Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा नेशनल मेडिकल कलेज वीरगंज महानगरपालिका नेकपा एमाले जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

सिमा क्षेत्रमा सशस्त्र प्रहरीको चेकजाँच कडाई, पत्रकार भन्दै हिँड्नेहरुको आतँक

वीरगंज टाइम्स
वीरगंज टाइम्स
जेष्ठ २४, २०८०
सिमा क्षेत्रमा सशस्त्र प्रहरीको चेकजाँच कडाई, पत्रकार भन्दै हिँड्नेहरुको आतँक

वीरगंज (पर्सा), २४ जेठ ।
सशस्त्र प्रहरी सिमा सुरुक्षा कार्यालय १३ नं. गण पर्सा वीरगंजले नेपाल भारत सिमा क्षेत्रमा व्यापक कडाई गरेको छ । नेपाल भारत खुल्ला सिमाना भएको कारण तस्करी फस्टायो भन्ने टिका टिप्पणी सहित समाचारहरु प्रकाशन भएपछि अहिले सशस्त्र प्रहरीले सिमा क्षेत्रमा व्यापक कडाई गरेको छ ।

सानोतिनो घरायसी सामान बाहेक पोके तस्करदेखि ठूलठूला तस्करहरुको कारोबार पूणर् रुपमा बन्द भएको छ । सशस्त्र प्रहरी बल सिमा सुरक्षा प्रताबित गुल्म वीरगंजका निमित्त गुल्मपति सशस्त्र प्रहरी निरीक्षक प्रेम विष्टका अनुसार अहिले सिमा सुरक्षाको लागि गस्ती बढाइनुका साथै अवैध रुपमा नेपाल भित्र्याइने हरेक सामानहरुलाई नियन्त्रणमा लिई वीरगंज भन्सार कार्यालयमा बुझाउने कार्यलाई तिब्रता दिएका हुन् । सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय १३ नं. गणका सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको निर्देशनमा सिमा क्षेत्रमा हुने गरेको तस्करीलाई रोक्न चेकजाँचमा कडाई गरिएको हो ।

दिनहुँ अवैध रुपमा भित्रिने सामानहरु धमाधम पक्राउ पर्न थालेपछि तस्करहरु आफ्नो तस्करी कार्यलाई पूणर् रुपमा रोकेका छन् । वीरगंज भन्सार कार्यायलको मुख्य नाकाहुँदै आउने सानोदेखि ठूलो तस्करीको सामान पूणर् रुपमा रोकिएको छ । सिमा क्षेत्रमा सशस्त्र प्रहरीको तैनाथ गस्ती छ । तराईमा बढ्दो ४३ डिग्रीको तापक्रममा पनि सशस्त्र प्रहरीका जवानहरु ड्युटीमा खटेर तस्करी कार्यलाई रोकेका छन् ।

विगत जस्तो साइकलमा, मोटरसाइकलमा बोरामा बाँधी ल्याउने अवैध सामानहरु एउटा पनि फेला पर्दैन् । वीरगंज भन्सारको मुख्य सडकमै विगतमा साइकलका साइकल तस्करीका सामानहरु लोड गरेर राखिएको तथा मुख्य नाका हुँदै वीरगंज भित्र्याएको देख्न पाइन्थ्यो तर अहिले त्यो सबै रोकिएको छ । यस क्षेत्रका सर्वसाधारणहरु घरायसी सामान मात्रै किनेर ल्याउन पाइरहेका छन्, त्यो पनि न्यून मात्रामा । पोके तस्कर, साइकल तस्कर देखि सम्पूणर् तस्करीहरु रोकिएको छ । सशस्त्र प्रहरीले चेकजाँचमा कडाई गरेसँगै टाङ्गा, टेम्पोमा लुकाएर ल्याइने मोटरपार्टस् जस्ता विभिन्न सामानहरु बरामद गर्न थालेपछि तस्करहरु आफ्नो कार्यलाई रोकेका छन् ।

भन्सारमा पत्रकार भन्दै हिँड्नेहरुको आतँक
आफूलाई पत्रकार भन्दै हिँड्ने तस्करका भाई, आफन्त लगायत तस्करीमा लागेका व्यक्तिहरुको भन्सार क्षेत्रमा आतँक नै बढेको छ । दिनहुँ भन्सार स्थित सशस्त्र प्रहरी कहाँ पुगेर आफूलाई पत्रकार भन्दै थर्काइ पैसा लिन खोज्ने, भिडियो बनाउनेहरुको समूह नै सक्रिय छ । यहाँसम्म कि तस्करहरुको आफन्त पनि पत्रकार भएका छन् । दाई तस्करी गर्ने, भाई आफूलाई पत्रकार भन्दै हिँड्ने, कोही आफूलाई पत्रकार भन्दै भारतीय गाडीहरुको भन्सार गराउने, कोही तस्करीको सामान सशस्त्र प्रहरीलाई भनेर सिमा कटाउने काम गर्दै आएका छन् ।

कोही आफैलाई पत्रकार भन्ने, पशुको तस्करी गर्ने, उनको भाई पनि ठूलठूला फुर्ति लगाउँदै किराना सामानको तस्करी गर्ने जस्ता प्रवृत्तिका पत्रकारहरुको हालीमुहाली छ भन्सारमा । पत्रकारिता पेशमा लागेको पत्रकार समाचार लेख्न, इसु खोज्नमा व्यस्त रहन्छन् भने यस्ता गलत प्रवृत्तिका व्यक्ति आफैलाई पत्रकार भन्दै तस्कर एवं सशस्त्र प्रहरीलाई थर्काएर पैसा बटुल्नमा व्यस्त छन् । भन्सारमा २ घण्टा बसेर हेर्ने हो भने सशस्त्र प्रहरी समक्ष एक दर्जन भन्दा बढि पत्रकार भन्ने तस्करहरु पुग्छन् । तस्करी पनि गर्छन, पैसा पनि लिन्छन् र सशस्त्र प्रहरीलाई उल्टै थर्काउँछ ।

एकजना पत्रकार भनाउनेको त यस्तो दबदबा छ, कि वीरगंजको पत्रकार बाहेक भन्सारका सबै व्यक्तिले उनलाई पत्रकार भनेर चिन्छन् । विहानको ६ नबज्दै पत्रकार भन्नेहरुको घुइँचो नै लाग्छ भन्सारमा । सशस्त्र प्रहरीले चिया खान भन्दा ‘चिया किन ? दारु खाम न’ पनि भन्नेहरु त्यहाँ पुग्ने गरेका छन् । यदि वास्तविक पत्रकार हो भने आफ्नो काम गरेर फर्किनुपर्ने हो तर त्यहाँ गएर खडा भई सशस्त्र प्रहरीलाई भन्ने यो मान्छेले तस्करी गर्दैछ, त्यो मान्छेको सामान यो जाँदैछ, यसलाई समात्नु जस्ता कामहरु गर्दै आएका छन् ।

यस्ता पत्रकार भनाउने गलत तत्वहरुको कारण सशस्त्र प्रहरी अनावश्यक तनाव खेप्नु परेको छ । पत्रकार भनेपछि वास्तविक पत्रकार हो, कि ‘फेक’ पत्रकार हो सशस्त्र प्रहरीले छुट्याउनै गाह्रो छ । कोही कोही त ४ देखि ५ घण्टा त्यही कार्यालयमै बसेर जबरजस्ती समय विताउने पनि गरेका छन् । कोही त यस्ता गलत तत्वहरु सक्रिय छन्, कि पत्रकारको नाममा ३ सय रुपैया पनि मुखै खोलेर माग्ने गरेका छन् । केही दिन अघि मात्रै दुईजना युवालाई छपकैयामा तस्करहरुले बिजुलीको पोलमा बाँधेर पिटे अनि पत्रकारलाई पिटे भनेर प्रचारवाजी गरे ।

एकजना त यस्ता युवा छन्, जो आफूलाई पत्रकार भन्दै खाली भन्सारमा भेटिन्छन् र उनलाई महिनामा एक पटक सशस्त्र प्रहरीले नकुटेको दिन नै छैन । दिनभरि भन्सारमा घुमि रहने साँझ परेपछि ट्याब, लागुऔषध खाने अनि भन्सारका सशस्त्र प्रहरीको हाकिमलाई फोन गरेर धम्काउने उनको दैनिकी नै छ । यस्ता गलत गतिविधिहरुमा संलग्नहरुको कारण वीरगंजको पत्रकारिता जगत नै बद्नाम छ । भन्सार हेर्दा लाग्छ त्यहाँ त पत्रकारिता जगतको बेग्लै ठुलो जग नै छ । उनीहरु स्पेशल तस्करी विशेष पत्रकार हुन् । उनीहरुलाई तस्कर र भन्सारका प्रहरी बाहेक कोही चिन्दैन ।

यसतर्फ नेपाल पत्रकार महासंघ पर्सा शाखाको ध्यान जान जरुरी छ । यदि अहिले यस्ता कचराहरुको सफाई गरिएन भने भोलिको दिनमा वीरगंजमा पत्रकारिताको भविष्य नै अन्ध्कारमय हुनेछ ।

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

रास्वपा वीरगंज महानगरको नेतृत्वमा दीपराज पटेल, ४७ मतान्तरले आलम पराजित

जेष्ठ १८, २०८३
जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जगरनाथपुर गाउँपालिकाले सार्वजनिक गर्‍यो आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम

जेष्ठ १८, २०८३
पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

पद मोहकाे राजनीतिः रास्वपा बारागढीमा भाँडभैलो, ‘म नै पुनः सभापति’ हुने अडानले अधिवेशन संकटमा !

जेष्ठ १८, २०८३
पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

पत्रकारिता राज्यको दबाबमा पर्ने जोखिममाः अध्यक्ष गिरी

जेष्ठ १६, २०८३

Advertisement

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि