Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार नेकपा एमाले नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय जिल्ला प्रहरी कार्यालय पर्सा जसपा नेपाल पर्सा रास्वपा पर्सा
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

स्वास्थ्यकर्मी र कर्मचारीहरूले तालाबन्दी गर्दा सिम्रौनगढ नगर अस्पताल एक महिनादेखि बन्द

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १७, २०८०
स्वास्थ्यकर्मी र कर्मचारीहरूले तालाबन्दी गर्दा सिम्रौनगढ नगर अस्पताल एक महिनादेखि बन्द

सिम्रौनगढ (बारा), १७ भदौ । बाराको सिम्रौनगढ नगरपालिका–७ सिम्रौनगढ स्थित नगर अस्पताल एक महिनादेखि बन्द रहेको छ । तलब भत्ताको माग गर्दै स्वास्थ्यकर्मी र कर्मचारीहरूले गरेको तालाबन्दीका कारण गत असार ३१ गतेदेखि अस्पतालको सेवा ठप्प हुदै आएको हो । तर, अस्पताल सेवा बन्द भएको एक महिना पुरा हुंदा पनि संचालन गर्ने तर्फ सरोकारवाला निकायहरुले ध्यान नदिदा सेवाग्रहीहरु मार्कामा परेका छन ।

कर्मचारीले आन्दोलन जारी राख्दा अस्पताल एक महिनादेखि बन्द अवस्थामा छ । सेवा नै ठप्प पार्दै स्वास्थ्यकर्मी तथा कर्मचारी आन्दोलित बनेपछि सेवाग्राहीहरु मारमा परेका छन् । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले ४ देखि १५ महिनासम्मको तलब भत्ता नपाएको नगर अस्पतालका कर्मचारी अयुब मिया अंसारी बताउछन् । यता नगरपालिकाले एक सुचना जारी गर्दै करार सेवामा रहेका नगरका सम्पुर्ण कर्मचारीहरुको करार सेवा नविकरण नगर्ने भनेपछि थप अन्योल्ता देखिएको छ ।

नगरपालिकाको कार्यपालिकाका बहुमत सदस्य र नगरप्रमुख किशोरीप्रसाद साह कलवारबीचको आपसी द्वन्द्वका कारण अस्पताल सञ्चालनको लागि पहल नभएको बताइएको छ । नगरमा जसपातर्फका प्रमुख, उपप्रमुख र नेपाली काँग्रेसतर्फका बहुमत सदस्य भएकाले आपसी द्वन्द्वका कारण सो समस्या भएको देखिन्छ । अस्पतालमा उत्पन्न समस्या समाधानका लागि भनेर यो अवधिमा कार्यपालिकाको बैठक ३ पटक बोलाइएको भएपनि बैठक नै बस्न सकेन । यसरी आन्तरिक द्धन्द्धले अस्पताल सेवा प्रभावित छ ।

कर्मचारीहरु तलबको माग गरिरहेका त छन् तर नगरपालिका भने अस्पताल प्रशासनकै कारण कर्मचारी र सेवाग्राहीले दुःख पाएको बताउँछ । अस्पताल सञ्चालनका लागि हालसम्म नगरप्रमुख कलवारले ९६ लाख रुपैँया दिइसकेको तर त्यसको हरहिसाब अस्पतालका कर्मचारीले नदिएकाले समस्या उत्पन्न भएको नगरको भनाई छ । २०७८ जेठ २१ गतेबाट सेवा सुरु गरेको १५ शैयाको अस्पतालबाट सिम्रौनगढ र आसपासका सर्वसाधरणलाई सेवा दिइरहेको थियो । तर पालिकामा राजनितिक दन्द्वको कारण नगरपालिका र नगर अस्पतालमा तोडफोड हुदा लाखौको सम्पतिको नोक्सानि भएको थियो ।

नगरअस्पताल बन्द हुदा आफुहरु छिमेकी देश भारतको बिहार क्षेत्रमा महङ्गोमा उपचार गराउन जानु पर्ने अवस्था आएको स्थानीयको गुनासो छ । छिमेकी देश भारत सँग जोडिएको पालिकाको नगर अस्पतालमा दैनिक करिब सय भन्दा बढीले उपचार सेवा लिने गरेका छन । तर कर्मचारी व्यवस्थापन गर्न नसकेर अस्पताल नै बन्द गर्दा त्यसको सिधा असर ग्रामिण क्षेत्रका जनतामाथि परेको छ । तराई क्षेत्रका प्राय पालिकाहरुमा देखिएको जस्तै यस नगरपालिकमा पनि राजनीतिक द्धन्द्ध, आपसी स्वार्थ अझ भनौ कार्यकर्ता भर्तीको थलो बन्दा जनतालाई सधैं दुःख व्यहोर्नु पर्ने अवस्था छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

१३ वर्षपछि वीरगंजको मुख्य सडक विस्तार सुरु, अतिक्रमण हटाउन एकाविहानैदेखि अभियान तीव्र

बैशाख ६, २०८३
वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

वीरगंजमा ‘भविष्य मेला २०२६’: पुरस्कार, छुट र करियर मार्गदर्शनको आकर्षक अवसर

बैशाख ४, २०८३
बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बिरन्चीबर्वा स्वास्थ्य चौकीमा शुक्रबारदेखि ओपिडि सेवा संचालनमा

बैशाख ४, २०८३
दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

दुईदिन सार्वजनिक विदा र वैशाख १५ बाट नयाँ शैक्षिक सत्र शुरु गर्ने निर्णयप्रति आपत्ति

बैशाख ४, २०८३

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि