

बाँकेमा कारागार निर्माण भइसकेको, नुवाकोटमा निर्माणाधीन अवस्थामा रहेकाले ती कारागार निर्माण सम्पन्न भएपछि क्षमताभन्दा बढी कैदी रहेका ठाउँका कैदीलाई सारिने गृह मन्त्रलयका प्रवक्ता केदारनाथ शर्माले जानकारी दिए । कतिपय ठाउँमा पुरानै भवनमा कैदी बसीरहेका भए पनि त्यसलाई पुनःनिर्माण गर्ने कामको थालिएको उनले बताए । ‘आफूलाई सहज हुने ठाउँ कैदीले रोज्ने, बाहिर जान नमान्नेलगायत कारणले पनि गौर कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको हो’, प्रवक्ता शर्माले भने । रासस

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठ विरुद्धको मुद्दाः साक्षी तथा प्रमाण बुझ्‌ने प्रक्रिया अघि बढाउने आदेश

चैत्र ३०, २०८२
सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

सशस्त्र प्रहरीको गाडीले ठक्कर दिदाँ एकजना घाइते

चैत्र ३०, २०८२
विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

विवाहेतर सम्बन्धको विवादले प्रहरी जवान चौरसियाको हत्या भएको खुलासा

चैत्र ३०, २०८२
भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

भाउजुमाथि कुटपिटको आरोपमा वडाध्यक्ष थारुको स्पष्टीकरणः ‘घटनामा मेरो कुनै संलग्नता छैन’

चैत्र ३०, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि