Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय नेकपा एमाले वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

‘मिसन लाइफ’ एक विश्वव्यापी ढाँचा हो : महावाणिज्यदूत

वीरगंज टाइम्स
वीरगंज टाइम्स
साउन १४, २०८०
‘मिसन लाइफ’ एक विश्वव्यापी ढाँचा हो : महावाणिज्यदूत

वीरगंज (पर्सा), १४ साउन । वीरगंज स्थित भारतीय महावाणिज्य दूतावास वीरगंजका महावाणिज्यदूत नितेश कुमारले ‘मिसन लाइफ’ भारतको नेतृत्वमा रहेको एक विश्वव्यापी ढाँचा भएको बताएका छन् । भारतको महावाणिज्य दूतावास, वीरगंजले ‘मिसन लाइफ’ अन्तर्गत आयोजना गरेको विशेष सप्ताह कार्यक्रमलाई समापन गर्दै महावाणिज्यदूत नितेश कुमारले मिसन लाइफअन्तर्गत सात सत्रहरू सञ्चालन गरिएको बताए ।

उनले पर्यावरणको संरक्षण एवं प्रवद्र्धन गर्न व्यक्तिगत तथा सामुदायिक कार्यलाई टेवा पुर्‍याउँदै दिगो भविष्य निर्माण गर्न यसको डिजाइन गरिएको बताए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२१ ग्लास्गोमा भएको २६ औँ राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप-२६) मा विश्वलाई मिसन लाइफका बारेमा जानकारी दिएका थिए । यसअन्तर्गत वाणिज्य दूतावासले जुन २०, २०२३ मा आफ्नो परिसरभित्र ‘स्वास्थ्य लाइफस्टाइल’ मा प्यानल छलफल आयोजना गरेको थियो ।

छलफलमा डा. निरजकुमार सिंह, डा. सुचित कुमार शर्माले स्वस्थ जीवनका लागि आफ्नो जीवनशैलीलाई कसरी परिमार्जन गर्न सकिन्छ भन्ने विषयमा विचार प्रस्तुत गरेका थिए । यसैगरी जुलाई २१ मा विजय कुशवाहाले ई-वेस्टको उचित व्यवस्थापन नगर्दा हुने खतराका बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए । साथै उनले विद्युतीय सामग्रीलाई छिटोभन्दा छिटो बदल्नुको सट्टा लामो समयसम्म प्रयोग गर्न आग्रह गरेका थिए ।

जुलाई २४ मा रन्जितकुमार सिंह र जयप्रकाश खेतानले प्लाष्टिकको एकल प्रयोगलाई व्यावहारिक रूपमा कम गर्ने सन्दर्भमा आफ्नो धारणा राखेका थिए । जुलाई २५ मा आयोजित कार्यक्रममा महेश अग्रवालले दिगो खाद्य प्रणालीका बारेमा आफ्नो धारणा प्रस्तुत गर्दै स्वस्थ खानाका फाइदाबारे प्रकाश पारेका थिए । सोही क्रममा उनले स्वास्थ्यका लागि कोदोको प्रयोगका फाइदबारे चर्चा गरेका थिए ।

जुलाई २६ मा भएको ‘फोहर न्यूनीकरण अभिमुखीकरण कार्यक्रम’मा सरफुद्दिन मियाँ र महेश अग्रवालले फोहोर कम गरी वातावरण स्वच्छ र सुन्दर बनाउन थप रुख रोप्नुपर्ने कुरामा जोड दिएका थिए । जुलाई २७ मा गोविन्द गुप्ता र प्रियांशु गुप्ताले ऊर्जा बचत सत्रमा ऊर्जाको उपयोगलाई कसरी किफायती बनाउन सकिन्छ भन्नेबारे आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा नेपाल खानेपानी संस्थान वीरगंजका प्रमुख निरन महर्जन र चार्टर्ड एकाउन्टेन्ट प्रियङ्का रौनियारले पानी खेर फाल्दा कसरी पानीको सङ्कट निम्त्याउँछ भन्नेबारेमा जानकारी गराएका थिए ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

वीरगंज चिनी कारखानाः संचालन हुन सक्ने अवस्था र प्रयास, सरकारको घोषणा कागजमै सीमित

बन्द वीरगंज चिनी कारखाना तत्काल संचालन गर्न सरकारलाई ध्यानाकर्षण

असार १२, २०८३
बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

बाराका दुई सांसद रास्वपाको केन्द्रिय सदस्यमा निर्वाचित

असार १२, २०८३
मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

मोहरमको अवसरमा वीरगंजमा दाहा ताजिया जुलुस

असार १२, २०८३
पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

पर्साका धोबिनी र छिपहरमाई गाउँपालिकाले समयसीमाभित्र बजेट ल्याउन सकेनन्‌

असार १२, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि