Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका वीरगंज भन्सार कार्यालय नेकपा एमाले जिल्ला प्रशासन कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

न्यूरो हस्पिटललाई बद्नाम गराउन शवमाथि राजनीतिकरण, उत्श्रृङ्खल समूहद्वारा तोडफोड

वीरगंज टाइम्स
वीरगंज टाइम्स
भदौ १६, २०८०
न्यूरो हस्पिटललाई बद्नाम गराउन शवमाथि राजनीतिकरण, उत्श्रृङ्खल समूहद्वारा तोडफोड

वीरगंज (पर्सा), १६ भदौ । वीरगंजका एक अस्पताल संचालक र बरिष्ठ पत्रकार भनाउनेको इसारामा एक युवकको मृत्युमाथि राजनीतिकरण भइरहेको पाइएको छ । बारा जिल्लाको परवानीपुर गाउँपालिका वडा नं. ५ नौतनबहुअरी स्थित एल.एस.न्यूरो एण्ड जेनरल हस्पिटललाई बद्नाम गराउन अस्पतालका साहु र पत्रकार तल्लिन भएको पाइएको हो । उपचारको क्रममा गत सोमबार नेशनल मेडिकल कलेजमा मृत्यु भएका बारा जिल्ला विश्रामपुर गाउँपालिका वडा नं. ५ निवासी २५ वर्षीय रवि गुप्ताको मृत्युलाई आफ्नो रोटी सेक्न एक अस्पतालका संचालक र बरिष्ठ पत्रकार भनाउनेको इसारामा राजनीतिकरण कार्य भइरहेको एल.एस. न्यूरो एण्ड जेनरल हस्पिटलले जनाएको छ ।

अस्पतालले एक विज्ञप्ति जारी गरि उपचारको क्रममा अन्य अस्पतालमा मृत्यु भएका व्यक्तिको विषयलाई लिएर केही व्यक्ति विशेषले सीमित स्वार्थ सिद्ध पुरा गर्न उत्श्रृङ्खल कार्य गराई रहेकोप्रति अस्पतालको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । गत भदौ ११ गते सोमबार साँझ वीरगंजदेखि कलैया जाने क्रममा मोतिसर चोक स्थित नारायणी प्लाष्टि उद्योग अगाडि सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटनामा परेका गुप्ताको आफन्त नआएपछि बारा प्रहरीले एम्बुलेन्समा राखी उपचारको लागि एल.एस.न्यूरो हस्पिटलमा पठाएको थियो । दुर्घटना भएको बढि समय भइसकेको कारण अत्याधिक रक्तश्राव भइसकेका गुप्तालाई गम्भिर अवस्थामा अस्पतालमा ल्याएपछि तत्काल उपचार गरिएको थियो । सोमबार राती ११ बजे एल.एस. न्यूरो अस्पतालमा उपचारको लागि ल्याइएका गुप्तालाई करिब साढे १ बजेको समयमा आफन्तनले थप उपचारका लागि नेशनल मेडिकल कलेज लगेका थिए । नेशनल मेडिकल कलेजमा उपचारको क्रममा विहान करिब ३ः१५ बजेको समयमा मृत्यु भएपछि आफन्तले गुप्ताको शवलाई लगि मंगलबार दाह सँस्कार गरे ।

त्यस पश्चात अस्पतालका साहु र पत्रकारको इसारमा न्यूरो अस्पताललाई बद्नाम गराउन चलखेल शुरु भएको अस्पतालको बुझाई छ । अन्य एक अस्पतालका साहु र पत्रकारको इसारामा शनिबार विरोध प्रदर्शन भएको र अस्पताललाई बद्नाम गराउने कार्य भएको अस्पतालको ठहर छ । अन्य व्यक्तिको उक्साहटमा मृतक गुप्ताका आफन्त मुकेश साह सहितको व्यक्तिहरु विहीबार साँझ अस्पतालको लापरवाहीको कारण गुप्ताको मृत्यु भएको भनेर गुनासो गर्न आएका थिए । त्यस पश्चात शनिबार विहान करिब १० बजेको समयमा मुकेश साहकै नेतृत्वमा ७०/८० जनाको समूह न्यूरो अस्पतालमा प्रवेश गरि विवाद गरेका थिए । मृतकका आफन्त, अस्पताल प्रशासन, बारा प्रहरी एवं सञ्चारकर्मीहरुको रोहबरमा छलफल भइरहेको अवस्थामा साहकै नेतृत्वमा आएका व्यक्ति सहित केही उत्श्रृङ्खल व्यक्तिहरुले अस्पतालमा तोडफोड गरेका थए ।

आफन्त सहित भीडमा पसेका घुसपैठियाहरुले तोडफोड गर्न थालेपछि तत्काल प्रहरीलाई अवस्थालाई साम्य पार्न खोज्दा प्रहरी र आफन्तबीच झडप समेत भएको थियो । अवस्थालाई साम्य पार्न बारा प्रहरीले मुकेश साह, रन्जन महतो, आसुतोष साह, मोहन साह लगायत ५ जनालाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका व्यक्तिहरुमध्ये मुकेश साह मृतकका आफन्त थिए भने बाँकी घुसपैठिया रहेको मृतकका भिनाजु जितेन्द्र साहले स्वीकारेका छन् । अस्पतालमा तोडफोड गर्नेहरुमा धेरैजना घुसपैठिया रहेको उनको भनाई थियो । उनीहरुलाई कहाँबाट आए ? किन आए ? कसले पठायो ? केही जानकारी नरहेको उनको भनाई थियो ।

उत्श्रृङ्खल व्यक्तिहरुको समूहले गरेको तोडफोडबाट अस्पतालको सिसा भुटाउनुका साथै सिसिटिभी क्यामरा समेत फुटाएका छन् । पक्राउ पक्राउ परेका ५ जनैलाई बारा प्रहरीले ३ घण्टा हिरासतमा राखेर छाडेको छ भने थप छलफलको लागि आइतबार दिउँसो १ बजे इलाका प्रहरी कार्यालय नौतनमा बोलाइएको छ । यता अस्पताल प्रशासनले गुप्ताको उपचारमा अस्पतालको कुनै कमजोरी नरहेको दाबी गरेको छ । अचेत अवस्थामा उपचारका लागि आएका गुप्ताको अवस्था गम्भिर रहेको र उपचारकै क्रममा आफन्तजनहरुकै भनाई अनुसार डिस्चार्ज गरिएको र अन्य अस्पतालमा गएर मृत्यु भएका व्यक्तिको विषयलाई लिएर यहाँ आएर विवाद गर्नुले अस्पताललाई बद्नाम गराउन बाह्य व्यक्तिहरुको राजनीतिकरण बाहेक अन्य केही नरहेको अस्पताल प्रशासनले जनाएको छ ।

अस्पतालले तोडफोड गर्ने उत्श्रृङ्खल व्यक्तिहरुको पहिचान गरिसकेको र उनीहरुमाथि कारवाहीको लागि कानूनी उपचार खोज्ने अस्पताल प्रशासनको भनाई छ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

राष्ट्रपति रनिङ्ग शिल्डमा ठोरी गाउँपालिका च्याम्पियन

राष्ट्रपति रनिङ्ग शिल्डमा ठोरी गाउँपालिका च्याम्पियन

जेष्ठ १०, २०८३
मधेश प्रदेशमै जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित

मधेश प्रदेशमै जिल्ला प्रहरी कार्यालय पर्सा उत्कृष्ट घोषित

जेष्ठ १०, २०८३
सशस्त्र प्रहरीको मानवीय पहलः विपन्न दलित महिलालाई नयाँ घर

सशस्त्र प्रहरीको मानवीय पहलः विपन्न दलित महिलालाई नयाँ घर

जेष्ठ १०, २०८३
जिम्मेवार पत्रकारितामा जोड दिँदै पर्सामा आचारसंहिता प्रशिक्षण

जिम्मेवार पत्रकारितामा जोड दिँदै पर्सामा आचारसंहिता प्रशिक्षण

जेष्ठ १०, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि