Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय नेकपा एमाले
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

अनुमति नलिई मापदण्ड विपरित संचालित शैक्षिक संस्थाहरुलाई सिल गर्ने अभियान तिब्र

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १९, २०८०
अनुमति नलिई मापदण्ड विपरित संचालित शैक्षिक संस्थाहरुलाई सिल गर्ने अभियान तिब्र

वीरगंज (पर्सा), १९ भदौ । वीरगंज महानगरपालिकाले शैक्षिक संस्थाको अनुगमनलाई निरन्तरता दिएको छ । अनुमति नलिई र मापदण्ड विपरीत सञ्चालित शैक्षिक संस्थालाई सिल गर्ने अभियानलाई निरन्तरता दिँदै महानगरले मङ्गलवार पनि दुई वटा संस्थामा सिलबन्दी गरेको छ ।

महानगरअन्तर्गतको नियमन समितिका संयोजक ईश्वरचन्द्र यादव नेतृत्वको महानगरको टोलीले वीरगञ्ज महानगरपालिका – ८ स्थित युनिभर्सल प्लस टु कलेज र प्रिन्सटन मोडेल एकेडेमीमा सिलबन्दी गरेको हो । वीरगञ्ज – १५ मा रहेको युनिभर्सल सेकेण्डरी स्कूलले कक्षा ११ र १२ सञ्चालन गर्न लिएको अनुमतिलाई दुरुपयोग गर्दै नियम विपरीत अन्य वडामा युनिभर्सल प्लस टु कलेज चलाएको पाएपछि अनुगमन गर्न पुगेको टोलीले सिलबन्दी गरेको नियमन समितिका संयोजक ईश्वरचन्द्र यादवले बताए ।

यादवका अनुसार कक्षा ११ र १२ सञ्चालन गर्न अनुमति लिएको शैक्षिक संस्थाले नाम परिवर्तन गरेर कलेज लेख्न पाइँदैन । यद्यपि युनिभर्सलले सो विपरीत कलेज लेखेको पाएपछि सिल गरिएको उनको भनाई छ । नियमन समितिले वीरगञ्ज- ८ स्थित नै रहेको प्रिन्सटन मोडेल एकेडेमीलाई पनि सिल गरेको छ । प्रिन्सटनले कक्षा ११ र १२ सञ्चालनका लागि अनुमति नै नलिएर पठनपाठन गराइरहेको पाएपछि सिल गरिएको यादवले जानकारी दिए । वीरगञ्ज सेन्ट्रल स्कूलको नाममा कक्षा सञ्चालन गर्न अनुमति लिने प्रक्रिया मै रहेको समयमा छुट्टै नाम राखेर विद्यार्थी भर्ना गरेर कक्षा सञ्चालन समेत गरिरहेको भेटिएको उनले बताए ।

अनुगमन टोलीले वीरगञ्ज सेन्ट्रल स्कूल पनि मापदण्ड अनुसार सञ्चालनमा नरहेको भेटेको थियो । स्कूलमा एउटा कक्षा कोठा भित्र जम्मा सात जना विद्यार्थी अध्ययन गरिरहेको भेटिएको अनुगमन टोलीसँगै गएका सञ्चारकर्मी अमित अग्रवालले बताए । यसअघि महानगरले सोमबार वीरगञ्ज – १६ स्थित श्री माईस्थान बाल विद्या मन्दिर इन्दु लाखे आधारभूत विद्यालय गहवामा सञ्चालनमा रहेको अन्नपूणर् कलेज, वीरगञ्ज – ११ स्थित युनिभर्सल एकेडेमी कलेजमा सिलबन्दी गरेको थियो । त्यसै गरी महानगरले गत बुधवार वीरगञ्ज – ११ स्थित इम्पेरियल कलेज र वीरगञ्ज – १३ स्थित वीरगञ्ज स्कूल अफ लमा पनि सिलबन्दी गरेको थियो ।

अनुगमन टोलीमा वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहका सल्लाहकार अभिषेक तिवारी, शैक्षिक प्रशासन महाशाखाकाकी अधिकृत सिर्जना बुढाथोकी, मेयर सिंहका जनसम्पर्क सल्लाहकार नवराज फुयाँललगायत सञ्चारकर्मी एवम् जनप्रतिनिधिको सहभागिता रहेको थियो ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंजमा गहवामाईको दोश्रो रथयात्रा सम्पन्न, हजारौँ भक्तजनहरुको भीड

श्री गहवामाई रथयात्राको तयारी तीब्र

असार २२, २०८३
ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

ई-स्कुटर आगलागी प्रकरणः प्रशासनको दुई पटकको बोलावटसमेत बेवास्ता

असार २२, २०८३
यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

यातायात कार्यालय कलैयाको भिडियो भाइरलः कार्यालय प्रमुख सेवाग्राहीलाई हातपात गरेको छर्लङ्ग

असार २२, २०८३
बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

बारागढी गाउँपालिकामा ‘असारे विकास’ को हतारः रातारात ढलान, तीन दिनमै सडक र फाइल तयार !

असार २२, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि